• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २४, २०८२ Fri, Oct 10, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

साफ च्याम्पियनसिप : पहिलो पटक उपाधि उचाल्ने नेपालको लक्ष्य

64x64
दीप सुवेदी बिहीबार, असोज १४, २०७८  २०:१३
1140x725

काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टोलीको जिम्मेवारी पाए यता कुबेतका ‘प्रो–लाइसेन्स’ प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपालको खेल्ने शैलीमा परिवर्तन गरेका छन्। अब नेपाली टोलीले आक्रामक खेल्न थालेको छ। तर, अल्मुताइरीले शैली मात्र नभइ नेपाली फुटबलको तथ्य नै बदल्ने योजनामा छन्।

अहिलेसम्म नेपालले साफ च्याम्पियनसिप जित्न नसकेको तथ्यलाई बदल्ने अल्मुताइरीको भनाइ छ। शुक्रबारदेखि माल्दिभ्समा सुरु हुन लागेको १३औं संस्करणको साफमा नेपाललाई उनले दाबेदारको रुपमा प्रस्तुत गरेका छन्।

नेपाल साफको २८ वर्षको इतिहासमा एक पटक पनि फाइनलमा पुग्न सकेको छैन। पछिल्ला चारमध्ये तीन संस्करणको सेमिफाइनल खेलेको नेपाल तीनै पटक त्यहाँभन्दा माथि पुग्न सकेन।

सन् १९९३ को पहिलो संस्करणमा चार टिमले प्रतिस्पर्धा गर्दा नेपाल तेस्रो भयो। त्यसपछि १९९५ र १९९९ मा सेमिफाइनलमै नेपालको यात्रा सकियो। त्यसपछि पनि नेपालको सहभागिता उल्लेखयोग्य छैन।

सकेसम्म उपाधि नै जित्ने, त्यसो नभए कम्तीमा फाइनल भए पनि पुग्ने लक्ष्य रहेको प्रशिक्षक अल्मुताइरीले सुनाउँदै आएका छन्। ‘हामीले अहिलेसम्म ट्रफी जितेका छैनौं। त्यसैले साफ हाम्रा लागि महत्वपूर्ण छ,’ उनले भनेका छन्।

अल्मुताइरीले खेलाडीलाई भन्दा बढी यस प्रतियोगिताको लागि आफैँलाई तयार बनाइरहेका छन्। उनले दुई तथ्यमा बढी जोड दिएका छन्, पहिलो आक्रामक रणनीति र दोस्रो युवा टिम।

पछिल्ला पाँच खेलमा जितविहीन
जस्तोसुकै प्रतिद्वन्द्वी भए पनि आक्रामक रणनीतिमा खेल्ने अल्मुताइरीको जोड छ। उनले विगतमा जस्तो रक्षात्मक खेल नखेल्ने स्पष्ट पारिसेका छन्। तर, नेपालले अन्तर्राष्ट्रिय फुटबलमा पछिल्लो पाँच खेलमा जित हात पार्न सकेको छैन। ती खेलमा चार हार र एक बराबरीको नतिजा निकालेको छ। अल्मुताइरीकै प्रशिक्षणमा आइतबार राति कतारमा भएको मैत्रीपूर्ण खेलमा नेपाली टोली ओमानसँग ७–२ गोलले हारेको थियो।

सेप्टेम्बरको पहिलो साता भारतसँग घरेलु मैदानमा भएको दुईवटा मैत्रीपूर्ण खेलमा पनि नेपालले निराशाजनक प्रदर्शन गरेको थियो। पहिलो खेलमा १–१ गोलको बराबरीमा रोकिएको नेपालले दोस्रो खेलमा फिनिसिङमा चुक्दा २–१ गोलको हार व्यहोर्न बाध्य भयो। 

Ncell 2
Ncell 2

यस्तै, जुलाईमा इराकसँग भएको मैत्रीपूर्ण खेलमा ६–२ गोलको हार व्यहोरेको थियो। कुवेतमा भएको विश्वकपको एसियाली छनोट खेलमा अस्ट्रेलिया र जोर्डनसँग समान ३–० गोलको हारको सामना गरेको थियो। त्यसअघिको खेलमा भने नेपालले चाइनिज ताइपेईलाई २–० गोलले पराजित गरेको थियो। पछिल्लो समय नेपाली टोलीले जित हात नपारे पनि गोल भने गर्न सकिरहेको छ। 

अल्मुताइरीले प्रशिक्षण सम्हाल्नुअगाडि गएको चैतमा नेपालमा भएको त्रिदेशीय आमन्त्रण फुटबलमा फाइनलमा बंगलादेशलाई २–० गोलले हराएर नेपालले उपाधि जितेको थियो। त्यही प्रतियोगिताको अघिल्ला खेलमा भने नेपालले बंगलादेश र कीर्गिस्तानसँग गोलरहित बराबरी खेलेको थियो। त्यतिबेला नेपालले सिनियर अन्तर्राष्ट्रिय फुटबलमा करिब डेढ वर्षपछि पहिलो गोल गर्नु नै ठूलो उपलब्धि थियो। 

उनले यही तथ्यलाई बदल्न पनि युवा खेलाडीलाई टोलीमा समावेश गरिरहेका छन्। यसपटक साफ खेल्न लागेको २३ सदस्यीय टिममा १० खेलाडीसँग मात्र यसअघि साफ खेलेको अनुभव छ।

तर, विगतमा उनैले छानेको युवा खेलाडीले फराकिलो हार व्यहोर्दै जाँदा कतै प्रशिक्षक अल्मुताइरीको टोलीले सन्तुलन गुमाउँदै गएको हो कि भन्ने टिप्पणी सुरु भइसकेको छ। उनी यसलाई नकार्छन्। विश्वकप छनोट र अहिलेको तुलना गर्ने हो भने टिममा धेरै परिवर्तन भइसकेको उनको भनाइ छ। 

साफकै लागि भनेर नेपालले करिब तीन महिनादेखि निरन्तर तयारी गरेको थियो। नेपालले पछिल्लो दुई साता र केही दिन कतारमा बन्द प्रशिक्षण पनि गरेको थियो। यसबीचमा खेलाडीको कमीकमजोरी पत्ता लगाइएको कतार जानुअघि उनले भनेका थिए। ‘हामीले साफ तयारीका लागि पर्याप्त समय लिएका थियौं। टिम विश्लेषण गरेका थियौँ। सबै खेलाडी तयार छन्। म नतिजाका आधारमा नभइ प्रदर्शनको आधारमा मूल्याङ्कन गर्नेछु,’ उनले भनेका थिए।

अनुभवी १० खेलाडीको भर
यसपटक १३ खेलाडीलाई दक्षिण एसियाली फुटबलको सर्वोच्च र सर्वाधिक महत्वको प्रतियोगिता साफको अनुभव हुनेछ। तर, दुई यस्ता खेलाडी छन्, जो अनुभवी र पुराना छन्। उनीहरू हुन्, कप्तान किरण चेम्जोङ र रोहित चन्द।

रोहितको नाममा नेपालका लागि सर्वाधिक साफ खेलेको अनुभव छ। उनी प्रत्येक प्रतियोगितामा पहिलो रोजाइका खेलाडी हुन्। किरणले अहिलेसम्म ७४ क्याप जितेका छन्। उनी नेपालका लागि सर्वाधिक खेल खेल्ने खेलाडी हुन्। किरणले सन् २०११ को साफ च्याम्पियनसिपमा डेब्यू गरेका थिए। उनले साफमा १४ खेल खेलेका छन्।

नेपालका लागि ६९ क्याप जितिसकेका रोहितले २००९ को साफमा डेब्यू गरेका थिए। त्यसयता साफका १७ खेल खेलिसकेका छन्। रोहित पूर्वकप्तान विराज महर्जनपछि नेपालका लागि सबैभन्दा बढी खेल्ने ‘आउट फिल्ड’का खेलाडी हुन्। 

अञ्जन विष्ट, नवयुग श्रेष्ठ र विशाल राईले २०१५ को साफ च्याम्पियनसिप डेब्यू गरेका थिए। त्यसमध्ये अञ्जनले ६, नवयुगले पाँच, विशालले चार खेल खेलेका छन्। साफ टोलीमा रहेका नवयुगले सात, अन्जनले पाँच र विशालले तीन अन्तर्राष्ट्रिय गोल गरेका छन्।

सन् २०१८ को पछिल्लो साफ च्याम्पियनसिपमा पहिलोपल्ट खेलेका अनन्त तामाङ र सुजल श्रेष्ठले पनि अन्तर्राष्ट्रिय खेलमा गोल गरिसकेका छन्। अनन्तले दुई तथा सुजलले तीन गोल गरेका छन्। त्यस्तै सुनिल बलले एक गोल गरेका छन्। उनीहरुलाई दिनेश राजवंशी र सुमन अर्यालले साथ दिनेछन्।

यता, आशिष लामा, आयुश घलान, गौतम श्रेष्ठ, कमल थापा, मनीष डाँगी, नितिन थापा, पूजन उपरकोटी, सन्तोष तामाङ, सुमन लामा, सुरजज्यू ठकुरी र तेज तामाङले पहिलोपटक साफ च्याम्पियनसिप खेल्न लागेका छन्। गोलरक्षक दीप कार्की र विशाल श्रेष्ठ साफमा डेब्यूको प्रतिक्षामा छन्।

विशालले भर्खरै भारतविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय खेलमा नेपालका लागि डेब्यू गरेका थिए। दीपले नेपालका लागि खेल्ने अवसर पाएका छैनन्। तर, किरण नियमित गोलरक्षक भएकोले साफ च्याम्पियनसिपमा भने उनीहरुले डेब्यू गर्ने सम्भावना न्यून छ। 

प्रशिक्षक अल्मुताइरी भन्छन्, ‘किरण एक अनुभवी खेलाडी हुन्, उनीसँग पर्याप्त अन्तर्राष्ट्रिय खेलको अनुभव छ। उनलाई बाहिर राखेर म जोखिम मोल्न चाहदिनँ।’

पहिलो खेल माल्दिभ्सविरुद्ध
नेपालले असोज १५ मा साविक विजेतासमेत रहेको घरेलु टोली माल्दिभ्सविरुद्ध खेल्दै साफको यात्रा सुरु गर्नेछ। सन् २०१८ मा बंगलादेशमा भएको साफमा उपाधिको दाबेदार मानिएको नेपाल सेमिफाइनलमा माल्दिभ्ससँगै पराजित भएको थियो। अन्तिममा माल्दिभ्स भारतसँग पराजित हुँदै उपाधि चुम्न चुकेको थियो।

साविक विजेता र आयोजक टिमसँग पहिलो खेल खेल्दा गाह्रो हुने  प्रशिक्षक अल्मुताइरीको बुझाइ छ। ‘साफको उद्घाटन खेलमा माल्दिभ्ससँग खेल्दैछौं। यो हाम्रो लागि कठिन खेल हो। किनभने, माल्दिभ्स आयोजकका साथै डिफेन्डिङ च्याम्पियन पनि हो,’ उनले कतार जानुअघि उनले भनेका थिए। 

यद्यपि, माल्दिभ्ससँग डराइहाल्नुपर्ने स्थिति छैन। उसले पछिल्ला नौ अन्तर्राष्ट्रिय खेल खेल्दा दुईमा मात्र जित हासिल गरेको छ। सन् २०२१ मा तीन खेल खेल्दा कुनैमा जित हात पारेको छैन। सिरियासँग ४–० र चीनसँग ५–० गोलले पराजित भएको माल्दिभ्सले पछिल्लो खेलमा फिलिपिन्ससँग १–१ गोलको बराबरी खेलेको थियो।

माल्दिभ्सले अन्तिमपटक २०१९ नोभेम्बरमा जित हात पारेको थियो। उक्त वर्ष ६ खेल खेल्दा दुई जित हासिल गरेको थियो। दुवै जित ग्वामविरुद्ध थिए। त्यसैले नेपाली टोली हतासमा होइन सम्हालेर खेल्नुपर्ने देखिन्छ।

तस्बिर : एन्फा

प्रकाशित मिति: बिहीबार, असोज १४, २०७८  २०:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
नेपाली युवा टोली सेमिफाइनलबाटै बाहिरियो बिहीबार कोलम्बोस्थित ‘कोलम्बो रेसकोर्स स्पोर्टस कम्प्लेक्स’मा सम्पन्न दोस्रो सेमिफाइनलमा भारतका लागि गुनलेइबा वाङखेरियाक्पाम, अजलान... शुक्रबार, असोज १०, २०८२
बंगलादेश र नेपालको खेल गोलरहित बराबरीमा सकियो खेलको दशौं मिनेटमै बंगलादेशले गोल गरे पनि अफसाइड भएका कारण उक्त गोलले मान्यता पाएन । अन्तिमसम्म दुवै टोलीले धेरै प्रयास गरे पनि गोल... शनिबार, भदौ २१, २०८२
गोलरहित बराबरी सकियो पहिलो हाफ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा दुवै टोलीले केही अवसर सिर्जना गरेपछि गोल भने गर्न सकेनन्। शनिबार, भदौ २१, २०८२
ताजा समाचारसबै
माइतीघरबाट पक्राउ परेकाहरुलाई रिहा गर्न राप्रपा प्रमुख सचेतक शाहीको माग बिहीबार, असोज २३, २०८२
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा बिहीबार, असोज २३, २०८२
माइतीघरबाट डा‍. निकोलस भुसालसहित १८ जना पक्राउ बिहीबार, असोज २३, २०८२
नक्कली आयोग मन्जुर छैन, प्रतिवेदन मानिँदैन : केपी ओली बिहीबार, असोज २३, २०८२
सरकारलाई ओलीको चुनौती– सुशीला कार्कीको डरले म भाग्दिनँ बिहीबार, असोज २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टी–२० विश्वकप छनोट : कुवेतमाथि ५८ रनको जित बुधबार, असोज २२, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
देउवाले बोलाए पदाधिकारी बैठक बुधबार, असोज २२, २०८२
फूलपातीकै दिनदेखि मलाई पक्राउ गर्न प्रयास भइरहेको छ, बालेनको योजनामा ओलीसहित लेखकलाई पनि पक्राउ गर्ने षड्यन्त्र हुँदैछ : महेश बस्नेत बुधबार, असोज २२, २०८२
टी–२० विश्वकप छनोट : कुशल भुर्तेलको अर्धशतकमा कुवेतलाई १४२ रनको मध्यम लक्ष्य बुधबार, असोज २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन आइतबार, असोज १९, २०८२
टी–२० विश्वकप छनोट : कुवेतमाथि ५८ रनको जित बुधबार, असोज २२, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्