काठमाडौं- दरबारमार्गस्थित शेर्पा मलमा अर्को महिना (अक्टोबर)बाट हार्ड रक क्याफे सञ्चालनमा आउने भएको छ।
सांगीतिक क्षेत्रका केही प्रख्यात कलाकारहरुको निजी वस्त्र तथा सांगीतीक उपकरणहरुको संग्रह 'मेमोरेबिलिया'का साथै क्याफेले अमेरिकाको प्रसिद्ध मेनु, कक्टेल्सलगायत उपलब्ध गराउने जानकारी दिइएको छ।
मलको पहिलो र माथिल्लो तल्लामा सञ्चालनमा आउने यस रेस्टुरेण्टले भित्री भागका साथसाथै बाहिरी छत पनि समेटेको छ।
'जहाँ बसेर दरबारमार्गको सुन्दर दृश्य अवलोकन गर्दै स्वादिष्ट परिकारहरुको आनन्द लिन सकिनेछ। क्याफेको मेनुको सबैभन्दा मुख्य आकर्षण भनेकै बर्गर हो, जसको लागि हार्ड रक प्रसिद्ध छ। यी बर्गरहरुमा चेद्दार चीजसँग मिसाइएको राँगाको मासुसहित, क्रिस्पी अनियन रिङ, लेटस पत्ता र भाइन-रिपेण्ड टमाटर भएको प्रख्यात बर्गरसमेत रहेको छ, जसलाई हार्ड रकको मौलिक पहिचान बनेको स्टेक ससका साथ उपलब्ध गराइनेछ,' कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।