काठमाडौं- नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत काठमाडौं महानगरपालिकाको मतदान भोलि ९ बजेदेखि १ बजेसम्म हुने भएको छ।
महानगर पदाधिकारीमा सहमति हुन नसकेपछि निर्वाचन भोलिलाई सारिएको काठमाडौं कांग्रेस जिल्ला सभापति सबुज बानियाँले जानकारी दिए। महानगरमा पदाधिकारीबाहेकका पदमा सहमति भएको बताइएको छ।
काठमाडौंको बूढानीलकण्ठमा गगन थापा पक्षका उम्मेदवारहरु विजयी भएका छन्। कागेश्वरी मनोहरा, कीर्तिपुर, नागार्जुन, टोखा, शंखरापुर र तारकेश्वरलगायत पालिकाको मत गणना जारी छ।
दुई वटा वडाको अधिवेशन नभएकोले दक्षिणकालीको अधिवेशन स्थगित गरिएको छ। चन्द्रागिरिमा सर्वसम्मत गराउने प्रयास भइरहेको बताइएको छ। त्यहाँका मेयर घनश्याम गिरी नै नगरसभापति बन्ने सम्भावना रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।