काठमाडौं- टिभियस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले आफ्नो एनटर्क परिवारमा ५० हजार सदस्य पुगेको माइलस्टोनलाई मनाउनका लागि सबै एनटर्कियनको निम्ति एक सेलिब्रेसन राइडको आयोजना गरेको छ।
यो राइड भोलि असोज १६ गते (शनिबार) नक्सालको टिभियस शोरुमदेखि धुलिखेलको मिराबेल रिसर्टसम्म हुनेछ। भेन्युमा पुगेलगत्तै लाइभ म्युजिक, मनोरञ्जनात्मक खेल र सहभागीहरुसँग एक अन्तरक्रियात्मक सत्रको पनि आयोजना गरिने कम्पनीले जनाएको छ।
‘यो सेलिब्रेसनको मुख्य उद्देश्य भनेको सबै एनटर्कियनहरुलाई एकै ठाउँमा ल्याउने र एक एनटर्कियन क्लबको गठन गर्नु हो। यसले सबै राइडरहरुलाई एक अर्कासँग जुट्नका लागि र आफ्नो एनटर्कियन अनुभव एक अर्कासँग बाँड्न मद्दत गर्दछ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘लाइसेन्स भएका सबै एनटर्कियनहरुले जगदम्बा मोटर्स टिभियसको आधिकारिक फेसबुक पेजको माध्यमबाट अनलाइन दर्ता गरेर यस सेलिब्रेसन राइडमा भाग लिन सक्ने छन्। यो राइड सबै सुरक्षा प्रोटोकलहरुलाई अपनाएर आयोजना गरिँदै छ।’
जगदम्बा मोटर्स प्रालिका उपाध्यक्ष दीपक अग्रवालले भने, ‘हामी हाम्रो टिभियस परिवारमा ५० हजार सदस्य पुगेको घोषणा गर्न पाउँदा अत्यन्तै खुसी छौं र सबै एनटर्क राइडरहरुलाई हार्दिक बधाई दिन चाहन्छौं। यही संख्याको थपसँगै, हामी हाम्रा राइडरहरुका लागि एक सन्तोषजनक अनुभव प्रदान गर्नका लागि प्रतिबद्ध रहेका छौं। मलाई आशा छ कि एनटर्कियनहरुले यसको पूर्ण आनन्द लिने छन् र उनीहरुको हरेक यात्रा आनन्दमय हुनेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।