काठमाडौं– नेपाली कांग्रेसको काठमाडौं महानगरपालिका कार्यसमितिका लागि भएको निर्वाचनअन्तर्गत अहिले मतगणना जारी छ।
काठमाडौं महानगर समितिको सभापतिका उम्मेद्वार नीलकाजी शाक्यले मतान्तरलाई बढाउँदै अग्रता कायम राखेका छन्। ६०० मत गणाना हुँदा शाक्यले ४२२ मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्द्वी प्रगतिमान रञ्जितले भने १६० मत पाएका छन्।
कांग्रेसको काठमाडौं महानगर समितिको चयनका लागि जम्मा १ हजार १३९ मत खसेका थिए।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहनिकट मानिने शाक्यले केन्द्रीय सभापति शेरबहादुर देउवा पक्षका रञ्जितसँगको मतान्तर फराकिलो बनाउँदै अग्रता कायम राखेका हुन्।
शाक्यलाई गगन थापाले पनि सघाएका छन्। महानगरका ३२ वडा मध्ये कांग्रेसका अधिकांश वडा सभापतिले शाक्यलाई सघाएका बताइएको छ।
आइतबार विहान भएको मतदानपछि राष्ट्रिय सभागृहमा नै मतगणना भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।