काठमाडौं– नेपाली कांग्रेसको काठमाडौं महानगरपालिका समितिको सभापतिमा संस्थापन इतरका नीलकाजी शाक्य विजयी भएका छन्।
प्रतिद्वन्द्वी प्रगतिमान रञ्जितलाई भारी मतले हराउँदै शाक्य निर्वाचित भएका हुन्। कांग्रेसको काठमाडौं महानगर समितिको सभापति चयनका लागि जम्मा १ हजार १३९ मत खसेको थियो।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहनिकट मानिने शाक्यले केन्द्रीय सभापति शेरबहादुर देउवा पक्षका रञ्जितलाई फराकिलो मतान्तरले पराजित गरेका हुन्।
शाक्यलाई गगन थापाले पनि सघाएका थिए। महानगरका ३२ वडामध्ये कांग्रेसका अधिकांश वडा सभापतिले शाक्यलाई सघाएका बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।