काठमाडौं- नेकपा एमालेको शुक्रबारदेखि सुरु भएको विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली प्रतिवेदन पढ्दापढ्दै रोकिएका छन्। बाँकी प्रतिवेदन शंकर पोखरेलले पढिरहेका छन्।
प्रतिवेदन पढ्दापढ्दै ओलीलाई गाह्रो भएको देखिएको थियो। त्यसपछि उनी रोकिए र शंकर पोखरेललाई प्रतिवेदन पढ्ने जिम्मा दिए। आफूलाई रुघा खोकीले पढ्न गाह्रो भएको ओलीको भनाइ छ। 'कमरेडहरु, मलाई अलिकति रुघाखोकीको कारणले प्रतिवेदन प्रस्तुत गर्न अलि समस्या भएकाले म कमरेड पोखरेललाई आग्रह गर्छु। मेरो तर्फबाट उहाँले प्रस्तुत गर्नुहुन्छ', ओलीको भनाइ थियो।
राजनीतिक प्रतिवेदनमा ओलीले कम्युनिस्ट आन्दोलनमा एमाले धारले खेलेको भूमिकाको चर्चा गरेका छन्। साथै, पछिल्ला घटनाक्रमको एमाले-दृष्टि पनि प्रस्तुत गरेका छन्।
अहिले पोखरेलले ओलीको प्रतिवेदन पढिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।