काठमाडौं- नेपालको लागिफोर्ड गाडीको आधिकारिक विक्रेता जि.ओ. अटोमोवाइल्स प्रा.लि. ले २.० लि. वाई– टर्वाे डिजेल इन्जिनर विश्वमै पहिलो १० स्पीड अटोकेटिक ट्रान्समिसन भएको फोर्ड एभरेष्टको घोषणा गरेको छ।
यसको शुरुवाती नेपाली मूल्य १.९९ करोड रहेको छ। पहिलो पटक २००३ माबजारमा आएको फोर्ड एभरेष्टको अहिलेको दोस्रो संस्करणको मोडल २०१५ देखि बजारमा उपलब्ध भएको थियो। परिवारसँगको यात्रा फोर्ड एभरेष्टले एकदमै आरामदायी बनाउँछ।
ठूलो गाडी भएपनि एभरेष्ट चलाउन एकदमै सजिलो छ। जसमा भएको लाइट स्टेरिङ्गले पाकिङ्गगर्दा पनि सहज महसुस गराउँछ।
यसबाहेक, इन्जिनमा भएको पर्याप्त टर्कको मद्दतले आवश्यक आक्सिलेरेसन पनि सजिलै बढाउन मिल्छ। यस्ता आकर्षक फिचरहरुले फोर्ड एभरेष्ट गाडीलाई ड्राइभिङ्ग गतिशीलतामा विषेश बनाउँछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।