• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
एमाले विधान महाधिवेशन

सहभागी कार्यकर्ता भन्छन्– पटक पटकको विभाजनले पार्टीको हित गर्दैन

64x64
बीपी अनमोल शनिबार, असोज १६, २०७८  १४:५३
1140x725
फाइल तस्बिर।

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को प्रथम विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी छ। शुक्रबारदेखि सुरू भएको विधान महाधिवेशन आइतबारसम्म चल्ने छ। 

महाधिवेशनमा सातवटै प्रदेशका ७७ वटै जिल्लाका नेता/कार्यकर्तादेखि विभिन्न विभाग, आयोग लगायत जनवर्गीय संगठनका प्रतिनिधि सहभागी छन्। 

महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रस्ताव र उपमहासचिव विष्णु पौडेलले पेस गरेको विधान संशोधनसम्बन्धी प्रस्तावमाथि समूहगत छलफल भएको छ। 

दशवटा समूहमा सहभागीलाई राखेर तीनवटै प्रतिवेदनमा छलफल भएको छ। देशभरबाट सहभागी भएका प्रतिनिधिहरूले पार्टीलाई एकताबद्ध बनाउनेदेखि संसद् विघटन लगायतका विभिन्न विषयमा सुझाव पेस गरेका छन्। 

अधिकाशं सहभागीहरुले पार्टी विभाजन भएको विषयलाई पनि उल्लेख गर्दै यसमा नेतृत्व गम्भीर हुनुपर्ने सुझाव पेस गरेका छन्।

दाङबाट महाधिवेशनमा सहभागी हुन आएका नारायण डाँगी अबको एमालेलाई सबल र सक्षम बनाएर जानु आवश्यक रहेको बताउँछन्। ‘पाँच जना उपाध्यक्षको ठाउँमा सात जना राख्नुपर्छ भन्ने हाम्रो सुझाव छ,’ उनले भने, ‘समावेशिता मिलाउन र एकतालाई अघि बढाउन पनि यसमा ध्यान दिनुपर्छ।’

उनले स्थायी कमिटी भन्दा तलका नेता कार्यकर्ता महाधिवेशनमा प्रतिनिधिका लागि गाउँ कमिटीबाट नै चुनाव जितेर आउनुपर्ने व्यवस्था गर्नुपर्ने बताए। 

कञ्चनपुरबाट सहभागी भएका नन्दलाल चटौत पनि पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नु नै अबको एमालेको कार्यदिशा हुनुपर्ने बताए। ‘केही साथीहरु छोडेर जानुभो।  नगएको भए नि हुन्थ्यो। त्यसले राम्रो त गरेको छैन,’ उनले भने। 

Ncell 2
Ncell 2
nimb
nimb

अछामका भरत बहादुर साउँद नेतृत्वले कार्यकर्ताको सुझाव ग्रहण गरेर अघि बढ्न नसकेका कारण समस्या निम्तिने गरेको भन्दै त्यसतर्फ अबका दिनमा ध्यान दिनुपर्ने बताउँछन्। 

‘कम्युनिस्ट आन्दोलनमा चुनौती आएको छ। विभाजन भन्दा एकतालाई जोड दिनुपर्छ छोडेर जानुभएका साथीहरुलाई पार्टीमा फर्काउन पहल गर्नुपर्छ,’ उनले भने, ‘विभाजनले कसैलाई फाइदा हुन्न। अबको महाधिवेशनलाई एकताको महाधिवेशन गर्नुपर्छ। सहमतिमा नेतृत्व चयन गर्नुपर्छ।’

एमालेका पुराना नेता भीमबहादुर कडायत पार्टीलाई सशक्त र बलियो बनाएर लैजान सक्नु नै आजको आवश्यकता भएको भन्दै यसतर्फ अब नेतृत्वले ध्यान दिनुपर्ने बताउँछन। ‘एमाले हिजो पनि विभाजन भयो आज फेरि विभाजन भएको छ। यो विभाजन हुने कुरा राम्रो होइन,’ उनी भन्छन, ‘अबको महाधिवेशनबाट सर्वसम्मत रुपमा नेतृत्व चयन हुनुपर्छ। फेरि पनि गुटउपगुट भयो भने पार्टीलाई राम्रो गर्दैन।’

अध्यक्षमा केपी ओलीको विकल्प अहिले नै खोज्ने बेला नभएको उनी बताउँछन्।

Xtrem

Xtrem

सर्लाहीबाट सहभागी एकावती चौधरी कार्यकर्तामा अलिकति नैराश्यता र केही विभेद गर्ने प्रवृत्ति कायमै रहेको बताउँछिन। ‘समावेशी हिसाबले नै एमालेलाई केन्द्रदेखि तल्लो तहसम्म लैजानुपर्छ,’ उनले भनिन्, ‘पार्टीलाई बलियो बनाउनेतर्फ नै नेतृत्वको ध्यान जानुपर्छ।’

धनुषाका राजेन्द्रविक्रम थापा पार्टी विभाजनको असर अहिले नै देखिएको भन्दै यसमा नेतृत्वको ध्यान जानुपर्ने बताए। 

ताप्लेजुङबाट सहभागी पुराना कम्युनिस्ट नेता लक्ष्मीबहादुर याङछु पनि पार्टी फुट्ने र जुट्ने प्रक्रियाले समस्या आएको बताउँछन्। ‘अब विधानमा नै पार्टी टुट्न नदिने हिसाबले राखिनुपर्छ,’ उनले भने, ‘पदको लोलुप्ता हुनु, नेताहरुमा महत्वकाक्षां बढ्नु र पार्टीलाई आफ्नो हातमा लिन खोज्ने सोचले समस्या ल्याएको छ।’ अबको पार्टीलाई विवेकपूर्ण रुपमा एकताबद्व बनाएर लैजान सक्ने नेतृत्व आवश्यक रहेको उनको बुझाइ छ। 

माधवकुमार नेपालले पार्टी विभाजन गर्ने निर्णयमा साथ नदिएर एमालेमै रहेका एक जिल्लाका नेता भने महाधिवेशनमा एकै नेताको गुणगान धेरै गाउने काम मात्रै भएको बताउँछन्। 

‘पार्टी नेतृत्वले विधि, पद्धति र नीतिलाई कुल्चेर अघि बढेकै कारणले अहिलेको समस्या देखिएको हो,’ उनी भन्छन्, ‘अझै पनि त्यसरी अघि बढ्ने हो भने त एमाले एकताबद्ध भएर जान सक्दैन। तर, अब त्यसो नगरी पार्टीलाई थप क्षति हुन नदिने हिसाबले जानुपर्छ।’

प्रकाशित मिति: शनिबार, असोज १६, २०७८  १४:५३
  • #एमाले_विधान_महाधिवेशन_२०७८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
बीपी अनमोल
लेखकबाट थप
कानुनविद्का तीन तर्क, कहिले सकिन्छ सांसदहरुको कार्यकाल?
शेरबहादुर कुँवरः अछामदेखि श्रम मन्त्रालयको नेतृत्वसम्म 
संसद्‌मा विचाराधीन नागरिकता विधेयक यसपटक पारित होला?
सम्बन्धित सामग्री
जिल्लापछि प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, २१ असोजमा एकैदिन प्रदेश अधिवेशन गर्ने मंसिर २६ देखि २८ गतेसम्म काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको राप्रपाले भदौ मसान्तभित्र ७२ जिल्लाको अधिवेशन सम्पन्न गरि... बुधबार, असोज ७, २०८३
प्रतिनिधि सभामा ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत बैठकमा उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावको विरोधमा कुनै पनि सूचना प्राप्त नभएपछि मन्त्री लम्सालले विधेयक पेश गरेका हु... बुधबार, असोज ७, २०८३
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ बुधवार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै मन्त्री श्रेष्ठले बेपत्ताहरूको खोजी कार्य जारी राख्दै प्रभावितहरूको जीवन साम... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
जिल्लापछि प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, २१ असोजमा एकैदिन प्रदेश अधिवेशन गर्ने बुधबार, असोज ७, २०८३
बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान बुधबार, असोज ७, २०८३
प्रतिनिधि सभामा ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत बुधबार, असोज ७, २०८३
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ बुधबार, असोज ७, २०८३
हितेन्द्रदेव शाक्यलाई पुनर्बहाली गर्न माग, सर्वोच्चले माग्यो सरकारको जवाफ बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्