काठमाडौं- नेपाली कांग्रेसको विराटनगर महानगरपालिका अधिवेशन आज हुँदैछ।
अधिवेशनमा चार जनाले सभापतिमा उम्मेदवारी दिएका छन्। दीपक चापागाईं, कृष्णबहादुर कार्की, सन्तोष न्यौपाने र अरुणकुमार न्यौपानेले उम्मेदवारी दिएका हुन्।
सन्तोष न्यौपाने बाहेकका उम्मेदवार वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन्। अरुण महानगर समितिका कार्यवाहक सभापति हुन्। चापागाईं गत अधिवेशनमा सभापतिमा पराजित भएका थिए भने कार्की नेविसंघका पूर्व सहमहामन्त्री हुन्। सन्तोष नेविसंघको राजनीति गर्दै तरुण दल महानगर समितिको सभापति भएका थिए।
पौडेल पक्षका नेताहरु डा. शेखर कोइराला, महेश आचार्य र मिनेन्द्र रिजालले एकल उम्मेदवार उठाउन नसकेपछि सोही समूहबाट तीन जनाको उम्मेदवारी परेको हो। विराटनगरमा १९ वडा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।