• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, पुस १७, २०८२ Thu, Jan 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
कुमार पौडेल ‘इन्काउन्टर’

पूर्वगृहमन्त्री थापा र पूर्वआईजीपी खनालमाथि हत्या अभियोगको तरबार

​​​​​​​पौडलकी श्रीमती भन्छिन्– हत्यारालाई कारबाही भएको हेर्न मन छ
64x64
दुर्गा दुलाल आइतबार, असोज १७, २०७८  १३:५४
1140x725

काठमाडौं– २०७६ असार ५ गते दिउँसो नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका केन्द्रीय नेता प्रहरीसँगको दोहोरो भिडन्तमा मारिएको खबर सरकारले सार्वजनिक गर्‍यो। 

विप्लवको गतिविधि बढिरहेको समयमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र तत्कालीन प्रहरी प्रमुख सर्वेन्द्र खनालले यसलाई ठूलै सफलताको रुपमा प्रचार गरे। 

नेकपामाथि प्रतिबन्ध जारी रहेकै बेला उसका सर्लाही इन्चार्ज कुमार पौडेलको ‘दोहोरो भिडन्त’मा मृत्यु भएको विषय सरकारको सफलताको रुपमा लिइयो। तर, यही घटनाका कारण पूर्वगृहमन्त्री थापा र पूर्वआईजीपी खनाल अनुसन्धानमा तानिने निश्चित भएको छ। 

सर्वोच्च अदालतले नै जाहेरी दर्ता गरेर अनुसन्धान गर्नू भनि आदेश जारी गरेपछि आदेश कार्यान्वयनका लागि महान्यायाधीवक्ता कार्यालयले जिल्ला सरकारी वकिल कार्यालय सर्लाहीलाई पत्र लेखिसकेको छ। अब थापा र खनालमाथि अघि बढ्ने पक्कापक्की भएको छ।

शुक्रबार नै महान्यायाधीवक्ता कार्यालयले जिल्ला सरकारी वकिलको कार्यालय सर्लाहीलाई पत्र लेखेको थियो। आइतबार उक्त पत्र औपचारिक रूपमा दर्ता भएपछि अनुसन्धानको प्रक्रिया अघि बढ्नेछ।

यो पनि पढ्नुहोस्

पूर्वगृहमन्त्री थापा र पूर्वआईजीपी खनालविरुद्ध सात दिनभित्र जाहेरी दर्ता गर्न सर्वोच्चको आदेशशुक्रबार, असोज १५, २०७८

पत्र दर्ता भएको सात दिनभित्र जाहेरी दर्ता गरि त्यसमा अनुसन्धान सुरु भएको पत्र सर्वोच्चलाई प्रतिवेदनको रुपमा पठाउनुपर्ने छ। अनुसन्धान सुरु भएको पत्र नपठाए अदालतको अवहेलनामा मुद्दा लाग्ने भएकाले प्रहरी र सरकारी वकिल दबाबमा छन्। त्यसकारण, जिल्ला प्रहरी कार्यालयले जिल्ला सरकारी वकिलको कार्यालयका सहन्यायाधीवक्तालाई साक्षी राख्दै जाहेरी दर्ता गर्ने तयारी गरेको छ।  

पूर्वगृहमन्त्री थापा अहिले मूल पार्टी माओवादी छाडेर एमालेको नेता भएका छन्। कुनै समयमा सशस्त्र ‘जनयुद्ध’को सहयात्री नेत्रविक्रम चन्द ‘विप्लव’ले गठन गरेको नेकपाका एक कार्यकर्ताको ‘फेक इन्काउन्टर’ (गैरन्यायिक हत्या)का कारण अहिले थापा  व्यक्ति हत्याको मुद्दामा तानिएका छन्। 

विप्लव नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज पौडेलको २०७६ असार ५ गते लालबन्दी नगरपालिका–१ लखनदेवीस्थित जंगलमा हत्या भएको थियो। ‘अनटेस्ट’ मोटरसाइकलसहित २ वटा मोटरसाइकलमा आएका कुमार पौडेलसहित ४ जना व्यक्तिको समूहले प्रहरीमाथि आक्रमण गरेपछि जवाफी कारबाही गर्दा पौडेलको ज्यान गएको प्रहरीको दाबी थियो। प्रहरीको उक्त दाबी मानव अधिकार आयोगको अनुसन्धानमा झुटो सावित थियो। प्रहरीले पौडेललाई पक्राउ गरेर ९ गोली हानी हत्या गरेको पाइएपछि आयोगले संलग्न व्यक्तिहरूलाई कारबाहीको सिफारिस समेत गरेको थियो। 

Ncell 2
Ncell 2

पीडित परिवार २ वर्षदेखि न्यायको पर्खाइमा
हत्यापछि पीडित परिवारले सुरुमा कुमार संलग्न पार्टी नेकपाबाट न्यायको आशा गरेको थियो। तर, नेकपाले केही गर्न नसक्ने चाल पाएपछि उनीहरू कानुनी प्रक्रियातिर लागे। सुरुमा उनीहरूले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिने प्रयास गरे। तर, प्रहरीले उक्त घटना ‘दोहोरो भिडन्त’ भन्दै जाहेरी लिन नै अस्वीकार गर्‍यो।

यो पनि पढ्नुहोस्

पूर्वगृहमन्त्री थापा र पूर्वआईजीपी खनालविरुद्ध जाहेरी दर्ता गर्न महान्यायाधीवक्ता कार्यालयले लेख्यो पत्र शनिबार, असोज १६, २०७८

जाहेरी दर्ता नभएको विषयमा २०७६ माघ २३ गते जिल्ला सरकारी वकिल कार्यालयमा समेत जानकारी गराएको कुमारकी श्रीमती कला पौडेलले बताइन्।  घटनाको हालसम्म सत्य तथ्य अनुसन्धान नभएको र किटानी जाहेरी पेस गरेपनि अनुसन्धानको प्रक्रियाबारे केही जानकारी नपाएको जानकारी उनीहरूले दिएका थिए। पौडेलकी आमा दुर्गादेवीले निवेदन दिएकी थिइन्। 

जाहेरीका लागि दबाब दिँदा आफूहरूमाथि थप सुरक्षा जोखिम बढेको भन्दै उनीहरूले हुलाकमार्फत् जाहेरी पठाए। तर, उक्त जाहेरीमा पनि केही कारबाही भएन। उनीहरूले यसै चुप नलाग्ने र न्यायको लागि अदालतको ढोका ढक्ढक्याउने निर्णय गरे। जुन पार्टीमा संलग्न भएको भनेर हत्या गरेको थियो उक्त पार्टीले पनि बेवास्ता गरेको र सरकारी पक्षले पनि उल्टै आरोप लगाएपछि आफूहरूलाई असह्य भएर न्यायको लडाईंमा लागेको कुमारका भाइ हरिकृष्ण पौडेल बताउँछन्। 

आमा दुर्गादेवी पौडेलका तर्फबाट २०७७ मंसिर १२ गते सर्वोच्च अदालतमा जाहेरी दर्ता गरी अनुसन्धान गर्नू भनी परमादेशको आदेश माग गरेर रिट दायर भयो। करिब एक वर्षसम्म पनि जाहेरी नै दर्ताको प्रक्रियामा नगएपछि आफूहरू बाध्य भएर सर्वोच्च आएको उनले बताए।  

उनीहरूको निवेदनमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासले २०७७ मंसिर १५ गते लिखित जवाफ मगाउने आदेश गर्‍यो। उक्त आदेशको जवाफमा सरकारी पक्षले अनुसन्धान भइरहेको दाबी गर्‍यो। दोस्रो सुनुवाइको पेसी २०७८ भदौ ३ गते परेपनि सुनुवाइ स्थगित भयो। तेस्रो पेसीमा उनीहरूको माग अनुसार सर्वोच्चले अनुसन्धान अघि बढाउनू भनी आदेश गरेको छ।  

यो पनि पढ्नुहोस्

कुमार पाैडेल इन्काउन्टर : सरकारकाे निवेदन आयाेगद्वारा खारेजशुक्रबार, असोज ३०, २०७७

‘सुरुमा हामीले जिल्लामा दर्ता गर्न खोजेका थियौं। तर, नगरेपछि हामी सर्वाेच्च धाएका थियौं’ पौडेलले भने, ‘मानव अधिकार आयोगले पनि १० जनालाई दोषी भएको र दोहोरो भिडन्त भएको छैन भनेकाले न्याय पाउने आस छ।’
 
कला भन्छिन : हत्यारालाई कारबाही भएको हेर्न मन छ 

कलालाई आफ्ना श्रीमानको हत्यारालाई कारबाही भएको हेर्न मन छ। प्रहरीले पक्राउ गरेर गोली हानेर हत्या गरेको तर, सरकारले दोहोरो भिडन्त भएको, प्रहरीमाथि गोली प्रहार गरेको आरोप लगाउँदा धेरै दुःख लागेको उनले बताइन्। हतियार नै नभएको मानिसलाई यस्तो आरोप लगाउँदा निकै दुःख लागेको उनले बताइन्। अब सर्वोच्चको आदेशपछि कला न्याय पाउने आसमा छन्। 

के हुन्छ अबको प्रक्रिया?  
आइतबार सरकारी वकिलको कार्यालयले जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई अदालतको आदेश कार्यान्वयनका लागि पत्र बुझाउने छ। सरकारी वकिलले सात दिनभित्र सर्वोच्च अदालतमा प्रतिवेदन पेस गर्ने मिति पाएको जानकारी जिल्ला प्रहरी कार्यालयलाई गराउने छ। जिल्ला प्रहरी कार्यालयले यसअघि नै आएको जाहेरी वा नयाँ जाहेरी लिँदै अनुसन्धान सुरु गर्ने छ। 

सरकारी वकिलको कार्यालयले पनि सोही अनुरुपको प्रतिवेदन सर्वोच्च अदालत पठाउने छ। जाहेरी दर्ता नगरेमा प्रहरी र सरकारी वकिलको कार्यालयमाथि अदालतको अवहेलना मुद्दा लाग्ने छ। त्यसैले यो प्रक्रिया अदालतले तोकेको अवधिमा हुने छ। जाहेरी दर्तापछि प्रहरीले तत्कालीन  गृहमन्त्री र प्रहरी प्रमुखमाथि पक्राउ पूर्जी समेत जारी गर्न सक्ने छ। उनीहरूलाई अनुसन्धानका लागि बयानमा बोलाउन सक्ने छ। 

No description available.

प्रहरीले उक्त घटनाको बारेमा घटनास्थल र अन्य प्रमाण संकलन गर्दै यसमा विस्तृत अनुसन्धान गर्नुपर्ने छ। प्रहरीले अनुसन्धानपछि बयानका लागि उनीहरूलाई उपस्थित गराउनका लागि पक्राउ गर्ने वा पत्राचार गरेर उपस्थित हुन अनुरोध दुवै गर्न सक्ने छ। अनुसन्धान सकिएपछि प्रहरीले मुद्दा चलाउने कि नचलाउने निर्णय गर्न फाइल सरकारी वकिलको कार्यालयमा पठाउने छ। 

सरकारी वकिलको कार्यालयले मुद्दा चलाउने आवश्यक प्रमाण देखेमा अघि बढाउने छ भने नदेखिमा मुद्दा नचल्ने निर्णय गर्ने छ। 

मानव अधिकार आयोगको अनुसन्धान जसले देखायो ‘फेक इन्काउन्टर’ 
राष्ट्रिय मानव अधिकार आयोगको छानबिन टोलीले पौडेललाई प्रहरीले पक्राउ गरेर ९ राउन्ड गोली हानी हत्या गरेको निष्कर्ष निकालेको थियो। 

२०७६ कात्तिक ४ गते आयोगले सरकारले दाबी गरेको भन्दा ठीक उल्टो अध्ययन प्रतिवेदन सार्वजनिक गरेको थियो। प्रहरीबाट यस घटनाको निष्पक्ष अनुसन्धान नभएको, घटनास्थल तथा लास जाँच मुचुल्का गर्दा मेडिको लिगललाई ध्यान नदिएको आयोगले उल्लेख गरेको थियो। 

यो पनि पढ्नुहोस्

कुमार पौडेल हत्या प्रकरण : बयान दिन आएनन् लेखनदास, पोस्टमार्टममै आयोगलाई शंका बिहीबार, साउन १६, २०७६

त्यसबेला आयोगले सरकारलाई ८ बुँदे निर्देशनसमेत जारी गरेको थियो। जसमा घटनामा प्रहरीलाई निर्देशन दिने तालुकदार निकायका पदाधिकारी तथा आदेश दिने अधिकारी समेतलाई कानुनको दायरामा ल्याउन भनिएको थियो। 

आयोगले घटनामा प्रत्यक्ष रुपमा संलग्न प्रहरी निरीक्षक कृष्णदेव साह, हवल्दारद्वय विनोद साह र सत्यनारायण मिश्रलाई निलम्बन गरी फौजदारी अभियोग लगाई कारबाही गर्न निर्देशन दिएको थियो। त्यस्तै, प्रहरी निरीक्षक किरणप्रसाद न्यौपाने र नायब निरीक्षक सूर्यकुमार कार्कीलाई समेत सचेत गराउन आयोगको निर्देशन थियो।

‘इन्काउन्टर’को निर्देशन दिने तत्कालीन आईजीपी सर्वेन्द्र खनालसम्मलाई कारबाही गर्न आयोगले निर्देशन दिएको थियो।

आयोगको उक्त निर्देशनपछि पुनरवलोकन माग गर्दै सरकारले आयोगसमक्ष निवेदनसमेत दिएको थियो। सरकारको उक्त निर्णय आयोगले खारेज गरेको थियो। 

आयोगले यस घटना छानबिनका क्रममा ११ जनासँग सोधपुछ गरेको थियो। उनीहरूले बयानका क्रममा एक प्रहरीले करिब २ मिटरको टाढाबाट आफूले पौडेललाई ६ राउण्ड गोली हानेको बताएका थिए। तर, त्यति नजिकै भएको मुठभेडमा एकतर्फी मात्रै क्षति हुन सम्भव नभएको आयोगको ठहर थियो। 

यो पनि पढ्नुहोस्

९ राउन्ड गोली हानी कुमार पौडेलको हत्या नै भएको निष्कर्ष, गोली हान्ने प्रहरीलाई कारबाही गर्न निर्देशनसोमबार, कात्तिक ४, २०७६

आयोगबाहेक अन्य मानव अधिकारवादी संघसंस्थाले पनि उक्त घटनाको अध्ययन गरेका थिए। मानव अधिकार सम्बद्ध संघसंस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २, एड्भोकेसी फोरम नेपाल, तराई मानव अधिकार रक्षक सञ्जाल (थर्ड एलायन्स), महिला मानवअधिकार रक्षक सञ्जाल, नेपाल मानवअधिकार संगठन र उन्नत नेपालले अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै पौडेलको गैरन्यायिक हत्या भएको ठहर गरेका थिए। 

प्रहरीले भने घटनास्थलबाट डेडकर्ड ३ फिट, फ्युज वायर ५ फिट, मेड इन यूएस लेखिएको रिभल्भर १ थान, त्यसको गोली ४ राउन्ड, १ थान कटुवा पेस्तोल, त्यसको गोली २ राउन्ड, अखिल नेपाल भूमिहीन सुकुम्बासी संघ लेखिएको तर कसैको नाम नलेखिएको परिचयपत्र २ सय थान बरामद गरेको दाबी गरेको थियो।

प्रकाशित मिति: आइतबार, असोज १७, २०७८  १३:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
७५० केजी गाँजासहित दुई जना पक्राउ को १ ज ३४५६ नम्बरको जिपबाट उक्त परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता केदारमान दोङले बताए । शनिबार, पुस १२, २०८२
पृथ्वीनारायण शाहको तस्बिरबारे जंगी अड्डा- राष्ट्र निर्माता तन्त्र र वादभन्दा माथि भनिएको छ, ‘संकटको घडीमा सेनाले गरेको संयोजन र संवादका सकारात्मक प्रयासमा समेत प्रश्नहरू आइरहेका छन् । सेनाले कुनै राजनीतिक एजेन्डा अ... सोमबार, पुस ७, २०८२
लुभु हत्याकाण्डमा अर्को शव पनि फेला हत्या हुनेमा भोजपुरका २१ वर्षीय पारुहाङ राई छन्। उनको शव भेटिएको स्थान ललितपुरको लाकुरीभञ्ज्याङ र भक्तपुरको सीमा क्षेत्रमा पर्छ। हत्... सोमबार, पुस ७, २०८२
ताजा समाचारसबै
पर्यटकको ‘अनलाइन ट्र्याकिङ’ सुरु बिहीबार, पुस १७, २०८२
सुनसरीको लौकही बजार तनावग्रस्त, स्थिती नियन्त्रणमा लिन प्रहरीले हान्यो अश्रु ग्यास बिहीबार, पुस १७, २०८२
असारदेखि अवरुद्ध रसुवागढी नाका बिहीबारदेखि सञ्चालन बिहीबार, पुस १७, २०८२
आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस बिहीबार, पुस १७, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर बिहीबार, पुस १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बुधबार, पुस १६, २०८२
निकोलस भुसाललाई अस्पताल लगियो बुधबार, पुस १६, २०८२
सुनसरीको लौकही बजार तनावग्रस्त, स्थिती नियन्त्रणमा लिन प्रहरीले हान्यो अश्रु ग्यास बिहीबार, पुस १७, २०८२
हाम्रा मुद्दाले जनताको समर्थन पाएको छ, निकट भविष्यमै पार्टीबाट पनि अनुमोदन हुनेछ : भट्टराई बुधबार, पुस १६, २०८२
शितलहरका कारण पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्डमा समस्या बुधबार, पुस १६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्