• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

विधान महाधिवेशनबाट एमाले सुदृढ भएर अगाडि बढ्ला?

64x64
बीपी अनमोल बिहीबार, असोज १४, २०७८  २१:२०
1140x725
महाधिवेशनस्थलको अवलोकनका क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरू। तस्बिर : ओलीको सचिवालय।

काठमाडौं- केपी शर्मा ओलीमाथि पार्टीलाई विधि र पद्धतिभन्दा बाहिरबाट सञ्चालन गर्ने गरेको आरोप लाग्ने गर्छ। नेकपा कायम रहँदा उनले विधि, पद्धति र नीतिलाई मिचेको आरोप पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल पक्षले लगाउने गरेको थियो।

२०७७ फागुन २३ को सर्वोच्चको फैसलापछि एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामै फर्किए। त्यसपछि पनि नेता नेपालले एमालेभित्र विधि, पद्धति र नीतिको कुरा निरन्तर उठाइरहे।

अन्तरसंघर्षकै परिणाम २०७८ भदौ २ गते एमाले औपचारिक रुपमै विभाजन भयो। नेता नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी दर्ता भयो। अहिले नेकपा एमाले र एकीकृत समाजवादी एक अर्कालाई शत्रुकै रुपमा अभिव्यक्ति दिइरहेका छन्।

पार्टीबाट एक तप्का छुट्टिएर अर्को पार्टी गठन गरेकै बेला नेकपा एमालेले पार्टी जीवनमै पहिलो पटक विधान महाधिवेशनको आयोजना गर्न गइरहेको छ। शुक्रबारदेखि सुरु हुने महाधिवेशन आइतबारसम्म चल्नेछ। मंगलबार सञ्चारमाध्यमका सम्पादहरुसँगको छलफलमा ओलीले एमालेलाई विधि र नीति अनुसार अघि बढाउन पार्टीको विधान महाधिवेशन आयोजना गर्न लागिएको बताए।

अहिलेसम्म विधि, नीति र पद्धतिसहित नेतृत्व चयन गर्ने काम राष्ट्रिय महाधिवेशनबाट नै हुँदै आएको थियो। तर, यसपटकदेखि भने नयाँ अभ्यास गर्न थालिएको हो। एमाले नेताहरुले विधान महाधिवेशनबाट पार्टी थप सशक्त र सुदृढ भएर अघि बढ्ने बताउँदै आएका छन्।

देशभरबाट झण्डै सात हजारको संख्यामा विधान महाधिवेशनमा प्रतिनिधिहरु सहभागी हुँदैछन्। त्यहाँ राजनीतिक, सांगठनिक र विधान संशोधन सम्बन्धी तीनवटा प्रस्तावमा गहन छलफल गर्ने तयारी छ।

‘योभन्दा अगाडि एउटै मञ्चबाट नीति निरुपण र नेतृत्व चयन गर्ने बाटो अवलम्बन गर्दै आएका थियौं’, एमाले प्रवक्ता एवं सचिव प्रदीप ज्ञवाली भन्छन्, ‘पछिल्ला अनुभवले नीति र नेतृत्वको प्रश्न एकै ठाउँमा राख्दा नीतिका प्रश्नहरु ओझेलमा परेको अनुभूति भएपछि त्यसमा मात्रै केन्द्रित भएर छलफल गर्नका लागि विधान महाधिवेशनको अलग प्रबन्ध गरिएको हो।’

नेकपा एमालेलाई वैचारिक, संगठनात्मक र भावनात्मक रुपले अझ सुदृढ गर्दै नेकपा एमालेलाई राष्ट्रिय राजनीतिको केन्द्रमा कसैले पनि हल्लाउन नसक्ने गरी जबरजस्त रुपले स्थापित गर्न चाहेको उनी बताउँछन्।

Ncell 2
Ncell 2
nimb
nimb

नेकपा एमालेले आगामी दशौं महाधिवेशनबाट पार्टीभित्र गुटबन्दी अन्त्य गर्नेदेखि लिएर सशक्त पार्टी बनाएर लैजाने निष्कर्ष पनि निकालेको छ। त्यसैले विधान महाधिवेशनले नेकपा एमालेको भविष्य कस्तो निर्धारण गर्छ भन्ने प्रष्ट्याउने छ।

विगतमा पनि विधि र नीतिका थुप्रै विषयमा छलफल र निर्णय गरेको एमालेले व्यवहारिक रुपमा भने कार्यान्वयन नगरेको नेताहरुकै गुनासो छ।

‘हामी अहिले पनि विधि र नीतिका विषयमा नै कुराकानी गरिरहेका छौं। हिजोको नेतृत्वपंक्ति त्यसमा कहीँ कतै चुकेकै कारणले अहिलेको परिस्थिति आएको हो’, माधव नेपाल छाडेर एमालेमै रहेका एक नेता भन्छन्, ‘यद्यपि नेतृत्वले अहिले पार्टीले बेहोरेको क्षतीलाई आत्मसात गरेको होला। अब केही सुधार भएर जान्छ कि भन्ने हाम्रो अपेक्षा हो।’

राजनीतिक विश्लेषक श्याम श्रेष्ठ अहिले उठाइएको विषय विगतदेखिकै भएको भन्दै काम र व्यवहारले नै आगामी दिनलाई पुष्टि गर्ने बताउँछन्। ‘कुराहरु त यिनीहरुले धेरै गरे तर आफ्नै कुरालाई उपेक्षा गरेको देखियो’, उनी भन्छन्, ‘एउटा कुरा भन्ने र अर्को कुरा गर्ने प्रवृत्ति छ।’

Xtrem

Xtrem

नेकपा एमालेको नवौं महाधिवेशनले नेतृत्वका लागि ७० वर्षको उमेर हद कायम गरेको थियो। त्यसलाई अहिलेको प्रस्तावित विधानमा पनि यथावत नै राखिएको छ। त्यस्तै दुई कार्यकालभन्दा बढी पदाधिकारीमा दोहोर्‍याउन नपाइने भन्ने पनि उल्लेख छ। तर, त्यो व्यवहारिक रुपमा कार्यान्वयन हुन्छ वा हुँदैन, हेर्न बाँकी छ।

‘७० वर्ष पछाडि रिटायर्ड हुने भन्ने तर नहुने, दुई कार्यकालभन्दा बढ्ता पदाधिकारी नहुने भन्ने तर हुने; यी लगायत कुन कुरामा यिनीहरु अडिग छन् र?’, उनी भन्छन्, ‘वचन पालना गरेकै छैनन्। अहिले पनि वचन पालना गर्लान् भन्ने देखिँदैन।’

उनले अहिलेको विधान महाधिवेशन पार्टी विभाजनको अवस्थामा नेता कार्यकर्तालाई आश्वस्त पार्ने उद्देश्य पनि रहेको बताए । विधान महाधिवेशनलाई सफल बनाउन भन्दै एमालेले पार्टीका हरेक तह र तप्काका कमिटीहरु परिचालन गरेको छ। नीति र विधिका विषयमा घनिभूत रुपमा छलफल हुने भनिएको यस महाधिवेशनले अबको एमालेको कार्यदिशालाई अगाडि बढाउन मद्दत पुग्ने नेताहरुको दाबी छ।

‘अबको समाजवादको निर्माण कुन विचारधारा र सिद्धान्तले गर्न सक्छ। सही विचार र सिद्धान्त के हो भन्ने कुरा विधान महाधिवेशनले प्रष्ट पार्नेछ’, विधान महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक रामबहादुर थापा ‘बादल’ भन्छन्, ‘यो महाधिवेशन एउटा महत्त्वपूर्ण उपलब्धिका रुपमा हुनेछ।’

पार्टीमा हिजो देखापरेको संगठनात्मक अराजकता र दक्षिणपन्थी प्रवृत्तिको भण्डारफोर गर्न पनि महाधिवेशन फलदायी हुने उनी बताउँछन्। तीन दिने विधान महाधिवेशनको आवश्यक सम्पूर्ण तयारी पूरा भएको मूल व्यवस्थापन समितिले जनाएको छ।

विधान महाधिवेशनमा केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्य, केन्द्रीय निकाय, विभाग, प्रदेश कमिटी, जिल्ला कमिटी, निर्वाचन क्षेत्रको प्रतिनिधि, संघीय र प्रदेशका सांसद, स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरू र केन्द्रले मनोनीत गर्ने १० प्रतिशत समेत गरी झण्डै सात हजारको संख्यामा प्रतिनिधिहरु सहभागी हुन लागेका छन्।

एमालेले देशभरबाट विधान महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरुलाई कार्यक्रम स्थलसम्म जान र फर्किनका लागि बसको व्यवस्था गर्ने भएको छ। ललितपुरको सातदोबाटोदेखि बसको व्यवस्था गरिएको एमालेले जनाएको छ। महाधिवेशनलाई प्रविधिको सहायतामा थप भव्य बनाउने उद्देश्य लिएको छ। विभिन्न स्थानमा डिजिटल बोर्डबाट महाधिवेशनका गतिविधि प्रत्यक्ष प्रसारण गर्ने तयारी छ।

महाधिवेशनको प्रचारका लागि वाल पेन्टिङ, वाल पोष्टरिडलाई पूर्णतः बन्द गरिएको एमालेले जनाएको छ। प्रचार प्रसारको निम्ति मूलतः मिडियाको सहयोग लिइने बताइएको छ। एमालेले काठमाडौं महानगरपालिका अन्तर्गत सडकका पोलहरुमा रहेका बोर्डमा पोष्टर राखिएको छ। दरबारमार्ग, चाबहिल, चुच्चेपाटी, हात्तीसार, कमलादी, थापाथली लगायतका स्थानमा डिजिटल बोर्डको माध्यमबाट प्रचार प्रसार गर्न लागिएको छ।

विधान महाधिवेशनमा एमाले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रस्ताव र उपमहासचिव एवं संगठन विभाग प्रमुख विष्णु पौडेलको विधान संशोधन प्रस्ताव प्रस्तुत गरिनेछ। महाधिवेशनको उद्घाटनको दोस्रो दिन असोज १६ गते समूह छलफल र समूह नेताबाट सुझावहरुको प्रस्तुति गरिने छ।

तेस्रो दिन असोज १७ गते दस्तावेज प्रस्तोताबाट समूह छलफलबाट आएका सुझाव एवं उठेका विषयहरुलाई स्पष्ट गर्दै सारसंक्षेपीकरण गरिने जनाइएको छ। 

प्रकाशित मिति: बिहीबार, असोज १४, २०७८  २१:२०
  • #एमाले_विधान_महाधिवेशन_२०७८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
बीपी अनमोल
लेखकबाट थप
कानुनविद्का तीन तर्क, कहिले सकिन्छ सांसदहरुको कार्यकाल?
शेरबहादुर कुँवरः अछामदेखि श्रम मन्त्रालयको नेतृत्वसम्म 
संसद्‌मा विचाराधीन नागरिकता विधेयक यसपटक पारित होला?
सम्बन्धित सामग्री
जिल्लापछि प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, २१ असोजमा एकैदिन प्रदेश अधिवेशन गर्ने मंसिर २६ देखि २८ गतेसम्म काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको राप्रपाले भदौ मसान्तभित्र ७२ जिल्लाको अधिवेशन सम्पन्न गरि... बुधबार, असोज ७, २०८३
प्रतिनिधि सभामा ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत बैठकमा उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावको विरोधमा कुनै पनि सूचना प्राप्त नभएपछि मन्त्री लम्सालले विधेयक पेश गरेका हु... बुधबार, असोज ७, २०८३
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ बुधवार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै मन्त्री श्रेष्ठले बेपत्ताहरूको खोजी कार्य जारी राख्दै प्रभावितहरूको जीवन साम... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
जिल्लापछि प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, २१ असोजमा एकैदिन प्रदेश अधिवेशन गर्ने बुधबार, असोज ७, २०८३
बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान बुधबार, असोज ७, २०८३
प्रतिनिधि सभामा ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत बुधबार, असोज ७, २०८३
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ बुधबार, असोज ७, २०८३
हितेन्द्रदेव शाक्यलाई पुनर्बहाली गर्न माग, सर्वोच्चले माग्यो सरकारको जवाफ बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्