काठमाडौं- नेपाली कांग्रेस शंखरापुर नगरपालिकाको सभापतिमा दीलिपकुमार श्रेष्ठ विजयी भएका छन्। आज भएको नगर अधिवेशनबाट उनी प्यानलसहित विजयी भएका हुन्।
श्रेष्ठले सभापतिका लागि भएको मतदानमा खसेको कूल १५७ मतमध्ये ८६ मत प्राप्त गरे।
यस्तै उपसभापति (दुई जना) मिलन खड्का र अमित प्रधान विजयी भएका छन्। सचिवमा पनि दुई जना रनबहादुर तामाङ र स्वयम्भूलाल श्रेष्ठ विजयी भएका छन्।
कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नगर अधिवेशन भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।