काठमाडौं- ललितपुरको नख्खुमा अवस्थित मेडीसिटी अस्पतालले आफ्ना नियमित बिरामीहरुको चेकजाँचलाई अझ सहज बनाउनका लागि काठमाडौंमा सिटी अफिस सञ्चालनमा ल्याएको छ।
अस्पतालले विशालनगरस्थित अरोगिन हेल्थ केयर प्रालिलाई आफ्नो सिटी अफिसको रुपमा स्थापित गरेको जनाएको छ। सिटी अफिसबाट अस्पतालका सम्पूर्ण ओपीडी सेवाका साथै सामान्य उपचार सेवा पनि अस्पातलकै वरिष्ठ चिकित्सकहरुबाट नै हुने अस्पातलका जेनेरल म्यानेजर विजय रिमालले जानकारी दिएका छन्।
हाल हाडजोर्नी तथा नशा रोगसम्बन्धी ओपीडी सेवा सञ्चालनमा आइसकेको छ। साथै, फलोअप, चेकजाँच तथा सामान्य उपचारका लागि अस्पतालसम्म धाइरहने झण्झटबाट मुक्त भएपछि सेवाग्राही खुसी रहेको अरोगिन हेल्थ केयरकी बजार व्यावस्थापक जानुका विष्टले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।