काठमाडौं- स्मार्टफोन ब्राण्ड सामसङले हालै नवीनतम प्रविधियुक्त ग्यालेक्सी ए५२एस फाइभजी फोन नेपाली बजारमा भित्र्याएको छ।
ग्यालेक्सी ए५२को विरासतलाई आत्मसात गर्दै कम्पनीले थप सुविधा समावेस गरी ग्यालेक्सी ए५२एस फाइभजी फोन बजारमा भित्र्याएको हो।
‘यसमा क्वालकम्स स्न्यापड्रागन ७७८जी, ओआईएसको साथ ६४ एमपी क्वाड क्यामरा, १२०एचजेड रिफ्रेस रेटको साथ एसएएमओ एईडी डिस्प्ले आईपी६७ जस्ता विशेषताहरु विद्यमान रहेका छन्,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘यो फोनले फाइभजी ग्यारेन्टी प्रदान गर्दछ भने भविष्यको लागि तयारी रहेका ग्राहकहरुका लागि यो उपयुक्त छनोट हुनेछ।’
ग्यालेक्सी ए५२एस फाइभजी फोनको ६ जीबी प्लस १२८ जीबी भेरियन्टको मूल्य ५३ हजार ९९९ रुपैयाँ तोकिएको छ। यस्तै, ८ जीबी प्लस १२८ जीबी भेरियन्टको मूल्य ५५ हजार ९९९ रुपैयाँ तोकिएको छ।
यो फोन नेपालभर रहेका सामसङका ब्राण्ड स्टोर, तथा रिटेल स्टोरहरुबाट खरिद गर्न सकिने कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।