• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

साँघुरो गल्लीको विद्रोही आवाज

64x64
युवराज भट्टराई शनिबार, असोज १६, २०७८  १५:५९
1140x725

मुम्बईको कुनै ‘झुपडपट्टी’मा हुर्किएको एक युवक परम्परागत सामाजिक संरचनाभन्दा फरक सपना देख्छ। ‘नोकरको छोराले नोकर नै बन्ने सपना देख्नुपर्छ’ भन्ने मान्यता तोड्ने बाटोमा हिँड्छ। एकातिर परिवारका लागि पूरा गर्नुपर्ने जिम्मेवारीको बोझले उसको काँध नुहेको हुन्छ, अर्कातिर आफ्नो सपना प्राप्तिको उत्कट चाहना हुन्छ।

जोया अख्तरको ‘गल्ली बोई’ले प्रदर्शनको समयमा राम्रो चर्चा कमायो। भारतीय दर्शक र समीक्षकले राम्रो प्रतिक्रिया दिए। तर, फिल्मलाई ‘चाहिनेभन्दा बढी चर्चा दिएको’ तर्क पनि आयो।

चर्चित भारतीय र्‍यापर डिभाइन र नेज्जीको जीवनमा आधारित फिल्म गल्ली बोई उनीहरुको जीवनी होइन। बरु, विकशित शहरको सिमान्तकृत समुदायमा हुर्किएकाहरुको कथा हो। मध्यमवर्गीय जीवन बाँचिरहेकाहरुले यो फिल्ममा आफूलाई पाउँछन्। फिल्ममा रणविर सिंह, आलिया भट्ट, श्रीकान्त भोस्ले, विजय राज, सिद्धान्त चर्तुवेदीलगायतको अभिनय छ।

जोया र रिमा काग्तीले लेखेको फिल्मले प्रश्नहरु गर्छन्। मुम्बईको गल्लीबाट आफ्ना बाध्यताहरुमाथि प्रश्न गर्छन्। धर्ममाथि प्रश्न गर्छन्। वर्गीय विभेदमाथि प्रश्न गर्छन्। यी प्रश्नहरु ‘बिट’ र ‘बार’मा हुन्छन्।

प्रश्न गर्न र्‍यापको सहारा
र्‍याप विद्रोहको संगीत हो। काला जातीमाथि गोरा जातीले गरेको दमनविरुद्ध र्‍याप सुरु भएको इतिहास छ। अमेरिकी राष्ट्रपति अब्राहम लिंकनले सन् १८६२ मा दासहरुको मुक्तिको घोषणा गर्दा पहिलो पटक सार्वजनिक रुपमा र्‍याप प्रस्तुत गरिएको थियो। सन् १९२० बाट भने र्‍याप विश्वप्यापी रुपमा चर्चामा आउन थाल्यो। सन् ७० को दशकसम्म आइपुग्दा यो शैली विश्वका अधिकांश क्षेत्रमा पुगिसकेको थियो। मुख्य गरी युवा पुस्तामा र्‍यापको प्रभाव बढी थियो र छ। 

गल्ली बोईमा मुरादको भूमिकामा देखिएका छन्, रणवीर। उनका बुबा अफ्ताव शाहिर (अभिनय– विजय राज)ले आफ्नी श्रीमतीमाथि हिंसा गर्छन्। उनले दोस्रो विवाह गरेपछि परिवार विघटनतर्फ लम्किन्छ।

बुबाले दोस्रो विवाह गरेर कान्छी आमालाई घरमा ल्याउँदा ढोकामा आड लागिरहेको मुरादले कानमा ‘एयरफोन’ लगाएको हुन्छ। तर, बुबा घरभित्र छिर्दा उसको कानको एयरफोन निकालिदिन्छन्। मुरादको जीवनमाथि उसको बुबाको कति नियन्त्रण छ भन्ने उक्त दृश्यले देखाउँछ।

Ncell 2
Ncell 2
nimb
nimb

मुराद यी सबैबाट मुक्ति पाउन शब्दहरु कोर्न थाल्छ। ती शब्दमा उसको भोगाइ हुन्छ। उसले देखिरहेको असमानता र विभेद हुन्छ। आफ्नी आमामाथिको हिंसा हुन्छ।

आफ्नो कलेजमा एक कार्यक्रमबीच एमसी शेर (सिद्धान्त चर्तुवेदी)को प्रस्तुतिपछि ¥यापतर्फ तानिएको मुराद ऊसँगको सहकार्यबाट कसरी देशकै चर्चित र्‍यापर भएर निस्किन्छ भन्ने कथालाई फिल्ममा देखाइएको छ। निश्चित पर्खालभित्र अभिशप्त मानिस जब विद्रोहमा उत्रिन्छ, समाजले त्यसलाई पागलपन ठान्छ।

ऊ र्‍याप गाउँछ, तर उसको समुदाय उसले गजल गाए हुन्थ्यो भन्ने चाहन्छ। ऊमाथि बुबाको नियन्त्रणले उसलाई लाचार बनाएको हुन्छ। उसले गाउने गीतका शब्द हुन्छन्– मेरो पनि समय आउँनेछ (आप्ना टाइम आएगा)।

हाम्रो संसार सीमित छ। हाम्रो समाजले निर्माण गरिदिएको पर्खाल बाहिरको दुनियाँ हाम्रो लागि पराई लाग्छ। पराईलाई मानवीयताका आधारभूत संवेदनाहरु पनि देखाउन सक्दैनौँ। तर, यो संरचना कसले निर्माण गरिदियो?

Xtrem

Xtrem

पुँजीवादी व्यवस्थाले हामीलाई ‘आइसोलेसन’मा राखेको छ, जहाँ हाम्रो क्षमता हेरिँदैन। हेरिन्छ वर्गीय तह, जात र धर्म। फिल्ममा एउटा दृश्य छ, जहाँ गाडी कुदाइरहेको मुरादलाई उसको मालिकले प्रश्न गर्छ– ‘तिमीले कति पढेका छौं?’ जवाफमा आफू ‘ग्रेजुएट’ हुन लागेको बताउँछ। अनि मालिक ‘हार्वड नगएर यतै काम गर्न चाहन्छु’ भनिरहेकी छोरीलाई सम्बोधन गर्दै भन्छ– ‘के तिमी पनि ग्रेजुएट गरेर, यतै काम गरेर उसकै स्तरमा बस्न चाहन्छौ?’

बुबाको दुर्घटनापछि मुराद उनको ठाउँमा ड्राइभर हुन पगेको हुन्छ। आफूले कुदाइरहेको कारको पछिल्लो सिटमा बसेकी ‘मालिक्नी’ रोइरहँदा ‘किन रोएको’ भनेर सोध्न सक्दैन। ऐनामा मालिक्नीलाई हेर्छ। उनीहरुबीच भौतिक दूरी हुँदैन, तर सम्पन्नता र विपन्नताको दूरीले टाढा बनाएको हुन्छ। 

कथाको अब्बल प्रस्तुति
फिल्म कथाको दृश्यांकन हो। अथवा, कथा भन्ने माध्यम हो। तर, फिल्म कथा मात्रै होइन।

गल्ली बोईले दृश्यलाई शब्द दिएको छ। चाहे त्यो क्यामेरा एंगल होस् वा प्रकाश, फिल्ममा कथालाई बलियो बनाउन यी पक्षको भूमिका उत्तिकै महत्वपूर्ण छ।

‘दूरी’ गीतको रेकर्डिङपछि भिडियो सुट गर्ने क्रममा एक फ्रेममा सुकुम्बासी बस्तीका मानिसहरुसँगै ‘बोलोग्निस’ जातिको कुकुर देखाइएको छ। गरिबीमा जेलिएका पाँच मानिससँगै उक्त कुकुर देखिन्छ। प्रकाश र फोकस कुकरमा छ। यो जातिको कुकुर प्रायः सम्पन्न वर्गले पाल्छ। बोलोग्निसलाई सम्पन्नताको प्रतिकको रुपमा लिइन्छ। असमानतालाई प्रस्तुत गर्न सम्पन्न वर्गसँग नजिक भएको कुकुरलाई सुकम्बासी बस्तीका मानिसहरुसँगै राखिएको हो।

मालिक्नीलाई लिएर पार्टीमा गएको मुराद त्यहाँ बजिरहेको ‘बिट’ सुनेपछि भित्र जान खोज्छ। तर, गार्डले फर्काउँछ।

मालिक्नीलाई गाडीमा कुरिरहेका मुरादलाई देखाउँदा गाडीको ऐना देखाइन्छ, जहाँ झकिझकाउ बत्तीहरुको प्रतिबिम्ब देखिन्छन्। तर, त्यहाँ गाडीभित्रै रहेको मुरादको प्रतिबिम्ब देखिँदैन। झकिझकाउ बत्तीहरुमा क्यामेरा फोकस छ, गाडीभित्र बसेको मुराद भने धुमिल देखिन्छ। यहाँ उच्च वर्ग र निम्न वर्गको भेद देखाइएको छ। त्यो समय मुराद आफैं पनि आफ्नो अस्तित्वमाथि प्रश्न गरिरहेको हुन्छ।

युट्युबमा हालिएको मुरादको गीत चर्चित भएपछि उसले आफ्नी आमा र भाइलाई राखिरहेको डेरामा आएका बुबाबीचको संवाद देखाउँदा प्रकाश मुरादमाथि छ। फ्रेममै भएका उसका बुबा धुमिल छन्। यो दृश्यले मुरादको स्वतन्त्रता र उसले विद्रोह गरि छानेको बाटो लक्ष्य उन्मुख भएको देखाउँछ। 

प्रकाश र रङले कुनै विषयलाई देखाउने मात्रै नभएर फिल्ममा त्यसको महत्व पनि दर्शाउँछ। ‘कार्लोस रेगेदास’, ‘अल्फ्रेड हिचकक’, ‘अपिचात्पोङ विरासेथाकुल’, ‘रिडले स्कट’ जस्ता निर्देशकले फिल्ममा आफ्नो हस्ताक्षरकै रुपमा प्रकाश र रङको प्रयोग गरेका छन्। गल्ली बोईमा पनि गोया अख्तरले प्रकाश र रङलाई अत्यधिक महत्वमा राखेकी छिन्। 

रणवीरको गजब अभिनय
‘फिल्म भनेको निर्देशकले बोल्ने माध्यम हो। निर्देशकले बोल्ने विषयलाई आवाज दिने काम कलाकारको हो। स्टेजमा अभिनय गर्नु कलाकारको कामको एक अंश मात्र हो। अभिनय गरिरहँदा उसले ‘स्टेज पर्फमेन्स’ मात्रै दिइरहेको हुँदैन। उसको अनुहारले दृश्यलाई बोल्नुपर्छ। निर्देशकले देखाउन खोजेको कथा उसको अनुहारबाट देखिन्छ।’ सस्पेन्स फिल्मका उत्कृष्ट निर्देशक मानिने अल्फ्रेड हिचकचले भनेका छन्। फिल्ममा कुनै पनि कलाकारले आफ्नो भूमिका निभाएर मात्रै हुँदैन, उसले भूमिका बाँच्नु नै पर्ने हुन्छ। कलाकारिता क्षेत्रमा लाग्नेको मुख्य धर्म नै आफ्नो अभिनयमार्फत आफू भूमिकाबद्ध भएको पात्रको जीवन्त प्रस्तुति दिनु हो।

मुरादको भूमिकामा देखिएका रणवीर सिंहले मुम्बईका गल्ली र अन्डरग्राउण्ड र्‍यापरहरुसँग समय बिताएका थिए। डिभाइन, नाज्जी र रणवीरले मुम्बईका अन्डरग्राउण्ड र्‍यापरसँग गरेको संगतका थुप्रै भिडियोहरु युट्युबमा छन्।

आफूलाई पात्रको भूमिकामा उतार्न रणवीरले गरेको मिहिनेत पर्दामा देखिन्छ। उनी फिल्ममा अभिनेता भएर होइन, आफैं र्‍यापर भएर प्रस्तुत भएका छन्। फिल्मका धेरै दृश्यमा उनको अभिनयले दर्शकलाई चकित तुल्याएको छ। उनी दर्शकले अनुमान गरिरहेको भन्दा फरक शैलीमा देखिएका छन्।

सन् १९४० को दशककी अमेरिकी अभिनेत्री स्टेला एडलरले अभिनयलाई परिभाषित गर्दै भन्ने गरेकी छिन्, ‘एउटा महान् कलाकारको प्रतिभा उसको छनोटमा निहित हुन्छ।’ रणवीर यस्तै हुन्। चाहे उनले ‘पद्मावत’मा गरेको खिल्जीको अभिनय होस् वा ‘बाजिराओ मस्तानी’मा गरेको पेश्वा बाजीराओको भूमिका होस्, हरेकमा उनको परिपक्वता देखिन्छ। 

प्रकाशित मिति: शनिबार, असोज १६, २०७८  १५:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान सुरेश श्यामलाल गुप्ताका अनुसार मुश्ताक खानलाई पाँच वर्षअघि फोक्सोको क्यान्सर भएको थियो। उपचारपछि उनी निको भएका थिए। तर करिब दुई साता... बिहीबार, असोज ८, २०८३
‘झिंगेदाउ २’ लाई तेस्रो दिन पनि दर्शकको उत्साहजनक साथ शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘झिंगेदाउ २’ले प्रदर्शनको तेस्रो दिन आइतबार पनि दर्शकको उत्साहजनक साथ पाएको छ। सोमबार, असोज ५, २०८३
पात्रसँगै परिपक्व हुँदै गएको आँचलको अभिनय यात्रा नेपाली चलचित्र ‘झिङ्गेदाउ २’ प्रदर्शनको तयारीमा छ। पहिलो श्रृंखलाले दर्शकको राम्रो साथ पाएपछि दोस्रो भागलाई लिएर कलाकार र वििनर्माण... आइतबार, भदौ २८, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्