काठमाडौं- नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत मोरङमा आज भएको पालिका अधिवेशनपश्चात् ६ पालिकाको नतिजा सार्वजनिक भएका छन्।
जिल्लाका १६ पालिकामध्ये ६ वटामा विजयी पदाधिकारीको नाम सार्वजनिक भएका हुन्।
नतिजा प्रकाशित भएकामध्ये सुनबर्सी नगरपालिकाको सभापतिमा कमलकिशोर सिंह, कटहरी गाउँपालिकामा रामकुमार कामत, मिक्लाजुङ गाउँपालिकामा बबी राई विजयी भएका छन्।
यस्तै धनपालथान गाउँपालिकामा दीपकवीर पाण्डे, बेलबारी नगर सभापतिमा छत्र लिम्बू र कानेपोखरी गाउँपालिकामा योगेन्द्र दाहाल विजयी भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।