काठमाडौं- सनराइज बैंकले विभिन्न संघ संस्था तथा कार्यालयमा कार्यरत कर्मचारी वर्गलाई लक्षित गरी ‘सनराइज पेरोल लोन’ योजना ल्याएको छ।
यस योजनाअन्तर्गत सनराइज बैंकमा सनराइज पेरोल सेभिङ्स अकाउण्ट भएका कुनै पनि ग्राहकले बिनाधितो १५ लाख रुपेयाँसम्मको कर्जा लिनसक्ने बैंकले जनाएको छ।
यस योजनाअनुसार ग्राहकले अधिकतम २४ महिनाको तलब अथवा पाँच लाख रुपैयाँसम्मको ओभरड्राफ्ट र १० लाख रुपैयाँसम्मको टर्म लोन गरी अधिकतम १५ लाख रुपैयाँसम्मको कर्जा लिनसक्ने छन्। कर्जा लिन ग्राहक कुनै पनि संस्थाको कर्मचारी हुनुपर्ने बैंकले जनाएको छ। उक्त कर्जा पाँच वर्षसम्मको लागि प्रदान गरिनेछ।
साथै, सनराइज बैंकले आफ्नो १४औं वार्षिकोत्सव र दसैंको अवसर पारेर मुद्दती खातामा सर्वाधिक १०.०७ प्रतिशतसम्मको ब्याज दिनेसमेत व्यवस्था गरेको छ।
बैंकको हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १६० वटा एटीएम र ९१ वटा शाखारहित बैंकिङ सेवामार्फत् सेवा प्रदान गर्दै आइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।