• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, वैशाख १३, २०८३ Sun, Apr 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

साँघुरो गल्लीको विद्रोही आवाज

64x64
युवराज भट्टराई शनिबार, असोज १६, २०७८  १५:५९
1140x725

मुम्बईको कुनै ‘झुपडपट्टी’मा हुर्किएको एक युवक परम्परागत सामाजिक संरचनाभन्दा फरक सपना देख्छ। ‘नोकरको छोराले नोकर नै बन्ने सपना देख्नुपर्छ’ भन्ने मान्यता तोड्ने बाटोमा हिँड्छ। एकातिर परिवारका लागि पूरा गर्नुपर्ने जिम्मेवारीको बोझले उसको काँध नुहेको हुन्छ, अर्कातिर आफ्नो सपना प्राप्तिको उत्कट चाहना हुन्छ।

जोया अख्तरको ‘गल्ली बोई’ले प्रदर्शनको समयमा राम्रो चर्चा कमायो। भारतीय दर्शक र समीक्षकले राम्रो प्रतिक्रिया दिए। तर, फिल्मलाई ‘चाहिनेभन्दा बढी चर्चा दिएको’ तर्क पनि आयो।

चर्चित भारतीय र्‍यापर डिभाइन र नेज्जीको जीवनमा आधारित फिल्म गल्ली बोई उनीहरुको जीवनी होइन। बरु, विकशित शहरको सिमान्तकृत समुदायमा हुर्किएकाहरुको कथा हो। मध्यमवर्गीय जीवन बाँचिरहेकाहरुले यो फिल्ममा आफूलाई पाउँछन्। फिल्ममा रणविर सिंह, आलिया भट्ट, श्रीकान्त भोस्ले, विजय राज, सिद्धान्त चर्तुवेदीलगायतको अभिनय छ।

जोया र रिमा काग्तीले लेखेको फिल्मले प्रश्नहरु गर्छन्। मुम्बईको गल्लीबाट आफ्ना बाध्यताहरुमाथि प्रश्न गर्छन्। धर्ममाथि प्रश्न गर्छन्। वर्गीय विभेदमाथि प्रश्न गर्छन्। यी प्रश्नहरु ‘बिट’ र ‘बार’मा हुन्छन्।

प्रश्न गर्न र्‍यापको सहारा
र्‍याप विद्रोहको संगीत हो। काला जातीमाथि गोरा जातीले गरेको दमनविरुद्ध र्‍याप सुरु भएको इतिहास छ। अमेरिकी राष्ट्रपति अब्राहम लिंकनले सन् १८६२ मा दासहरुको मुक्तिको घोषणा गर्दा पहिलो पटक सार्वजनिक रुपमा र्‍याप प्रस्तुत गरिएको थियो। सन् १९२० बाट भने र्‍याप विश्वप्यापी रुपमा चर्चामा आउन थाल्यो। सन् ७० को दशकसम्म आइपुग्दा यो शैली विश्वका अधिकांश क्षेत्रमा पुगिसकेको थियो। मुख्य गरी युवा पुस्तामा र्‍यापको प्रभाव बढी थियो र छ। 

गल्ली बोईमा मुरादको भूमिकामा देखिएका छन्, रणवीर। उनका बुबा अफ्ताव शाहिर (अभिनय– विजय राज)ले आफ्नी श्रीमतीमाथि हिंसा गर्छन्। उनले दोस्रो विवाह गरेपछि परिवार विघटनतर्फ लम्किन्छ।

बुबाले दोस्रो विवाह गरेर कान्छी आमालाई घरमा ल्याउँदा ढोकामा आड लागिरहेको मुरादले कानमा ‘एयरफोन’ लगाएको हुन्छ। तर, बुबा घरभित्र छिर्दा उसको कानको एयरफोन निकालिदिन्छन्। मुरादको जीवनमाथि उसको बुबाको कति नियन्त्रण छ भन्ने उक्त दृश्यले देखाउँछ।

nimb
nimb
Ncell 2
Ncell 2

मुराद यी सबैबाट मुक्ति पाउन शब्दहरु कोर्न थाल्छ। ती शब्दमा उसको भोगाइ हुन्छ। उसले देखिरहेको असमानता र विभेद हुन्छ। आफ्नी आमामाथिको हिंसा हुन्छ।

आफ्नो कलेजमा एक कार्यक्रमबीच एमसी शेर (सिद्धान्त चर्तुवेदी)को प्रस्तुतिपछि ¥यापतर्फ तानिएको मुराद ऊसँगको सहकार्यबाट कसरी देशकै चर्चित र्‍यापर भएर निस्किन्छ भन्ने कथालाई फिल्ममा देखाइएको छ। निश्चित पर्खालभित्र अभिशप्त मानिस जब विद्रोहमा उत्रिन्छ, समाजले त्यसलाई पागलपन ठान्छ।

ऊ र्‍याप गाउँछ, तर उसको समुदाय उसले गजल गाए हुन्थ्यो भन्ने चाहन्छ। ऊमाथि बुबाको नियन्त्रणले उसलाई लाचार बनाएको हुन्छ। उसले गाउने गीतका शब्द हुन्छन्– मेरो पनि समय आउँनेछ (आप्ना टाइम आएगा)।

हाम्रो संसार सीमित छ। हाम्रो समाजले निर्माण गरिदिएको पर्खाल बाहिरको दुनियाँ हाम्रो लागि पराई लाग्छ। पराईलाई मानवीयताका आधारभूत संवेदनाहरु पनि देखाउन सक्दैनौँ। तर, यो संरचना कसले निर्माण गरिदियो?

पुँजीवादी व्यवस्थाले हामीलाई ‘आइसोलेसन’मा राखेको छ, जहाँ हाम्रो क्षमता हेरिँदैन। हेरिन्छ वर्गीय तह, जात र धर्म। फिल्ममा एउटा दृश्य छ, जहाँ गाडी कुदाइरहेको मुरादलाई उसको मालिकले प्रश्न गर्छ– ‘तिमीले कति पढेका छौं?’ जवाफमा आफू ‘ग्रेजुएट’ हुन लागेको बताउँछ। अनि मालिक ‘हार्वड नगएर यतै काम गर्न चाहन्छु’ भनिरहेकी छोरीलाई सम्बोधन गर्दै भन्छ– ‘के तिमी पनि ग्रेजुएट गरेर, यतै काम गरेर उसकै स्तरमा बस्न चाहन्छौ?’

बुबाको दुर्घटनापछि मुराद उनको ठाउँमा ड्राइभर हुन पगेको हुन्छ। आफूले कुदाइरहेको कारको पछिल्लो सिटमा बसेकी ‘मालिक्नी’ रोइरहँदा ‘किन रोएको’ भनेर सोध्न सक्दैन। ऐनामा मालिक्नीलाई हेर्छ। उनीहरुबीच भौतिक दूरी हुँदैन, तर सम्पन्नता र विपन्नताको दूरीले टाढा बनाएको हुन्छ। 

कथाको अब्बल प्रस्तुति
फिल्म कथाको दृश्यांकन हो। अथवा, कथा भन्ने माध्यम हो। तर, फिल्म कथा मात्रै होइन।

गल्ली बोईले दृश्यलाई शब्द दिएको छ। चाहे त्यो क्यामेरा एंगल होस् वा प्रकाश, फिल्ममा कथालाई बलियो बनाउन यी पक्षको भूमिका उत्तिकै महत्वपूर्ण छ।

‘दूरी’ गीतको रेकर्डिङपछि भिडियो सुट गर्ने क्रममा एक फ्रेममा सुकुम्बासी बस्तीका मानिसहरुसँगै ‘बोलोग्निस’ जातिको कुकुर देखाइएको छ। गरिबीमा जेलिएका पाँच मानिससँगै उक्त कुकुर देखिन्छ। प्रकाश र फोकस कुकरमा छ। यो जातिको कुकुर प्रायः सम्पन्न वर्गले पाल्छ। बोलोग्निसलाई सम्पन्नताको प्रतिकको रुपमा लिइन्छ। असमानतालाई प्रस्तुत गर्न सम्पन्न वर्गसँग नजिक भएको कुकुरलाई सुकम्बासी बस्तीका मानिसहरुसँगै राखिएको हो।

मालिक्नीलाई लिएर पार्टीमा गएको मुराद त्यहाँ बजिरहेको ‘बिट’ सुनेपछि भित्र जान खोज्छ। तर, गार्डले फर्काउँछ।

मालिक्नीलाई गाडीमा कुरिरहेका मुरादलाई देखाउँदा गाडीको ऐना देखाइन्छ, जहाँ झकिझकाउ बत्तीहरुको प्रतिबिम्ब देखिन्छन्। तर, त्यहाँ गाडीभित्रै रहेको मुरादको प्रतिबिम्ब देखिँदैन। झकिझकाउ बत्तीहरुमा क्यामेरा फोकस छ, गाडीभित्र बसेको मुराद भने धुमिल देखिन्छ। यहाँ उच्च वर्ग र निम्न वर्गको भेद देखाइएको छ। त्यो समय मुराद आफैं पनि आफ्नो अस्तित्वमाथि प्रश्न गरिरहेको हुन्छ।

युट्युबमा हालिएको मुरादको गीत चर्चित भएपछि उसले आफ्नी आमा र भाइलाई राखिरहेको डेरामा आएका बुबाबीचको संवाद देखाउँदा प्रकाश मुरादमाथि छ। फ्रेममै भएका उसका बुबा धुमिल छन्। यो दृश्यले मुरादको स्वतन्त्रता र उसले विद्रोह गरि छानेको बाटो लक्ष्य उन्मुख भएको देखाउँछ। 

प्रकाश र रङले कुनै विषयलाई देखाउने मात्रै नभएर फिल्ममा त्यसको महत्व पनि दर्शाउँछ। ‘कार्लोस रेगेदास’, ‘अल्फ्रेड हिचकक’, ‘अपिचात्पोङ विरासेथाकुल’, ‘रिडले स्कट’ जस्ता निर्देशकले फिल्ममा आफ्नो हस्ताक्षरकै रुपमा प्रकाश र रङको प्रयोग गरेका छन्। गल्ली बोईमा पनि गोया अख्तरले प्रकाश र रङलाई अत्यधिक महत्वमा राखेकी छिन्। 

रणवीरको गजब अभिनय
‘फिल्म भनेको निर्देशकले बोल्ने माध्यम हो। निर्देशकले बोल्ने विषयलाई आवाज दिने काम कलाकारको हो। स्टेजमा अभिनय गर्नु कलाकारको कामको एक अंश मात्र हो। अभिनय गरिरहँदा उसले ‘स्टेज पर्फमेन्स’ मात्रै दिइरहेको हुँदैन। उसको अनुहारले दृश्यलाई बोल्नुपर्छ। निर्देशकले देखाउन खोजेको कथा उसको अनुहारबाट देखिन्छ।’ सस्पेन्स फिल्मका उत्कृष्ट निर्देशक मानिने अल्फ्रेड हिचकचले भनेका छन्। फिल्ममा कुनै पनि कलाकारले आफ्नो भूमिका निभाएर मात्रै हुँदैन, उसले भूमिका बाँच्नु नै पर्ने हुन्छ। कलाकारिता क्षेत्रमा लाग्नेको मुख्य धर्म नै आफ्नो अभिनयमार्फत आफू भूमिकाबद्ध भएको पात्रको जीवन्त प्रस्तुति दिनु हो।

मुरादको भूमिकामा देखिएका रणवीर सिंहले मुम्बईका गल्ली र अन्डरग्राउण्ड र्‍यापरहरुसँग समय बिताएका थिए। डिभाइन, नाज्जी र रणवीरले मुम्बईका अन्डरग्राउण्ड र्‍यापरसँग गरेको संगतका थुप्रै भिडियोहरु युट्युबमा छन्।

आफूलाई पात्रको भूमिकामा उतार्न रणवीरले गरेको मिहिनेत पर्दामा देखिन्छ। उनी फिल्ममा अभिनेता भएर होइन, आफैं र्‍यापर भएर प्रस्तुत भएका छन्। फिल्मका धेरै दृश्यमा उनको अभिनयले दर्शकलाई चकित तुल्याएको छ। उनी दर्शकले अनुमान गरिरहेको भन्दा फरक शैलीमा देखिएका छन्।

सन् १९४० को दशककी अमेरिकी अभिनेत्री स्टेला एडलरले अभिनयलाई परिभाषित गर्दै भन्ने गरेकी छिन्, ‘एउटा महान् कलाकारको प्रतिभा उसको छनोटमा निहित हुन्छ।’ रणवीर यस्तै हुन्। चाहे उनले ‘पद्मावत’मा गरेको खिल्जीको अभिनय होस् वा ‘बाजिराओ मस्तानी’मा गरेको पेश्वा बाजीराओको भूमिका होस्, हरेकमा उनको परिपक्वता देखिन्छ। 

प्रकाशित मिति: शनिबार, असोज १६, २०७८  १५:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
बहुप्रतिक्षित चलचित्र ‘रामायण’को टिजर रिलिज नितेश तिवारीको निर्देशनमा बनिरहेको यस फिल्मको टिजरलाई लिएर प्रशंसकहरुले धेरै समयदेखि प्रतिक्षा गरिरहेका थिए । बिहीबार, चैत १९, २०८२
बेनिशाको फिल्म ‘द ब्लु लाइट’प्रदर्शन स्थगित गर्ने निर्णय फिल्मले सुखद प्रतिक्रिया प्राप्त गरेको थियो । यसको औपचारिक बक्सअफिस विवरण पनि बाहिर आइसकेको छैन । यो फिल्मबाट अभिनेत्री बेनिशा हमालल... मंगलबार, माघ २०, २०८२
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिबाट चलचित्रसम्बन्धी विधेयक पारित सिंहदरवारमा सोमबार सम्पन्न समितिको बैठकले चलचित्र विधेयक, २०८१ का सम्बन्धमा तयार गरिएको मस्यौदा प्रतिवेदनमाथि छलफल गरी त्यसलाई पारित... सोमबार, माघ १२, २०८२
ताजा समाचारसबै
सुनको मुल्य बढ्यो आइतबार, वैशाख १३, २०८३
चट्याङ लागेर रोल्पामा एक जनाको मृत्यु आइतबार, वैशाख १३, २०८३
मनोहरा सुकुमबासी बस्तीमा चल्याे डाेजर आइतबार, वैशाख १३, २०८३
५० हजार घुस लिएको आरोपमा कास्की प्रहरीका वरिष्ठ हवल्दार अख्तियारको नियन्त्रणमा आइतबार, वैशाख १३, २०८३
ट्रम्प सहभागी कार्यक्रममा गोली चलेको आवाज, ट्रम्पलाई सुरक्षित स्थानमा सारियो आइतबार, वैशाख १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
देशका विभिन्न जिल्लामा भारी वर्षा, लमजुङमा सबैभन्दा धेरै शनिबार, वैशाख १२, २०८३
‘नक्कली’ सुकुमवासीको विवरण सार्वजनिक गर्ने सरकारको तयारी, विस्थापितका लागि पाँच स्थानमा व्यवस्था शनिबार, वैशाख १२, २०८३
ज्ञानेन्द्र शाहीले भने– वास्तविक सुकुम्बासीलाई व्यवस्थापन गर्ने सरकारको नीति स्वागतयोग्य शनिबार, वैशाख १२, २०८३
रास्वपा सांसद पोखरेलले मागे माफी शनिबार, वैशाख १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
पदाधिकारी मनोनयनसहित रास्वपा केन्द्रीय समिति बैठकको नौ बुँदे कार्यसूची सार्वजनिक आइतबार, वैशाख ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्