काठमाडौं- नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत काठमाडौंको तार्केश्वर नगरपालिकामा सम्पन्न नगर अधिवेशनबाट कृष्णहरि महर्जन सभापतिमा विजयी भएका छन्। उनी कृष्णप्रसाद सिटौलानिकट भीमसेनदास प्रधानपक्षका उम्मेदवार हुन्।
सभापतिका लागि भएको मतदानमा महर्जनले १३५ मत प्राप्त गरे। उनका निकटतम् प्रतिद्वन्दी श्रीराम थापाले ११४ र अर्का उम्मेदवार मुकुन्द तिमिल्सिनाले दुई मत पाए।
अन्य पदमा मिश्रित नतिजा आएको छ। उपसभापतिमा जमुना तिमिल्सिना र नवराज अर्याल, सचिवमा शंकर तिमिल्सिना र राजु फुयाँल तथा सहसचिवमा सरस्वती पौडेल विजयी भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।