काठमाडौं- सानिमा बैंक लिमिटेडले ललितपुरको सानेपा र हरिसिद्धिमा शाखा कार्यालय स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ।
सानेपा कार्यालयको उद्घाटन ललितपुर महानगरपालिका-२ का अध्यक्ष राजेशकुमार महर्जन र बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दहालले संयुक्तरुपमा गरे। आगामी दिनमा सो क्षेत्रका स्थानीयलाई विशेष प्राथमिकतामा राखी वित्तीय सेवा प्रदान गर्ने बैंकले जनाएको छ।
यसैगरी हरिसिद्धि कार्यालयको उद्घाटन बैंकका नायव प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले गरे। उद्घाटन् समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत दहालले बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे।
सानिमाको देशका सातवटा प्रदेशमा १०८ कार्यालय र ९७ वटा एटीएम सञ्चालनमा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।