ललितपुर- म्याक्स मिडियाको आयोजनामा ‘म्याक्स मिडिया डिजिटल गुरु’ प्रतियोगिता सुरु भएको छ।
डिजिटल मिडियासम्बन्धी यस प्रतियोगिताले डिजिटल मिडियामा विज्ञता भएका व्यक्तिहरुलाई भाग लिन आह्वान गरेको छ।
‘म्याक्स मिडिया डिजिटल गुरु प्रतियोगिता सञ्चालन गर्नुको मुख्य उद्देश्य नै डिजिटल मिडियामा विज्ञता भएका व्यक्तिहरुको पहिचान गर्दै उनीहरुलाई व्यक्तिगत एवं समग्र नेपाली मिडिया उद्योगलाई नै टेवा पुर्याउन त्यस्ता व्यक्तिहरुको पहिचान, प्रोत्साहन र अवसर प्रदान गर्नु रहेको छ,' कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
नेपालमा विभिन्न विदेशी कम्पनीसँग सहकार्य गरेर डिजिटल मिडियासम्बन्धी काम गर्ने अभ्यास भइरहेको कम्पनीले जनाएको छ। 'तर, हामी स्वदेशमा नै लुकेर रहेको डिजिटल मिडियासम्बन्धी त्यस्तो प्रतिभाको खोजी गरी उनीहरुलाई नै प्रोत्साहन गर्दै डिजिटल मिडियासम्बन्धी आवश्यकता पूर्ति गर्ने उद्देश्य लिएर अगाडि बढेका छौं,' कम्पनीकझ भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।