• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, पुस २७, २०८२ Sun, Jan 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
एमाले विधान महाधिवेशन

सहभागी कार्यकर्ता भन्छन्– पटक पटकको विभाजनले पार्टीको हित गर्दैन

64x64
बीपी अनमोल शनिबार, असोज १६, २०७८  १४:५३
1140x725
फाइल तस्बिर।

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को प्रथम विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी छ। शुक्रबारदेखि सुरू भएको विधान महाधिवेशन आइतबारसम्म चल्ने छ। 

महाधिवेशनमा सातवटै प्रदेशका ७७ वटै जिल्लाका नेता/कार्यकर्तादेखि विभिन्न विभाग, आयोग लगायत जनवर्गीय संगठनका प्रतिनिधि सहभागी छन्। 

महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रस्ताव र उपमहासचिव विष्णु पौडेलले पेस गरेको विधान संशोधनसम्बन्धी प्रस्तावमाथि समूहगत छलफल भएको छ। 

दशवटा समूहमा सहभागीलाई राखेर तीनवटै प्रतिवेदनमा छलफल भएको छ। देशभरबाट सहभागी भएका प्रतिनिधिहरूले पार्टीलाई एकताबद्ध बनाउनेदेखि संसद् विघटन लगायतका विभिन्न विषयमा सुझाव पेस गरेका छन्। 

अधिकाशं सहभागीहरुले पार्टी विभाजन भएको विषयलाई पनि उल्लेख गर्दै यसमा नेतृत्व गम्भीर हुनुपर्ने सुझाव पेस गरेका छन्।

दाङबाट महाधिवेशनमा सहभागी हुन आएका नारायण डाँगी अबको एमालेलाई सबल र सक्षम बनाएर जानु आवश्यक रहेको बताउँछन्। ‘पाँच जना उपाध्यक्षको ठाउँमा सात जना राख्नुपर्छ भन्ने हाम्रो सुझाव छ,’ उनले भने, ‘समावेशिता मिलाउन र एकतालाई अघि बढाउन पनि यसमा ध्यान दिनुपर्छ।’

उनले स्थायी कमिटी भन्दा तलका नेता कार्यकर्ता महाधिवेशनमा प्रतिनिधिका लागि गाउँ कमिटीबाट नै चुनाव जितेर आउनुपर्ने व्यवस्था गर्नुपर्ने बताए। 

कञ्चनपुरबाट सहभागी भएका नन्दलाल चटौत पनि पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नु नै अबको एमालेको कार्यदिशा हुनुपर्ने बताए। ‘केही साथीहरु छोडेर जानुभो।  नगएको भए नि हुन्थ्यो। त्यसले राम्रो त गरेको छैन,’ उनले भने। 

Ncell 2
Ncell 2

अछामका भरत बहादुर साउँद नेतृत्वले कार्यकर्ताको सुझाव ग्रहण गरेर अघि बढ्न नसकेका कारण समस्या निम्तिने गरेको भन्दै त्यसतर्फ अबका दिनमा ध्यान दिनुपर्ने बताउँछन्। 

‘कम्युनिस्ट आन्दोलनमा चुनौती आएको छ। विभाजन भन्दा एकतालाई जोड दिनुपर्छ छोडेर जानुभएका साथीहरुलाई पार्टीमा फर्काउन पहल गर्नुपर्छ,’ उनले भने, ‘विभाजनले कसैलाई फाइदा हुन्न। अबको महाधिवेशनलाई एकताको महाधिवेशन गर्नुपर्छ। सहमतिमा नेतृत्व चयन गर्नुपर्छ।’

एमालेका पुराना नेता भीमबहादुर कडायत पार्टीलाई सशक्त र बलियो बनाएर लैजान सक्नु नै आजको आवश्यकता भएको भन्दै यसतर्फ अब नेतृत्वले ध्यान दिनुपर्ने बताउँछन। ‘एमाले हिजो पनि विभाजन भयो आज फेरि विभाजन भएको छ। यो विभाजन हुने कुरा राम्रो होइन,’ उनी भन्छन, ‘अबको महाधिवेशनबाट सर्वसम्मत रुपमा नेतृत्व चयन हुनुपर्छ। फेरि पनि गुटउपगुट भयो भने पार्टीलाई राम्रो गर्दैन।’

अध्यक्षमा केपी ओलीको विकल्प अहिले नै खोज्ने बेला नभएको उनी बताउँछन्।

सर्लाहीबाट सहभागी एकावती चौधरी कार्यकर्तामा अलिकति नैराश्यता र केही विभेद गर्ने प्रवृत्ति कायमै रहेको बताउँछिन। ‘समावेशी हिसाबले नै एमालेलाई केन्द्रदेखि तल्लो तहसम्म लैजानुपर्छ,’ उनले भनिन्, ‘पार्टीलाई बलियो बनाउनेतर्फ नै नेतृत्वको ध्यान जानुपर्छ।’

धनुषाका राजेन्द्रविक्रम थापा पार्टी विभाजनको असर अहिले नै देखिएको भन्दै यसमा नेतृत्वको ध्यान जानुपर्ने बताए। 

ताप्लेजुङबाट सहभागी पुराना कम्युनिस्ट नेता लक्ष्मीबहादुर याङछु पनि पार्टी फुट्ने र जुट्ने प्रक्रियाले समस्या आएको बताउँछन्। ‘अब विधानमा नै पार्टी टुट्न नदिने हिसाबले राखिनुपर्छ,’ उनले भने, ‘पदको लोलुप्ता हुनु, नेताहरुमा महत्वकाक्षां बढ्नु र पार्टीलाई आफ्नो हातमा लिन खोज्ने सोचले समस्या ल्याएको छ।’ अबको पार्टीलाई विवेकपूर्ण रुपमा एकताबद्व बनाएर लैजान सक्ने नेतृत्व आवश्यक रहेको उनको बुझाइ छ। 

माधवकुमार नेपालले पार्टी विभाजन गर्ने निर्णयमा साथ नदिएर एमालेमै रहेका एक जिल्लाका नेता भने महाधिवेशनमा एकै नेताको गुणगान धेरै गाउने काम मात्रै भएको बताउँछन्। 

‘पार्टी नेतृत्वले विधि, पद्धति र नीतिलाई कुल्चेर अघि बढेकै कारणले अहिलेको समस्या देखिएको हो,’ उनी भन्छन्, ‘अझै पनि त्यसरी अघि बढ्ने हो भने त एमाले एकताबद्ध भएर जान सक्दैन। तर, अब त्यसो नगरी पार्टीलाई थप क्षति हुन नदिने हिसाबले जानुपर्छ।’

प्रकाशित मिति: शनिबार, असोज १६, २०७८  १४:५३
  • #एमाले_विधान_महाधिवेशन_२०७८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
बीपी अनमोल
लेखकबाट थप
कानुनविद्का तीन तर्क, कहिले सकिन्छ सांसदहरुको कार्यकाल?
शेरबहादुर कुँवरः अछामदेखि श्रम मन्त्रालयको नेतृत्वसम्म 
संसद्‌मा विचाराधीन नागरिकता विधेयक यसपटक पारित होला?
सम्बन्धित सामग्री
उज्यालो नेपाल पार्टीले गर्‍यो प्रत्यक्षतर्फको उम्मेदवारी आह्वान यही पुस ३० गतेभित्र इच्छुक उम्मेदवारलाई सम्पर्क गर्न सो पार्टीले आह्वान जारी गरेको प्रवक्ता डा राजु थापाले जानकारी दिए । शनिबार, पुस २६, २०८२
रास्वपामा साधारण सदस्य नै बन्छु भनेर ठूलो पद मागेको थिइनँ : कुलमान घिसिङ ‘म आफैं एउटा उपाध्यक्ष त्यो पनि वरीयतामा तल रहेर पनि सहेर गएको थिएँ । अन्तिम चरणमा मैले एउटा प्रस्ताव पनि गरेको थिएँ,’ घिसिङले भने,... शनिबार, पुस २६, २०८२
‘पहिले देश नबनेकोमा चिन्ता थियो, अहिले देश नरहने भन्ने चिन्ता छ’: ज्ञानेन्द्र शाह सन्देशमा उनले भनेका छन्, ‘हिजो देश नबनेकोमा चिन्ता थियो, आज देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको छ।’ पूर्वराजा शाहले सबै जात,... शनिबार, पुस २६, २०८२
ताजा समाचारसबै
उज्यालो नेपाल पार्टीले गर्‍यो प्रत्यक्षतर्फको उम्मेदवारी आह्वान शनिबार, पुस २६, २०८२
रास्वपामा साधारण सदस्य नै बन्छु भनेर ठूलो पद मागेको थिइनँ : कुलमान घिसिङ शनिबार, पुस २६, २०८२
पूर्वराज्यमन्त्री चौधरीको निधन शनिबार, पुस २६, २०८२
‘पहिले देश नबनेकोमा चिन्ता थियो, अहिले देश नरहने भन्ने चिन्ता छ’: ज्ञानेन्द्र शाह शनिबार, पुस २६, २०८२
रुकुम पूर्वबाट चुनाव लड्ने प्रचण्डको घोषणा शनिबार, पुस २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
कांग्रेस विशेष महाधिवेशन पक्षधरको पदयात्रा कार्यक्रम स्थगित शनिबार, पुस २६, २०८२
संगठनको विशेष महाधिवेशनको विपक्षमा कांग्रेसका १७ भ्रातृ वक्तव्य, चुनावमा केन्द्रित हुन आह्वान शुक्रबार, पुस २५, २०८२
कांग्रेसभित्रको विवाद उत्कर्षमा: संस्थापन पक्षले आज पत्रकार सम्मेलन गर्दै शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्