• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एमाले विधान महाधिवेशन : १० वटै समूहको रिपोर्टिङ सकियो [मुख्य बुँदासहित]

64x64
बीपी अनमोल आइतबार, असोज १७, २०७८  १२:५७
1140x725

काठमाडौं- नेकपा (एमाले)को विधान महाधिवेशनमा प्रस्तुत तीन वटा दस्तावेजमा छलफलका लागि गठन गरिएको १० वटै समूहले आफ्नो रिपोर्टिङ गरेका छन्। शनिबार पाँच वटा र आइतबार पाँच वटा समूहले रिपोर्टिङ गरेका हुन्।

शनिबार कर्णाली प्रदेश समूह, केन्द्रीय निकाय र केन्द्रीय विभाग समूह, लुम्बिनी प्रदेश समूह, सुदूरपश्चिम समूह र बागमती प्रदेश समूहको निष्कर्ष प्रस्तुत गरिएको थियो। आइतबार बिहान ८ बजे नै सुरु भएको महाधिवेशनको पूर्ण सत्रमा गण्डकी प्रदेश समूहको तर्फबाट जगतबहादुर सुनार, उपत्यका विशेष कमिटी, सम्पर्क समन्वय कमिटी र प्रवास क्षेत्रबाट आएकाहरुको समूहको तर्फबाट सुजिता शाक्य, प्रदेश २ को तर्फबाट ज्वाला साह, प्रदेश १ को तर्फबाट देवराज घिमिरे, जनसंगठनहरुको समूहको तर्फबाट सुनिता बरालले रिपोर्टिङ गरेका थिए।

रिपोर्टिङका क्रममा खर्चालु भएकाले चुनाव प्रणाली परिवर्तन गर्नुपर्ने, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीय प्रणाली अपनाउने, उपाध्यक्षको संख्या सात बनाउनुपर्ने भन्ने जस्ता सुझाव व्यक्त भएका छन्। कतिपय समूहले अध्यक्ष केपी ओलीको ब्राण्डिङ गरिएकोमा असन्तुष्टि जनाएका छन्। एमसीसीको विषयमा पनि समूहहरुले प्रस्टता खोजेका छन्।

कर्णाली प्रदेश समूह : वरिष्ठ उपाध्यक्षको व्यवस्था हुनुपर्छ
कर्णाली प्रदेश समूहका तर्फबाट टोली नेता गोरखबहादुर बोगटीले रिपोर्टिङ गरेका हुन्। उनले पार्टीमा वरिष्ठ उपाध्यक्षको व्यवस्था हुनुपर्ने बताए। एमालेको विधान संशोधन प्रस्तावमा ६ उपाध्यक्षको व्यवस्था गरिएको भए पनि वरीयता तोकिएको छैन।

त्यस्तै उनले हरेक निर्णय कार्यान्वयन गर्नुपर्ने बताए। 'विभाजनको दुःखद् घटना भविष्यमा आउन दिनु हुँदैन,' उनको भनाइ थियो।

बोगटीले प्रदेश कमिटी र सोभन्दा तल कति रहने भन्ने विधानमा नै समावेश गरिनुपर्ने बताए। पार्टी र सरकारबीचको अन्तरसम्बन्ध पनि प्रस्ट हुनुपर्ने उनको रिपोर्टिङ थियो। निर्वाचन प्रणाली महँगो र खर्चिलो भएकाले त्यसमा व्यापक सुधार हुनुपर्ने उनको भनाइ थियो। राजनीतिक प्रतिवेदनमा आफ्ना कमजोरीबारे केही नबोलेको उनले बताए।

केन्द्रीय निकाय र केन्द्रीय विभाग समूह : एमसीसीबारे पार्टीको धारणा प्रस्ट हुनुपर्छ
यो समूहले एमसीसीबारे पार्टीको धारणा प्रस्ट हुनुपर्ने रिपोर्टिङ गरेको छ। बिहान समूहमा भएको छलफलको निष्कर्षलाई दिउँसोको पूर्ण सत्रमा भानुभक्त ढकालले प्रस्तुत गरेका हुन्।

सो समूहका ६५ जनाले बोलेर सुझाव दिएका थिए भने २० जनाले लिखित सुझाव दिएका थिए। धेरैले विधान महाधिवेशन अलग रुपमा आयोजना गर्नाले राम्रो गरेको बताएका छन्। यो समूहले आमनिर्वाचन प्रणाली निकै खर्चालु भएको कुरालाई प्राथमिकता दिएको थियो। यसलाई परिवर्तन गर्नका लागि एमालेले नै पहलकदमी लिनुपर्ने सुझाव पनि दिइएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

यो समूहको तर्फबाट व्यक्ति हाबी हुनेभन्दा पनि नीति र संस्था ठूलो हुने भन्ने कुरोलाई स्थापित गरेर लैजानुपर्ने रिपोर्टिङ गरिएको छ। महाधिवेशनस्थलमा अध्यक्ष केपी शर्मा ओलीलाई देवत्वकरण गरिएको भनेर आलोचना भइरहेको बेलामा यस्तो सुझाव दिइएको हो।

यो समूहले पदाधिकारीमा वरिष्ठ उपाध्यक्षसहित सात जना उपाध्यक्ष बनाउनुपर्ने,  एक जना उपमहासचिव पनि बनाउनुपर्ने सुझाव दिएको छ। यसअघि एमालेमा उपमहासचिव हुने गरेको भए पनि शुक्रबार प्रस्तुत विधान संशोधन प्रस्तावमा सो पद हटाइएको छ। त्यस्तै, पोलिटब्युरो हटाउने प्रस्तावलाई पनि पुनर्विचार गर्न भनिएको छ। त्यो कमिटी बनाउँदा पार्टीलाई राम्रो नै हुने यो समूहको बुझाइ छ।

त्यस्तै, कार्यकारी पद दुई कार्यकाल नै हुनुपर्ने सुझाव दिइएको छ। एमालेको आन्दोलनमा रहेर पनि अहिले बाहिर रहेका नेता कार्यकर्तालाई पुनः मूल घर (एमाले)मै फर्किने वातावरण बन्नुपर्ने यो समूहको सुझाव छ। 

लुम्बिनी समूहको सुझाव : टिकट लिन डराउनुपर्ने भयो, निर्वाचन प्रणाली सुधार गरौं
लुम्बिनी प्रदेश समूहले निर्वाचन प्रणाली खर्चिलो भएको विषयलाई प्राथमिकताका साथ उठाएको छ।  शनिबार बिहान समूहमा भएको छलफलको निष्कर्षलाई दिउँसोको पूर्ण सत्रमा लिला गिरीले प्रस्तुत गरेका हुन्।

Xtrem

Xtrem

'निर्वाचन प्रणाली निकै खर्चिलो भयो। यसलाई कम खर्चिलो बनाउनुपर्छ,' समूह रिपोर्टिङ गर्दै उनले भने, 'निर्वाचन लड्न नसक्ने स्थिति देखिएको छ। टिकट लिन पनि डराउनुपर्ने अवस्था रहेको छ।'

पार्टीको प्रथम विधान महाधिवेशनलाई ऐतिहासिक कार्यक्रम भनेको यो समूहले जनताको बहुदलीय जनवादलाई समयअनुसार व्याख्या गरिनुपर्ने सुझाव पनि दिएको थियो।

यो समूहले प्रधानमन्त्रीलाई प्रत्यक्ष निर्वाचित गर्ने प्रणालीमा जानुपर्ने सुझाव पनि दिएको छ। संविधानसभाको चुनावमा एमालेले यही मुद्दाका साथ घोषणापत्र तयार गरेको थियो। तर संविधान लेखनका बेलामा त्यसलाई छाडेको थियो।

सुदूरपश्चिम समूह : प्रचण्ड र माधव नेपालका कारण नेकपा विभाजन
यो समूहले तत्कालीन नेकपाको विभाजनमा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल जिम्मेवार रहेको रिपोर्टिङ गरेको छ। कर्ण थापाले प्रस्तुत गरेको रिपोर्टिङमा उनीहरुकै कारण पार्टी विभाजन भएको कुरा राजनीतिक प्रतिवेदनमा स्पष्ट रुपमा आउनुपर्ने उल्लेख गरिएको हो।

यो समूहले दुईतिहाइको सरकारलाई असफल पार्ने पात्र र प्रवृत्तिको विषयमा छलफलको आवश्यकता महसुस गरेको छ। त्यस्तै, नेता नेपालसहितका नेताहरूको विभाजनको चाहेका थिए भन्ने पनि लेख्‍न सुझाव दिइएको छ।

नेकपा (एमाले) नेकपाकै परिस्कृत पार्टी हो भन्ने पनि राजनीतिक प्रतिवेदनमा राखिनुपर्ने सुझाव दिइएको छ। त्यस्तै, एमालेलाई नेपाली राजनीतिको केन्द्रविन्दु हो भन्ने कुरालाई प्रस्ट रुपमा प्रतिवेदनमा राखिनुपर्ने बताइएको छ। झगडा र विवादलाई अब छोडेर लोकतान्त्रिक हिसाबले अब अगाडि बढ्नुपर्ने सुझाव थियो।

यो प्रदेशले पनि सात जना उपाध्यक्षको व्यवस्था गर्नुपर्ने सुझाव पेस गरेको छ। त्यस्तै, महासचिव एक जना, उपमहासचिव तीन जना र सचिव सात जना हुनुपर्ने सुझाव दिएको छ। केन्द्रीय कमिटीको हकमा प्रस्तावित संख्या ठीक रहेको बुझाइ छ। विष्णु पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावमा केन्द्रीय कमिटीको आकार २२५ बनाउने उल्लेख छ। यो समूहका कतिपयले ७० वर्षे प्रावधान हटाउनुपर्ने सल्लाहसमेत दिएका छन्।

पौडेलको प्रस्तावमा पार्टीमा पोलिटब्युरो नरहने प्रस्ताव गरिएको छ। यो समूहका कतिपयले त्यो कमिटी राख्नुपर्ने सुझाव दिएका छन्। तर सो कमिटी नरहने पनि ठीकै छ भन्ने सुझाव दिएको थापाले रिपोर्टिङ गरेका छन्। विधानको प्रस्तावनाको भाव मिलाउनुपर्ने सुझाव दिइएको छ।

बागमती प्रदेश समूह : नेतृत्वको ‘ब्राण्डिङ’माथि फरक-फरक मत
यो समूहमा नेतृत्वको ब्राण्डिङका विषयमा फरक-फरक धारणा प्रस्तुत भएका छन्। ‘नेतृत्वलाई ब्राण्डिङ गरेर जाने विषयमा पनि फरक-फरक कुरा उठेको छ। नेतृत्वको ब्राण्डिङ गर्नुहुन्न भन्ने कुरो पनि छ। त्यस्तै, अन्तर्राष्ट्रिय अभ्यासका हिसाबले पनि कतिपयले ब्राण्डिङ गरेर जानु उपयुक्त हुने बताएका छन्,’ पोखरेलले रिपोर्ट प्रस्तुत गर्दै भने।

यो समूहले पनि एमसीसीको विषयमा पार्टीको धारणा प्रस्ट रुपमा व्याख्या गरिनुपर्ने सुझाव दिएको छ। त्यस्तै, पार्टीले विभाजनको समीक्षा गर्नुपर्ने सुझाव पनि दिइएको छ। व्यवस्थित रुपले पार्टीलाई अगाडि बढाउनुपर्ने, सरकार र पार्टीको भूमिकाको प्रस्ट व्याख्या गर्नुपर्ने र नीति पनि बनाउनुपर्ने यस समूहका सदस्यहरुको जोड थियो।

पार्टीभित्र टाठाबाठाले मात्रै मौका पाउने र अरुले नपाउने विषयलाई ध्यान दिइनुपर्ने विषय पनि यस समूहको प्राथमकितामा छ। त्यस्तै, पार्टी कार्यकर्ताको उचित मूल्यांकन हुनुपर्ने विषय पनि उठाइएको छ। ‘गलत गर्नेलाई पार्टीभित्र नै दण्डित गरिने परिपाटी राखिनुपर्छ। अबको हरेक बैठकमा आलोचना र आत्मालोचना हुनुपर्छ। यसो भएमा मात्रै पार्टी सुदृढीकरण भएर पार्टी अगाडि बढ्ने छ। कमिटी प्रणाली चुस्त दुरुस्त बनाउनुपर्छ,’ यो समूहको रिपोर्टिङ थियो।

निर्वाचन प्रणालीलाई सुधार गर्नुपर्ने सुझाव यो समूहले पनि दिएको छ। मुख्यतः चुनाव खर्चिलो बनेको यस समूहको चिन्ता थियो।

यो समूहले एक जना वरिष्ठ उपाध्यक्षसहित जम्मा आठ उपाध्यक्ष हुनुपर्ने सुझाव दिएको छ। साथै, उपमहासचिवको व्यवस्थालाई निरन्तरता दिनुपर्ने र समावेशिताको आधारमा सात जना सचिव हुनुपर्ने सुझाव पनि दिइएको छ। 

गण्डकी प्रदेश : पदाधिकारीमा एक तिहाइ महिला
यो समूहको तर्फबाट जगत विश्वकर्माले रिपोर्टिङ गरेका हुन्। यो समूहले समग्र रूपमा तीन वटै प्रतिवेदनलाई उत्कृष्ट ठानेको छ। 

राजनीति प्रतिवेदनमा प्रस्तावनाको सुरुआतमा उल्लेख श्रद्धाञ्‍जलिमा सहाना प्रधानदेखि दिवंगत भएका अन्य नेताहरुलाई पनि समेटिनुपर्ने यो समूहको सुझाव छ।

माओवादी केन्द्रसँगको पार्टी एकीकरण लगायतका घटनाक्रमलाई अझ विस्तार गर्नुपर्ने आवश्यकता यो समूहले देखेको छ। त्यस्तै, सरकारले गरेका काम र उपलब्धिका विषयमा पनि अझै विस्तार उल्लेख गर्नुपर्ने बताइएको छ।

सर्वहारा र कमजोर वर्गले निर्वाचन लड्न नसक्ने स्थिति देखिएकोले निर्वाचन प्रणालीलाई सुधार गर्नुपर्ने यो समूहले पनि निष्कर्ष निकालेको छ। संयुक्त मोर्चा गरेर अगाडि जानुपर्ने विषयमा प्रतिवेदनमा उल्लेख गर्नुपर्ने भनिएको छ। आजको एमाले तत्कालीन नेकपाकै निरन्तरता हो र सुदृढ र परिस्कृत एमाले हो भन्ने विषयलाई प्रस्ट रुपमा राखिनुपर्छ भन्ने सुझाव दिइएको छ।

एमसीसीका बारेमा पार्टीको प्रस्ट धारणा आउनुपर्ने, शिक्षामा निजीकरण र व्यापारीकरण बढेकोले त्यसमा ध्यान दिनुपर्ने, सामूहिक नेतृत्व र कमिटी प्रणालीलाई स्थापित गर्नेतर्फ ध्यान दिनुपर्ने, पार्टीलाई वैचारिक र भावनात्मक हिसाबले एक बनाउनुपर्ने, जातीय विभेदलगायत विषयमा पार्टीको ध्यान पुग्नुपर्ने सुझाव दिइएको छ।

पार्टीमा कार्यकर्ताको उचित मूल्याकंन नहुने भएकाले जोसित पैसा र शक्ति छ, त्यसैले ठाउँ पाउने परिपाटी बढेको रिपोर्टिङ गरिएको छ। यसले भोलि समस्या ल्याउनसक्नेमा सचेत गराइएको छ।

एक जना वरिष्ठ उपाध्यक्षसहित सात उपाध्यक्ष, तीन जना उपमहासचिव, सात जना सचिव आवश्यक पर्ने यो समूहको भनाइ छ। पदाधिकारीमा महिलाको प्रतिनिधित्व ३३ प्रतिशत हुनुपर्ने पनि सुझाव दिइएको छ। त्यस्तै, हरेक कमिटीमा एक तिहाइ युवाको उपस्थिति हुनुपर्ने सुझाव पनि दिइएको छ। केन्द्रमा सचिवालय आवश्यक नभएको तर पोलिटब्युरो भने आवश्यक रहेको यो समूहको ठहर छ। पूर्वपदाधिकारीका हकमा एउटा निश्चित नयाँ नियम बनाउनुपर्ने माग गरिएको छ।

उपत्यका विशेष कमिटी, सम्पर्क समन्वय कमिटी र प्रवास क्षेत्रबाट आएकाहरुको समूह : कार्यकर्ताको प्रभावकारी मूल्याकंन हुनुपर्छ
यो समूहको तर्फबाट सुजिता शाक्यले रिपोर्ट प्रस्तुत गरेकी हुन्। यो समूहले स्थानीय तहमा एमालेबाट निर्वाचित भएका ठाउँमा श्रमिकको हकमा प्रभावकारी काम हुनुपर्ने सुझाव दिएको छ।

पार्टी सदस्य व्यवसायसित जोडिनुपर्ने, कार्यकर्ताको मूल्याकंन प्रभावकारी हुनुपर्ने, पार्टीका जनप्रतिनिधिको सम्पत्ति विवरण सार्वजनिक हुनुपर्ने, पछाडि पारिएका समुदायलाई विशेष प्राथमिकतामा राखिनुपर्ने, एमालेका सबै तहका कमिटीलाई प्रविधिमैत्री बनाएर लैजानुपर्ने सुझाव पनि दिइएको छ।

यो समूहले पनि वरिष्ठसहित सात उपाध्यक्ष हुनुपर्ने सुझाव दिएको छ। त्यस्तै, महाधिवेशनमा हरेक कमिटीका व्यक्ति समावेश हुनुपर्ने भन्ने धारणा पनि रिपोर्टिङ गरिएको छ। निर्वाचन प्रणालीको विषयलाई यो समूहले पनि उठाएको छ। निर्वाचनलाई सरल र सहज बनाउने यसका लागि अन्य राजनीतिक दलसित पनि छलफल र समन्वय गर्नुपर्ने सुझाव यो समूहले दिएको छ।

प्रदेश २ को समूह : माओवादी पृष्ठभूमिकालाई विभेद नगरियोस्
यो समूहको तर्फबाट ज्वाला साहले रिपोर्टिङ गरेकी थिइन्। उनले प्रदेश २ बाट फरक हिसाबले प्रस्तुति आउनसक्ने भएकाले केही गलत हुन गएमा सुरुमै माफी चाहेको बताएकी थिइन्।

उनले राजनीतिक प्रतिवेदन समय सान्दर्भिक र उत्कृष्ट भएको बताइन्। जबजलाई आत्मसात गर्दै समाजवादमा पुग्न सकिने बताइन्। यो समूहले पनि निर्वाचन प्रणाली खर्चिलो भएकोले यसमा ध्यान दिनुपर्ने सुझाव दिएको छ। त्यस्तै, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने यो समूहको सुझाव छ। मधेसी, महिला, जनजातिलगायत सबैलाई पार्टी र राज्यका निकायमा सहभागी गराइनुपर्ने यो समूहको सुझाव छ।

उनले पार्टीमा गुटबन्दी तत्काल अन्त्य गरिनुपर्छ बताइन्। गुटबन्दी कायम रहँदा चाहेजस्तो एमाले निर्माण हुन नसक्ने उनको ठहर छ। उनले माओवादीबाट आएकाहरुलाई विभेद नगर्न पनि सुझाइन्। 'पार्टी यसै विभाजन भएको होइन। पूर्वमाओवादी पृष्ठभूमिबाट आएका साथीहरूलाई अपमान गर्नेलगायतका गतिविधि देखिएको छ। हामीले एमाले भनेर ज्यान फालेर लागेपछि हामीलाई विभेद नगरियोस्। केन्द्रमा नदेखिए पनि तल त्यस्तो विभेद देखिएको छ। पूर्वमाओवादीमा रहेका नेताहरूलाई अब फरक हिसाबले नहेरियोस्,' साहको भनाइ थियो।

यो समूहले पार्टीभित्र कार्यकर्ताको मूल्यांकनका लागि शक्तिशाली आयोग गठन गर्नुपर्ने, महाधिवेशनमा नेतृत्व चयन गर्दा आन्तरिक जनवादलाई अगाडि बढाएर लैजानुपर्ने, 'समृद्ध नेपाल, सुखी नेपाली' निर्माणको अभियानलाई अगाडि बढाउनका लागि पार्टी कमिटीले पनि ध्यान दिनुपर्ने,  एउटा व्यक्ति दुई कार्यकालभन्दा बढी एउटै पदमा बस्न नपाउने विषयलाई कडाइका साथ लागू गर्नुपर्ने, जिल्ला तहसम्म नै अनुशासनलाई कडाइका साथ लागू गर्नुपर्ने, महिला राष्ट्रपतिलाई लक्षित गरेर गरिएको व्यवहार गलत रहेकाले यस विषयलाई प्रतिवेदनमा प्रस्ट राखिनुपर्ने, आगामी महाधिवेशनलाई एकताको महाधिवेशनका रूपमा लैजानुपर्ने सुझाव दिएको छ।

प्रदेश १ समूह : पार्टीलाई एकताबद्ध बनाऔं
यो समूहको तर्फबाट देवराज घिमिरेले रिपोर्ट प्रस्तुत गरेका हुन्। यो समूहले पनि निर्वाचन प्रणाली खर्चिलो भएको विषयलाई विशेष जोड दिएको छ। निर्वाचन प्रणाली फेर्नुपर्ने सुझाव पनि यो समूहको छ।

त्यस्तै टुटफुट देखिएकाले पार्टी जीवनलाई असहज बनाएको भन्दै अहिलेको स्थितिमा पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने सुझाव पनि दिइएको छ।

जनसंगठनहरुको समूह : प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री
२२ वटा जनसंगठनको समूहका तर्फबाट सुनिता बरालले रिपोर्टिङ गरेकी हुन्। उनको समूहले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको शासकीय मोडललाई पार्टीले मुद्दा बनाउनुपर्ने बताएको छ। यो मुद्दा संविधानसभाको चुनावमा एमालेको मुद्दा थियो तर संविधान लेखनको बेलामा छाडिएको थियो।

यो समूहले आजको प्रधान शत्रु किटान गरेर जानुपर्ने सुझाव पनि दिएको छ। कम्युनिस्ट पार्टीहरुले आफ्नो दस्तावेजमा प्रधान शत्रु किटान गर्ने गरेको भए पनि शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा प्रधान शत्रु किटान गरिएको छैन। बरु ओलीले त्यस्तो परम्परालाई अतिवादी भनेका छन्। 'बहुदलीय प्रतिष्पर्धाका आधारमा नेतृत्व हासिल गर्ने नीति लिएको पार्टीले कुनै दल विशेषलाई प्रमुख दुश्मन घोषणा गर्ने जस्ता कम्युनिस्ट आन्दोलनका अतिवादी गल्तीबाट भने मुक्त रहनुपर्छ,' राजनीतिक प्रतिवेदनमा उल्लेख छ।

यो समूहले मनमोहन अधिकारी, पुष्पलाल श्रेष्ठ तथा साहना प्रधानको भूमिकालाई राजनीति प्रतिवेदनमा समेटिनुपर्ने सुझाव दिएको छ। 'पार्टीको नेतृत्वको सरकारले गरेका केही काम उत्कृष्ट थिए। केही आत्मालोचना गर्नुपर्ने र सच्याउनुपर्ने पनि थिए। ती विषयलाई प्रतिवेदनमा राखेर जाँदा राम्रो हुन्छ,' रिपोर्टिङमा भनिएको छ।

शिक्षालाई पूर्णतः निशुल्क बनाइनुपर्ने, वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउनुपर्ने, पार्टीको औपचारिक कार्यक्रममा आधिकारिक गीत र धुन बजाउनुपर्ने, जन संगठनको उचित मूल्यांकन गर्दै पार्टी काममा लगाउनुपर्ने, जातीय छुवाछुत अन्त्य गर्ने कार्यक्रम स्पष्टसँग आउनुपर्ने, विभिन्न जिम्मेवारीमा रहेका नेताहरूको सम्पत्ति सार्वजनिक गर्ने परिपाटी सुरु गर्नुपर्ने सुझाव पनि दिइएको छ।

४० वर्ष उमेर समूहको प्रतिनिधित्व सुनिश्चित गर्न हरेक तहमा २० प्रतिशत युवा आवश्यक हुनुपर्ने, सबै कमिटी र तहका महाधिवेशन र अधिवेशनमा मनोनीत गर्नलाई मापदण्ड तय गरिनुपर्ने सुझाव पनि दिइएको छ। त्यस्तै, एक वरिष्ठ उपाध्यक्षसहित प्रदेशका आधारमा सात उपाध्यक्ष हुनुपर्ने बताइएको छ।

प्रकाशित मिति: आइतबार, असोज १७, २०७८  १२:५७
  • #एमाले_विधान_महाधिवेशन_२०७८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
बीपी अनमोल
लेखकबाट थप
कानुनविद्का तीन तर्क, कहिले सकिन्छ सांसदहरुको कार्यकाल?
शेरबहादुर कुँवरः अछामदेखि श्रम मन्त्रालयको नेतृत्वसम्म 
संसद्‌मा विचाराधीन नागरिकता विधेयक यसपटक पारित होला?
सम्बन्धित सामग्री
जिल्लापछि प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, २१ असोजमा एकैदिन प्रदेश अधिवेशन गर्ने मंसिर २६ देखि २८ गतेसम्म काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको राप्रपाले भदौ मसान्तभित्र ७२ जिल्लाको अधिवेशन सम्पन्न गरि... बुधबार, असोज ७, २०८३
प्रतिनिधि सभामा ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत बैठकमा उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावको विरोधमा कुनै पनि सूचना प्राप्त नभएपछि मन्त्री लम्सालले विधेयक पेश गरेका हु... बुधबार, असोज ७, २०८३
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ बुधवार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै मन्त्री श्रेष्ठले बेपत्ताहरूको खोजी कार्य जारी राख्दै प्रभावितहरूको जीवन साम... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
जिल्लापछि प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, २१ असोजमा एकैदिन प्रदेश अधिवेशन गर्ने बुधबार, असोज ७, २०८३
बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान बुधबार, असोज ७, २०८३
प्रतिनिधि सभामा ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत बुधबार, असोज ७, २०८३
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ बुधबार, असोज ७, २०८३
हितेन्द्रदेव शाक्यलाई पुनर्बहाली गर्न माग, सर्वोच्चले माग्यो सरकारको जवाफ बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्