• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
कुमार पौडेल ‘इन्काउन्टर’

पूर्वगृहमन्त्री थापा र पूर्वआईजीपी खनालमाथि हत्या अभियोगको तरबार

​​​​​​​पौडलकी श्रीमती भन्छिन्– हत्यारालाई कारबाही भएको हेर्न मन छ
64x64
दुर्गा दुलाल आइतबार, असोज १७, २०७८  १३:५४
1140x725

काठमाडौं– २०७६ असार ५ गते दिउँसो नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका केन्द्रीय नेता प्रहरीसँगको दोहोरो भिडन्तमा मारिएको खबर सरकारले सार्वजनिक गर्‍यो। 

विप्लवको गतिविधि बढिरहेको समयमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र तत्कालीन प्रहरी प्रमुख सर्वेन्द्र खनालले यसलाई ठूलै सफलताको रुपमा प्रचार गरे। 

नेकपामाथि प्रतिबन्ध जारी रहेकै बेला उसका सर्लाही इन्चार्ज कुमार पौडेलको ‘दोहोरो भिडन्त’मा मृत्यु भएको विषय सरकारको सफलताको रुपमा लिइयो। तर, यही घटनाका कारण पूर्वगृहमन्त्री थापा र पूर्वआईजीपी खनाल अनुसन्धानमा तानिने निश्चित भएको छ। 

सर्वोच्च अदालतले नै जाहेरी दर्ता गरेर अनुसन्धान गर्नू भनि आदेश जारी गरेपछि आदेश कार्यान्वयनका लागि महान्यायाधीवक्ता कार्यालयले जिल्ला सरकारी वकिल कार्यालय सर्लाहीलाई पत्र लेखिसकेको छ। अब थापा र खनालमाथि अघि बढ्ने पक्कापक्की भएको छ।

शुक्रबार नै महान्यायाधीवक्ता कार्यालयले जिल्ला सरकारी वकिलको कार्यालय सर्लाहीलाई पत्र लेखेको थियो। आइतबार उक्त पत्र औपचारिक रूपमा दर्ता भएपछि अनुसन्धानको प्रक्रिया अघि बढ्नेछ।

यो पनि पढ्नुहोस्

पूर्वगृहमन्त्री थापा र पूर्वआईजीपी खनालविरुद्ध सात दिनभित्र जाहेरी दर्ता गर्न सर्वोच्चको आदेशशुक्रबार, असोज १५, २०७८

पत्र दर्ता भएको सात दिनभित्र जाहेरी दर्ता गरि त्यसमा अनुसन्धान सुरु भएको पत्र सर्वोच्चलाई प्रतिवेदनको रुपमा पठाउनुपर्ने छ। अनुसन्धान सुरु भएको पत्र नपठाए अदालतको अवहेलनामा मुद्दा लाग्ने भएकाले प्रहरी र सरकारी वकिल दबाबमा छन्। त्यसकारण, जिल्ला प्रहरी कार्यालयले जिल्ला सरकारी वकिलको कार्यालयका सहन्यायाधीवक्तालाई साक्षी राख्दै जाहेरी दर्ता गर्ने तयारी गरेको छ।  

पूर्वगृहमन्त्री थापा अहिले मूल पार्टी माओवादी छाडेर एमालेको नेता भएका छन्। कुनै समयमा सशस्त्र ‘जनयुद्ध’को सहयात्री नेत्रविक्रम चन्द ‘विप्लव’ले गठन गरेको नेकपाका एक कार्यकर्ताको ‘फेक इन्काउन्टर’ (गैरन्यायिक हत्या)का कारण अहिले थापा  व्यक्ति हत्याको मुद्दामा तानिएका छन्। 

विप्लव नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज पौडेलको २०७६ असार ५ गते लालबन्दी नगरपालिका–१ लखनदेवीस्थित जंगलमा हत्या भएको थियो। ‘अनटेस्ट’ मोटरसाइकलसहित २ वटा मोटरसाइकलमा आएका कुमार पौडेलसहित ४ जना व्यक्तिको समूहले प्रहरीमाथि आक्रमण गरेपछि जवाफी कारबाही गर्दा पौडेलको ज्यान गएको प्रहरीको दाबी थियो। प्रहरीको उक्त दाबी मानव अधिकार आयोगको अनुसन्धानमा झुटो सावित थियो। प्रहरीले पौडेललाई पक्राउ गरेर ९ गोली हानी हत्या गरेको पाइएपछि आयोगले संलग्न व्यक्तिहरूलाई कारबाहीको सिफारिस समेत गरेको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

पीडित परिवार २ वर्षदेखि न्यायको पर्खाइमा
हत्यापछि पीडित परिवारले सुरुमा कुमार संलग्न पार्टी नेकपाबाट न्यायको आशा गरेको थियो। तर, नेकपाले केही गर्न नसक्ने चाल पाएपछि उनीहरू कानुनी प्रक्रियातिर लागे। सुरुमा उनीहरूले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिने प्रयास गरे। तर, प्रहरीले उक्त घटना ‘दोहोरो भिडन्त’ भन्दै जाहेरी लिन नै अस्वीकार गर्‍यो।

यो पनि पढ्नुहोस्

पूर्वगृहमन्त्री थापा र पूर्वआईजीपी खनालविरुद्ध जाहेरी दर्ता गर्न महान्यायाधीवक्ता कार्यालयले लेख्यो पत्र शनिबार, असोज १६, २०७८

जाहेरी दर्ता नभएको विषयमा २०७६ माघ २३ गते जिल्ला सरकारी वकिल कार्यालयमा समेत जानकारी गराएको कुमारकी श्रीमती कला पौडेलले बताइन्।  घटनाको हालसम्म सत्य तथ्य अनुसन्धान नभएको र किटानी जाहेरी पेस गरेपनि अनुसन्धानको प्रक्रियाबारे केही जानकारी नपाएको जानकारी उनीहरूले दिएका थिए। पौडेलकी आमा दुर्गादेवीले निवेदन दिएकी थिइन्। 

जाहेरीका लागि दबाब दिँदा आफूहरूमाथि थप सुरक्षा जोखिम बढेको भन्दै उनीहरूले हुलाकमार्फत् जाहेरी पठाए। तर, उक्त जाहेरीमा पनि केही कारबाही भएन। उनीहरूले यसै चुप नलाग्ने र न्यायको लागि अदालतको ढोका ढक्ढक्याउने निर्णय गरे। जुन पार्टीमा संलग्न भएको भनेर हत्या गरेको थियो उक्त पार्टीले पनि बेवास्ता गरेको र सरकारी पक्षले पनि उल्टै आरोप लगाएपछि आफूहरूलाई असह्य भएर न्यायको लडाईंमा लागेको कुमारका भाइ हरिकृष्ण पौडेल बताउँछन्। 

आमा दुर्गादेवी पौडेलका तर्फबाट २०७७ मंसिर १२ गते सर्वोच्च अदालतमा जाहेरी दर्ता गरी अनुसन्धान गर्नू भनी परमादेशको आदेश माग गरेर रिट दायर भयो। करिब एक वर्षसम्म पनि जाहेरी नै दर्ताको प्रक्रियामा नगएपछि आफूहरू बाध्य भएर सर्वोच्च आएको उनले बताए।  

उनीहरूको निवेदनमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासले २०७७ मंसिर १५ गते लिखित जवाफ मगाउने आदेश गर्‍यो। उक्त आदेशको जवाफमा सरकारी पक्षले अनुसन्धान भइरहेको दाबी गर्‍यो। दोस्रो सुनुवाइको पेसी २०७८ भदौ ३ गते परेपनि सुनुवाइ स्थगित भयो। तेस्रो पेसीमा उनीहरूको माग अनुसार सर्वोच्चले अनुसन्धान अघि बढाउनू भनी आदेश गरेको छ।  

यो पनि पढ्नुहोस्

कुमार पाैडेल इन्काउन्टर : सरकारकाे निवेदन आयाेगद्वारा खारेजशुक्रबार, असोज ३०, २०७७

‘सुरुमा हामीले जिल्लामा दर्ता गर्न खोजेका थियौं। तर, नगरेपछि हामी सर्वाेच्च धाएका थियौं’ पौडेलले भने, ‘मानव अधिकार आयोगले पनि १० जनालाई दोषी भएको र दोहोरो भिडन्त भएको छैन भनेकाले न्याय पाउने आस छ।’
 
कला भन्छिन : हत्यारालाई कारबाही भएको हेर्न मन छ 

कलालाई आफ्ना श्रीमानको हत्यारालाई कारबाही भएको हेर्न मन छ। प्रहरीले पक्राउ गरेर गोली हानेर हत्या गरेको तर, सरकारले दोहोरो भिडन्त भएको, प्रहरीमाथि गोली प्रहार गरेको आरोप लगाउँदा धेरै दुःख लागेको उनले बताइन्। हतियार नै नभएको मानिसलाई यस्तो आरोप लगाउँदा निकै दुःख लागेको उनले बताइन्। अब सर्वोच्चको आदेशपछि कला न्याय पाउने आसमा छन्। 

के हुन्छ अबको प्रक्रिया?  
आइतबार सरकारी वकिलको कार्यालयले जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई अदालतको आदेश कार्यान्वयनका लागि पत्र बुझाउने छ। सरकारी वकिलले सात दिनभित्र सर्वोच्च अदालतमा प्रतिवेदन पेस गर्ने मिति पाएको जानकारी जिल्ला प्रहरी कार्यालयलाई गराउने छ। जिल्ला प्रहरी कार्यालयले यसअघि नै आएको जाहेरी वा नयाँ जाहेरी लिँदै अनुसन्धान सुरु गर्ने छ। 

सरकारी वकिलको कार्यालयले पनि सोही अनुरुपको प्रतिवेदन सर्वोच्च अदालत पठाउने छ। जाहेरी दर्ता नगरेमा प्रहरी र सरकारी वकिलको कार्यालयमाथि अदालतको अवहेलना मुद्दा लाग्ने छ। त्यसैले यो प्रक्रिया अदालतले तोकेको अवधिमा हुने छ। जाहेरी दर्तापछि प्रहरीले तत्कालीन  गृहमन्त्री र प्रहरी प्रमुखमाथि पक्राउ पूर्जी समेत जारी गर्न सक्ने छ। उनीहरूलाई अनुसन्धानका लागि बयानमा बोलाउन सक्ने छ। 

No description available.

प्रहरीले उक्त घटनाको बारेमा घटनास्थल र अन्य प्रमाण संकलन गर्दै यसमा विस्तृत अनुसन्धान गर्नुपर्ने छ। प्रहरीले अनुसन्धानपछि बयानका लागि उनीहरूलाई उपस्थित गराउनका लागि पक्राउ गर्ने वा पत्राचार गरेर उपस्थित हुन अनुरोध दुवै गर्न सक्ने छ। अनुसन्धान सकिएपछि प्रहरीले मुद्दा चलाउने कि नचलाउने निर्णय गर्न फाइल सरकारी वकिलको कार्यालयमा पठाउने छ। 

सरकारी वकिलको कार्यालयले मुद्दा चलाउने आवश्यक प्रमाण देखेमा अघि बढाउने छ भने नदेखिमा मुद्दा नचल्ने निर्णय गर्ने छ। 

मानव अधिकार आयोगको अनुसन्धान जसले देखायो ‘फेक इन्काउन्टर’ 
राष्ट्रिय मानव अधिकार आयोगको छानबिन टोलीले पौडेललाई प्रहरीले पक्राउ गरेर ९ राउन्ड गोली हानी हत्या गरेको निष्कर्ष निकालेको थियो। 

२०७६ कात्तिक ४ गते आयोगले सरकारले दाबी गरेको भन्दा ठीक उल्टो अध्ययन प्रतिवेदन सार्वजनिक गरेको थियो। प्रहरीबाट यस घटनाको निष्पक्ष अनुसन्धान नभएको, घटनास्थल तथा लास जाँच मुचुल्का गर्दा मेडिको लिगललाई ध्यान नदिएको आयोगले उल्लेख गरेको थियो। 

यो पनि पढ्नुहोस्

कुमार पौडेल हत्या प्रकरण : बयान दिन आएनन् लेखनदास, पोस्टमार्टममै आयोगलाई शंका बिहीबार, साउन १६, २०७६

त्यसबेला आयोगले सरकारलाई ८ बुँदे निर्देशनसमेत जारी गरेको थियो। जसमा घटनामा प्रहरीलाई निर्देशन दिने तालुकदार निकायका पदाधिकारी तथा आदेश दिने अधिकारी समेतलाई कानुनको दायरामा ल्याउन भनिएको थियो। 

आयोगले घटनामा प्रत्यक्ष रुपमा संलग्न प्रहरी निरीक्षक कृष्णदेव साह, हवल्दारद्वय विनोद साह र सत्यनारायण मिश्रलाई निलम्बन गरी फौजदारी अभियोग लगाई कारबाही गर्न निर्देशन दिएको थियो। त्यस्तै, प्रहरी निरीक्षक किरणप्रसाद न्यौपाने र नायब निरीक्षक सूर्यकुमार कार्कीलाई समेत सचेत गराउन आयोगको निर्देशन थियो।

‘इन्काउन्टर’को निर्देशन दिने तत्कालीन आईजीपी सर्वेन्द्र खनालसम्मलाई कारबाही गर्न आयोगले निर्देशन दिएको थियो।

आयोगको उक्त निर्देशनपछि पुनरवलोकन माग गर्दै सरकारले आयोगसमक्ष निवेदनसमेत दिएको थियो। सरकारको उक्त निर्णय आयोगले खारेज गरेको थियो। 

आयोगले यस घटना छानबिनका क्रममा ११ जनासँग सोधपुछ गरेको थियो। उनीहरूले बयानका क्रममा एक प्रहरीले करिब २ मिटरको टाढाबाट आफूले पौडेललाई ६ राउण्ड गोली हानेको बताएका थिए। तर, त्यति नजिकै भएको मुठभेडमा एकतर्फी मात्रै क्षति हुन सम्भव नभएको आयोगको ठहर थियो। 

यो पनि पढ्नुहोस्

९ राउन्ड गोली हानी कुमार पौडेलको हत्या नै भएको निष्कर्ष, गोली हान्ने प्रहरीलाई कारबाही गर्न निर्देशनसोमबार, कात्तिक ४, २०७६

आयोगबाहेक अन्य मानव अधिकारवादी संघसंस्थाले पनि उक्त घटनाको अध्ययन गरेका थिए। मानव अधिकार सम्बद्ध संघसंस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २, एड्भोकेसी फोरम नेपाल, तराई मानव अधिकार रक्षक सञ्जाल (थर्ड एलायन्स), महिला मानवअधिकार रक्षक सञ्जाल, नेपाल मानवअधिकार संगठन र उन्नत नेपालले अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै पौडेलको गैरन्यायिक हत्या भएको ठहर गरेका थिए। 

प्रहरीले भने घटनास्थलबाट डेडकर्ड ३ फिट, फ्युज वायर ५ फिट, मेड इन यूएस लेखिएको रिभल्भर १ थान, त्यसको गोली ४ राउन्ड, १ थान कटुवा पेस्तोल, त्यसको गोली २ राउन्ड, अखिल नेपाल भूमिहीन सुकुम्बासी संघ लेखिएको तर कसैको नाम नलेखिएको परिचयपत्र २ सय थान बरामद गरेको दाबी गरेको थियो।

प्रकाशित मिति: आइतबार, असोज १७, २०७८  १३:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
त्रिपुरेश्वर बस आगलागीको छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले एसएसपी रमेश बस्नेतको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिलाई घटनाको... सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा चालकले आफूले गल्ती नगरेको भन्दै जरिवाना तिर्न अस्वीकार गरेको देखिन्छ। विवादका क्रममा उनले ‘मर्न... सोमबार, असोज ५, २०८३
नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना प्रहरी नियन्त्रणमा काठमाडौं महानगरपालिका वडा नं. १४ बल्खुस्थित फलफूल बजार नजिक असोज २ गते बेलुका ७ बजे पीडितलाई बोलाएर ठगी गर्न खोजेको आरोपमा उनीहरूलाई... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
कांग्रेसका सात नेता कार्यकर्ता पार्टीबाट निष्कासित मंगलबार, असोज ६, २०८३
बालेनको अमेरिका भ्रमण : स्वर्णिम वाग्ले बने कार्यवाहक प्रधानमन्त्री मंगलबार, असोज ६, २०८३
बोर्ड अध्यक्ष नियुक्तिका लागि मन्त्रालयले बनायो ३ सदस्यीय समिति मंगलबार, असोज ६, २०८३
बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ६ सदस्य नियुक्त मंगलबार, असोज ६, २०८३
बालेनले तोडे प्रधानमन्त्रीको विदेश भ्रमणको परम्परा, विमानस्थलमा औपचारिक विदाइ नहुने मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्