काठमाडौं– नेपाली कांग्रेसको गोकर्णेश्वर नगर सभापतिमा कुमार लामा निर्वाचित भएका छन्।
शनिबार भएको निर्वाचनबाट प्रतिद्वन्द्वी रामजी श्रेष्ठलाई पराजित गरी उनी सभापतिमा निर्वाचित भएका हुन्। उनले १०९ मत ल्याए भने श्रेष्ठले ९३ मतमात्रै ल्याएका थिए।
नगरको उपसभापतिमा वटुकृष्ण ढुङ्गेल र विकास श्रेष्ठ निर्वाचित भए।
त्यसैगरी सचिवमा जयराम विष्ट र रमेश रिजाल निर्वाचित भए भने सहसचिवमा अशोक नेपाल र गोकुलप्रसाद सिम्खडा निर्वाचित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।