• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

साफ च्याम्पियनसिप : पहिलो पटक उपाधि उचाल्ने नेपालको लक्ष्य

64x64
दीप सुवेदी बिहीबार, असोज १४, २०७८  २०:१३
1140x725

काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टोलीको जिम्मेवारी पाए यता कुबेतका ‘प्रो–लाइसेन्स’ प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपालको खेल्ने शैलीमा परिवर्तन गरेका छन्। अब नेपाली टोलीले आक्रामक खेल्न थालेको छ। तर, अल्मुताइरीले शैली मात्र नभइ नेपाली फुटबलको तथ्य नै बदल्ने योजनामा छन्।

अहिलेसम्म नेपालले साफ च्याम्पियनसिप जित्न नसकेको तथ्यलाई बदल्ने अल्मुताइरीको भनाइ छ। शुक्रबारदेखि माल्दिभ्समा सुरु हुन लागेको १३औं संस्करणको साफमा नेपाललाई उनले दाबेदारको रुपमा प्रस्तुत गरेका छन्।

नेपाल साफको २८ वर्षको इतिहासमा एक पटक पनि फाइनलमा पुग्न सकेको छैन। पछिल्ला चारमध्ये तीन संस्करणको सेमिफाइनल खेलेको नेपाल तीनै पटक त्यहाँभन्दा माथि पुग्न सकेन।

सन् १९९३ को पहिलो संस्करणमा चार टिमले प्रतिस्पर्धा गर्दा नेपाल तेस्रो भयो। त्यसपछि १९९५ र १९९९ मा सेमिफाइनलमै नेपालको यात्रा सकियो। त्यसपछि पनि नेपालको सहभागिता उल्लेखयोग्य छैन।

सकेसम्म उपाधि नै जित्ने, त्यसो नभए कम्तीमा फाइनल भए पनि पुग्ने लक्ष्य रहेको प्रशिक्षक अल्मुताइरीले सुनाउँदै आएका छन्। ‘हामीले अहिलेसम्म ट्रफी जितेका छैनौं। त्यसैले साफ हाम्रा लागि महत्वपूर्ण छ,’ उनले भनेका छन्।

अल्मुताइरीले खेलाडीलाई भन्दा बढी यस प्रतियोगिताको लागि आफैँलाई तयार बनाइरहेका छन्। उनले दुई तथ्यमा बढी जोड दिएका छन्, पहिलो आक्रामक रणनीति र दोस्रो युवा टिम।

पछिल्ला पाँच खेलमा जितविहीन
जस्तोसुकै प्रतिद्वन्द्वी भए पनि आक्रामक रणनीतिमा खेल्ने अल्मुताइरीको जोड छ। उनले विगतमा जस्तो रक्षात्मक खेल नखेल्ने स्पष्ट पारिसेका छन्। तर, नेपालले अन्तर्राष्ट्रिय फुटबलमा पछिल्लो पाँच खेलमा जित हात पार्न सकेको छैन। ती खेलमा चार हार र एक बराबरीको नतिजा निकालेको छ। अल्मुताइरीकै प्रशिक्षणमा आइतबार राति कतारमा भएको मैत्रीपूर्ण खेलमा नेपाली टोली ओमानसँग ७–२ गोलले हारेको थियो।

सेप्टेम्बरको पहिलो साता भारतसँग घरेलु मैदानमा भएको दुईवटा मैत्रीपूर्ण खेलमा पनि नेपालले निराशाजनक प्रदर्शन गरेको थियो। पहिलो खेलमा १–१ गोलको बराबरीमा रोकिएको नेपालले दोस्रो खेलमा फिनिसिङमा चुक्दा २–१ गोलको हार व्यहोर्न बाध्य भयो। 

Ncell 2
Ncell 2
nimb
nimb

यस्तै, जुलाईमा इराकसँग भएको मैत्रीपूर्ण खेलमा ६–२ गोलको हार व्यहोरेको थियो। कुवेतमा भएको विश्वकपको एसियाली छनोट खेलमा अस्ट्रेलिया र जोर्डनसँग समान ३–० गोलको हारको सामना गरेको थियो। त्यसअघिको खेलमा भने नेपालले चाइनिज ताइपेईलाई २–० गोलले पराजित गरेको थियो। पछिल्लो समय नेपाली टोलीले जित हात नपारे पनि गोल भने गर्न सकिरहेको छ। 

अल्मुताइरीले प्रशिक्षण सम्हाल्नुअगाडि गएको चैतमा नेपालमा भएको त्रिदेशीय आमन्त्रण फुटबलमा फाइनलमा बंगलादेशलाई २–० गोलले हराएर नेपालले उपाधि जितेको थियो। त्यही प्रतियोगिताको अघिल्ला खेलमा भने नेपालले बंगलादेश र कीर्गिस्तानसँग गोलरहित बराबरी खेलेको थियो। त्यतिबेला नेपालले सिनियर अन्तर्राष्ट्रिय फुटबलमा करिब डेढ वर्षपछि पहिलो गोल गर्नु नै ठूलो उपलब्धि थियो। 

उनले यही तथ्यलाई बदल्न पनि युवा खेलाडीलाई टोलीमा समावेश गरिरहेका छन्। यसपटक साफ खेल्न लागेको २३ सदस्यीय टिममा १० खेलाडीसँग मात्र यसअघि साफ खेलेको अनुभव छ।

तर, विगतमा उनैले छानेको युवा खेलाडीले फराकिलो हार व्यहोर्दै जाँदा कतै प्रशिक्षक अल्मुताइरीको टोलीले सन्तुलन गुमाउँदै गएको हो कि भन्ने टिप्पणी सुरु भइसकेको छ। उनी यसलाई नकार्छन्। विश्वकप छनोट र अहिलेको तुलना गर्ने हो भने टिममा धेरै परिवर्तन भइसकेको उनको भनाइ छ। 

Xtrem

Xtrem

साफकै लागि भनेर नेपालले करिब तीन महिनादेखि निरन्तर तयारी गरेको थियो। नेपालले पछिल्लो दुई साता र केही दिन कतारमा बन्द प्रशिक्षण पनि गरेको थियो। यसबीचमा खेलाडीको कमीकमजोरी पत्ता लगाइएको कतार जानुअघि उनले भनेका थिए। ‘हामीले साफ तयारीका लागि पर्याप्त समय लिएका थियौं। टिम विश्लेषण गरेका थियौँ। सबै खेलाडी तयार छन्। म नतिजाका आधारमा नभइ प्रदर्शनको आधारमा मूल्याङ्कन गर्नेछु,’ उनले भनेका थिए।

अनुभवी १० खेलाडीको भर
यसपटक १३ खेलाडीलाई दक्षिण एसियाली फुटबलको सर्वोच्च र सर्वाधिक महत्वको प्रतियोगिता साफको अनुभव हुनेछ। तर, दुई यस्ता खेलाडी छन्, जो अनुभवी र पुराना छन्। उनीहरू हुन्, कप्तान किरण चेम्जोङ र रोहित चन्द।

रोहितको नाममा नेपालका लागि सर्वाधिक साफ खेलेको अनुभव छ। उनी प्रत्येक प्रतियोगितामा पहिलो रोजाइका खेलाडी हुन्। किरणले अहिलेसम्म ७४ क्याप जितेका छन्। उनी नेपालका लागि सर्वाधिक खेल खेल्ने खेलाडी हुन्। किरणले सन् २०११ को साफ च्याम्पियनसिपमा डेब्यू गरेका थिए। उनले साफमा १४ खेल खेलेका छन्।

नेपालका लागि ६९ क्याप जितिसकेका रोहितले २००९ को साफमा डेब्यू गरेका थिए। त्यसयता साफका १७ खेल खेलिसकेका छन्। रोहित पूर्वकप्तान विराज महर्जनपछि नेपालका लागि सबैभन्दा बढी खेल्ने ‘आउट फिल्ड’का खेलाडी हुन्। 

अञ्जन विष्ट, नवयुग श्रेष्ठ र विशाल राईले २०१५ को साफ च्याम्पियनसिप डेब्यू गरेका थिए। त्यसमध्ये अञ्जनले ६, नवयुगले पाँच, विशालले चार खेल खेलेका छन्। साफ टोलीमा रहेका नवयुगले सात, अन्जनले पाँच र विशालले तीन अन्तर्राष्ट्रिय गोल गरेका छन्।

सन् २०१८ को पछिल्लो साफ च्याम्पियनसिपमा पहिलोपल्ट खेलेका अनन्त तामाङ र सुजल श्रेष्ठले पनि अन्तर्राष्ट्रिय खेलमा गोल गरिसकेका छन्। अनन्तले दुई तथा सुजलले तीन गोल गरेका छन्। त्यस्तै सुनिल बलले एक गोल गरेका छन्। उनीहरुलाई दिनेश राजवंशी र सुमन अर्यालले साथ दिनेछन्।

यता, आशिष लामा, आयुश घलान, गौतम श्रेष्ठ, कमल थापा, मनीष डाँगी, नितिन थापा, पूजन उपरकोटी, सन्तोष तामाङ, सुमन लामा, सुरजज्यू ठकुरी र तेज तामाङले पहिलोपटक साफ च्याम्पियनसिप खेल्न लागेका छन्। गोलरक्षक दीप कार्की र विशाल श्रेष्ठ साफमा डेब्यूको प्रतिक्षामा छन्।

विशालले भर्खरै भारतविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय खेलमा नेपालका लागि डेब्यू गरेका थिए। दीपले नेपालका लागि खेल्ने अवसर पाएका छैनन्। तर, किरण नियमित गोलरक्षक भएकोले साफ च्याम्पियनसिपमा भने उनीहरुले डेब्यू गर्ने सम्भावना न्यून छ। 

प्रशिक्षक अल्मुताइरी भन्छन्, ‘किरण एक अनुभवी खेलाडी हुन्, उनीसँग पर्याप्त अन्तर्राष्ट्रिय खेलको अनुभव छ। उनलाई बाहिर राखेर म जोखिम मोल्न चाहदिनँ।’

पहिलो खेल माल्दिभ्सविरुद्ध
नेपालले असोज १५ मा साविक विजेतासमेत रहेको घरेलु टोली माल्दिभ्सविरुद्ध खेल्दै साफको यात्रा सुरु गर्नेछ। सन् २०१८ मा बंगलादेशमा भएको साफमा उपाधिको दाबेदार मानिएको नेपाल सेमिफाइनलमा माल्दिभ्ससँगै पराजित भएको थियो। अन्तिममा माल्दिभ्स भारतसँग पराजित हुँदै उपाधि चुम्न चुकेको थियो।

साविक विजेता र आयोजक टिमसँग पहिलो खेल खेल्दा गाह्रो हुने  प्रशिक्षक अल्मुताइरीको बुझाइ छ। ‘साफको उद्घाटन खेलमा माल्दिभ्ससँग खेल्दैछौं। यो हाम्रो लागि कठिन खेल हो। किनभने, माल्दिभ्स आयोजकका साथै डिफेन्डिङ च्याम्पियन पनि हो,’ उनले कतार जानुअघि उनले भनेका थिए। 

यद्यपि, माल्दिभ्ससँग डराइहाल्नुपर्ने स्थिति छैन। उसले पछिल्ला नौ अन्तर्राष्ट्रिय खेल खेल्दा दुईमा मात्र जित हासिल गरेको छ। सन् २०२१ मा तीन खेल खेल्दा कुनैमा जित हात पारेको छैन। सिरियासँग ४–० र चीनसँग ५–० गोलले पराजित भएको माल्दिभ्सले पछिल्लो खेलमा फिलिपिन्ससँग १–१ गोलको बराबरी खेलेको थियो।

माल्दिभ्सले अन्तिमपटक २०१९ नोभेम्बरमा जित हात पारेको थियो। उक्त वर्ष ६ खेल खेल्दा दुई जित हासिल गरेको थियो। दुवै जित ग्वामविरुद्ध थिए। त्यसैले नेपाली टोली हतासमा होइन सम्हालेर खेल्नुपर्ने देखिन्छ।

तस्बिर : एन्फा

प्रकाशित मिति: बिहीबार, असोज १४, २०७८  २०:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
रोनाल्डोले छाडे पोर्चुगलको क्याम्प पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्प छाडेपछि उनको अन्तर्राष्ट्रिय फुटबल करिअरबारे फेरि... बिहीबार, असोज १५, २०८३
मेसीबिनाको पहिलो खेलमा अर्जेन्टिनाको सानदार जित लिओनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेपछि पहिलोपटक मैदानमा उत्रिएको अर्जेन्टिनाले बोलिभियामाथि सहज जित निकालेको... बिहीबार, असोज १५, २०८३
चेकविरुद्ध इङ्ल्यान्डको जित इङ्ल्यान्डले नेसन्स लिगमा चेक गणतन्त्रलाई २–० ले पराजित गरेको छ। प्रागमा भएको खेलमा घरेलु टोली २३औं मिनेटमै पाभेल शुल्च रातो कार्ड प... बुधबार, असोज १४, २०८३
ताजा समाचारसबै
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित बिहीबार, असोज १५, २०८३
रसुवा बाढी : पुनर्निर्माणका लागि बागमतीले संघ सरकारसँग एक अर्ब रुपैयाँ माग्यो बिहीबार, असोज १५, २०८३
सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग बिहीबार, असोज १५, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सतर्कता केन्द्रको अनुगमन : गुल्मीका कार्यालयमा हाजिरीदेखि पोशाकसम्म बेथिति, कतै सबै कर्मचारी समयमै बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्