काठमाडौं- नेपाली कांग्रेसको क्रियाशील सदस्यता वितरणमा भएको अनियमितताविरुद्ध अनसनरत डडेलधुरा कांग्रेसका नेता-कार्यकर्ताको गुनासो सुन्न केन्द्रीय सदस्य अर्जुननरसिंह केसीसहितका नेताहरु भोलि डडेलधुरा जाने भएका छन्।
केसीसँगै डा. शेखर कोइराला, गुरुराज घिमिरे, नेविसंघका पूर्वकेन्द्रीय अध्यक्ष केशव सिंह, पुरञ्जन आचार्यलगायत भोलि जाने कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए। त्यसक्रममा उनीहरुले बृहत् कार्यकर्ता भेलालाई समेत सम्बोधन गर्न बताइएको छ।
रामचन्द्र पौडेलपक्षको विरोध हुँदाहुँदै डडेलधुरामा भदौ २५ मा वडा अधिवेशन गरिएको थियो। क्रियाशील सदस्यता विवाद रहेकाले समाधान गरेर मात्रै अधिवेशन सुरु गर्नुपर्ने माग पौडेलपक्षको थियो। जिल्ला सभापति कर्ण मल्ल संस्थापन पक्षले अधिवेशन एकतर्फी गराएको भन्दै विरोधमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।