• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, पुस २९, २०८२ Tue, Jan 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

यही हप्ताबाट सिनेमा हल खुल्दै, तर फिल्म प्रदर्शनमा लैजान किन उत्सुक छैनन् निर्माता?

64x64
युवराज भट्टराई आइतबार, असोज १७, २०७८  ०७:४३
1140x725

काठमाडौं– कोरोना महामारीका कारण फिल्म क्षेत्र शून्यजस्तै छ। संघीय राजधानी काठमाडौंकै कतिपय सिनेमा हल पूर्णरुपमा बन्द भइसके भने भएकोमा पनि प्रदर्शन गर्ने फिल्म नभएर कुर्सीमा धुलो बसेको छ। 

महामारी नियन्त्रणका लागि २०७६ चैत ११ मा लकडाउन गरिएपछि सिनेमा हल पनि बन्द भए। सरकारले गएको भदौ १७ बाट सबै क्षेत्र खुलाएपछि सिनेमा हल पनि खुल्नु पर्ने थियो। तर, अहिलेसम्म खुल्न सकेका छैनन्। कारण हो– प्रदर्शन गर्ने फिल्म नहुनु। 

अब असोज २१ बाट देशैभरिका सिनेमा हल सञ्चालन गर्ने तयारी छ। उक्त दिन गएको असार ११ मा रिलिज भएको हलिउड फिल्म 'फास्ट एन्ड फ्युरियस-९' प्रदर्शन हुनेछ। नेपाली फिल्म भने २५ गतेबाट मात्र प्रदर्शन गर्ने तयारी छ। 

करिब डेढ वर्षअघि सिनेमा हल बन्द भएपछि थुप्रै फिल्म प्रदर्शनका लागि तयार छन्। ‘म यस्तो गीत गाउँछु–२’, ‘प्रेमगीत’, ‘लक्का जवान’, ‘लप्पन छप्पन’ लगायत फिल्म तयार भएर प्रदर्शन हुन बाँकी भएको नेपाल चलचित्र संघले जनाएको छ। 

तर, सिनेमा हलमा दर्शक आउने निश्चित नहुँदा निर्माता/निर्देशक आफ्नो फिल्म प्रदर्शन गर्न तयार छैनन्। सामान्य अवस्थामा दशैँको बेला फिल्म प्रदर्शन गर्न तानातान हुन्थ्यो। अन्य बेला पनि फिल्मले ‘क्यु’मा बस्नुपर्थ्यो। तर, यसपटक चाडबाडकै समयमा पनि प्रदर्शन हुने फिल्मको टुंगो लाग्न सकेको छैन।

हालसम्म दशैंका लागि सोभित बस्नेतको निर्देशनमा बनेको फिल्म ‘डाँडाको बरपीपल’ र नरेन्द्र भट्टराईले निर्देशन गरेको 'धन्दागिरी'ले मात्रै प्रदर्शनमा जाने घोषणा गरेका छन्। चलचित्र संघका अध्यक्ष मधुसूदन प्रधानका अनुसार दशैंका लागि अन्य फिल्मले प्रदर्शनको ‘डेट’ लिएका छैनन्।

असोज २५ गते फुलपातीको अघिल्लो दिन अभिनेता सविन श्रेष्ठ र अभिनेत्री छुल्ठिम गुरुङ मुख्य भूमिकामा रहेको ‘धन्धागिरी’ प्रदर्शन हुँदै छ। फिल्ममा श्रेष्ठ र गुरुङसँगै दिनेश खड्का, दिनेश डिसी, सुशील पोखरेललगायतको अभिनय छ।

चलचित्र संघले दसैंमा प्रदर्शन गर्ने फिल्महरुलाई असोज २० सम्म घोषणा गर्न आग्रह गरेको छ। तर, अन्य फिल्म प्रदर्शन हुने संभावना कम भएको प्रधान बताउँछन्। प्रधान भन्छन्, ‘बल्ल व्यवसाय खुल्न थालेका छन्। बजारमा चहलपहल सुरु भएको छ। फिल्मले एकै पटक बजार ओगट्दैन। बिस्तारै यो क्षेत्रलाई पनि सक्रिय बनाउँदै लैजाने हो।’

Ncell 2
Ncell 2

संघले चलचित्र विकास बोर्डमा दर्ता गराएकामध्ये कतिपय फिल्मको अहिले पनि काम सकिएको छैन। छायांकन सकिए पनि 'पोस्ट प्रोडक्सन'को काम नसकिँदा प्रदर्शनको लागि तयार नभएको प्रधान बताउँछन्। उनी भन्छन्, ‘हामीले विकास बोर्डमा ४०/४२ वटा फिल्म दर्ता गरेका छौं। तर, तीमध्ये धेरैको ल्याब, स्टुडियो, डबिङको काम भइरहेको छ।’

अहिले फिल्म निर्माताहरुलाई हलमा भएको आम्दानीको केही बढी हिस्सा दिने निर्णय भएको छ। संघ अध्यक्ष प्रधान भन्छन्, ‘अबको तीन महिनासम्म हामी यसरी काम गर्ने निर्णय गरेका छौं। तीन महिनापछि फेरि फ्रि मार्केटकै रुपमा काम गर्ने तयारी छ।’ 

कोभिडपछि खुलेको सिनेमा हलमा फिल्म तयार गरेका निर्माता निर्देशकले पनि प्रदर्शन गर्न आँट गरेका छैनन्। नेपालका हलमा भारतीय फिल्महरुको प्रदर्शनसमेत हुन सकेको छैन। यस्तो अवस्थामा पनि निर्देशक सोभित बस्नेतले पनि आफ्नो फिल्म प्रदर्शन गर्ने तयारी गरेका छन्। 

शिव श्रेष्ठ, गौरी मल्ल, भुवन केसी, सलोन बस्ने, रुबिना थापालगायतको अभिनय रहेको फिल्मलाई लिएर निर्देशक बस्नेत आशावादी छन्। फिल्म प्रदर्शनका लागि आफूले लिएको जोखिम सफल हुने उनको विश्वास छ। उनी भन्छन्, ‘कोभिड र दर्शक नआउने डर मात्रै मानेर बस्ने हो भने यो क्षेत्र यसै मर्छ। कोही न कोही अघि सर्नुपर्छ। त्यसैले म अघि सरेको हुँ।’

दर्शक आउँछन् भन्नेमा आफू विश्वस्त भएको बस्नेतको भनाइ छ। लामो समयसम्म दर्शकले हलमा फिल्म हेर्न नपाएका कारण पनि आफ्नो फिल्म चल्ने उनी बताउँछन्। 

यता संघका अध्यक्ष प्रधानले ‘डाँडाको बरपीपल’ देशैभरका हलहरुमा प्रदर्शन हुँदा शतप्रतिशत नै दर्शक राखिने बताए। संघले देशैभरका शतप्रतिशत दर्शक राख्न दिए मात्रै सिनेमा हल खोल्ने मागसमेत राखेको थियो। 

‘यातायात, होटल, बार सबैतिर भिड हुँदा सरकार र मान्छेको ध्यान चाहिँ सिनेमा हलमा मात्रै किन?’ प्रधान भन्छन्, ‘फिल्म हलमा एक त सबै दर्शक आउँछन् आउँदैनन थाहा छैन। तर, यदि आएमा हामी हाउसफुल नै राखेर देखाउँछौं। कोरोना सिनेमा हलमा लुकेर बसेको त छैन नि।’

छैनन् हिन्दी फिल्म 
दशैंतिहारको छेकोमा नेपाली फिल्मसँगै भारतीय फिल्म पनि हलमा प्रतिश्पर्धाका लागि आइपुग्थे। तर, यो वर्ष भने कुनै पनि भारतीय फिल्म नल्याएको प्रधानले बताए। 

यो हप्ता मात्रै आधा दर्जनभन्दा धेरै भारतीय फिल्म रिलिज हुँदै छन्। यो महिना करिब दुई दर्जन भारतीय फिल्म प्रदर्शनको घोषणा भएको छ। तर, नेपालमा भने यी कुनै पनि फिल्म प्रदर्शन नगरिने प्रधान बताउँछन्।

‘हिन्दी वा विदेशी फिल्म अहिले ल्याउँदैनौं,’ प्रधान भन्छन्, ‘दर्शकलाई हामी नेपाली फिल्मतर्फ नै तान्ने हो। हाम्रो पहिलो प्राथमिकतामा नेपाली फिल्मलाई नै राखेका छौं। बिस्तारै तिहारपछि हिन्दी फिल्महरुलाई पनि ल्याउने तयारी छ।’

सोभित बस्नेतको ‘डाँडाको बरपिपल’ बाहेक यो वर्ष कोरोना महामारी सुरु हुनुअघि प्रदर्शन हुँदाहुँदै रोकिएका केही पुराना फिल्म पनि प्रदर्शन हुनसक्ने सम्भावना छ। फिल्म हललाई सञ्चालनमा राख्नका लागि पुराना फिल्महरुलाई पनि रिलिज गर्न सकिने प्रधान बताउँछन्।  उनी भन्छन्, ‘नयाँ फिल्म एउटा मात्रै हो, बरु पुराना फिल्म पुनः प्रदर्शन हुनसक्ने सम्भावना छ। तर, अहिले पहिलो प्राथमिकता नेपाली फिल्मलाई दिएका छौं।’

कोरोनाले थलिएको सिनेमा क्षेत्र सामान्य अवस्थामा आउन कम्तीमा दुई वर्ष लाग्ने अनुमान संघले गरेको छ। फिल्म प्रदर्शन हुन थालेसँगै दर्शकलाई फेरि हलसम्म जाने वातावरण बन्ने प्रधान बनाउँछन्। हाल भने सिनेमा क्षेत्रलाई दुई वर्षअघिको अवस्थामा पुर्‍याउन यो क्षेत्र सक्रिय हुनुपर्ने उनको तर्क छ।

प्रकाशित मिति: आइतबार, असोज १७, २०७८  ०७:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
फागुन १५ मा ‘प्रवासी जीवन’ उनले मानसिक स्वास्थ्य समस्या र समाधानको विषयलाई केन्द्रीत गरेर फिल्म तयार परेकोलेप्रवासीको जीवनलाई नजिकबाट बुझ्न फिल्म फलदायी हुने ब... बिहीबार, मंसिर २५, २०८२
रहेनन् बलिउड अभिनेता धर्मेन्द्र यसको पुष्टि पारिवारिक सदस्यहरूले नै गरेका छन्। उनको अन्तिम संस्कार विले पार्ले श्मशान भूमिमा हुने भारतीय मिडियाले जनाएका छन्। उनलाई... सोमबार, मंसिर ८, २०८२
‘ताराहरूलाई रङ्गमञ्चमा नै सीमित राख्न मन लागेन’ बुधबार साँझ नयाँ बानेश्वरस्थित एक चलचित्र भवनमा गरिएको प्रदर्शनीमा चलचित्रकर्मी तथा कलाकर्मीको उपस्थिति रहेको थियो। बिहीबार, भदौ ५, २०८२
ताजा समाचारसबै
८५ पुग्यो समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिनेको संख्या सोमबार, पुस २८, २०८२
एन्फाको निर्वाचन प्रक्रिया रोक्न उच्च अदालत पाटनको अल्पकालीन अन्तरिम आदेश सोमबार, पुस २८, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
कांग्रेस विशेष महाधिवेशन लम्बियो सोमबार, पुस २८, २०८२
देउवा निवासको छलफलपछि ज्ञानेन्द्र कार्कीले भने- पार्टी गम्भीर अवस्थामा छ सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
देउवा पक्षधर केन्द्रीय सदस्यहरू पनि पुगे विशेष महाधिवेशन स्थलमा आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्