काठमाडौं- सनराइज बैंकले आफ्नो १४औं वार्षिक उत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानमा रक्तदान कार्यक्रम आयोजना गरेको छ।
सहयात्रा जीवन सुरक्षाको लागि भन्ने नाराको साथ आश्विन १५ मा बैंकले सातै प्रदेशमा रक्तदान कार्यक्रम गरेको छ।
बैंकले आयोजना गरेको सो कार्यक्रममा २५५ जनाले रक्तदान गरेका छन्। आउँदै गरेको महान चाँड दशैंमा मानिसहरु किनमेल, भ्रमण आदिमा व्यस्त रहने र उक्त समयमा हुन सक्ने रगत अभावलाइ परिपूर्ति गर्न यस रक्तदान कार्यक्रमले मद्दत पुर्याउने बैंकको विश्वास छ।
दशैं र बैंकको १४औं वार्षिकउत्सवको अवसरमा सर्वाधिक १०.०७ प्रतिशत ब्याज प्रदान गर्दै आएको यस बैंकले वातावरण, स्वास्थ्य, सरसफाई, आदि क्षेत्रमा यस महिना भर विभिन्न कार्यक्रम गरी सहयोग पु¥याउने योजना रहेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।