काठमाडौं- नेकपा एमालेको प्रथम विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित 'सनराइज सम्मेलन केन्द्र'मा सुरु भएको छ। तीन दिनसम्म चल्ने यो महाधिवेशनको ओलीले शुक्रबार दिउँसो उद्घाटन गरेका हुन्।
महाधिवेशन स्थलमा ओलीलाई देवत्वकरण गर्न कुनै कसर बाँकी राखिएको छैन। उनको फोटो स्ट्यान्डको रुपमा राखिएको छ। साथै, उनका फोटोहरु पनि राखिएका छन्। कतिसम्म भने, कार्यक्रमस्थलमा वितरण गरिएको पानीको बोलतमा समेत ओलीको फोटो राखिएको छ।
त्यसो त, महाधिवेशनलाई लक्षित गरेर काठमाडौंका मुख्य सडकका पोलहरुमा ओलीको फोटोहरु राखिएका छन्।
मुख्य हलमा नेपाली कम्युनिस्ट आन्दोलनका नेताहरु, जसको फोटो यसअघि कार्यक्रमस्थलमा राखिने गरिन्थ्यो, त्यो राखिएको छैन। पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी तथा मदन भण्डारी फोटो राखिएको छैन। त्यहाँ जनताको बहुदलीय जनवाद लेखिएको ठूलो ब्यानर र सूर्य चिह्न तथा राष्ट्रिय झण्डा राखिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।