• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

यही हप्ताबाट सिनेमा हल खुल्दै, तर फिल्म प्रदर्शनमा लैजान किन उत्सुक छैनन् निर्माता?

64x64
युवराज भट्टराई आइतबार, असोज १७, २०७८  ०७:४३
1140x725

काठमाडौं– कोरोना महामारीका कारण फिल्म क्षेत्र शून्यजस्तै छ। संघीय राजधानी काठमाडौंकै कतिपय सिनेमा हल पूर्णरुपमा बन्द भइसके भने भएकोमा पनि प्रदर्शन गर्ने फिल्म नभएर कुर्सीमा धुलो बसेको छ। 

महामारी नियन्त्रणका लागि २०७६ चैत ११ मा लकडाउन गरिएपछि सिनेमा हल पनि बन्द भए। सरकारले गएको भदौ १७ बाट सबै क्षेत्र खुलाएपछि सिनेमा हल पनि खुल्नु पर्ने थियो। तर, अहिलेसम्म खुल्न सकेका छैनन्। कारण हो– प्रदर्शन गर्ने फिल्म नहुनु। 

अब असोज २१ बाट देशैभरिका सिनेमा हल सञ्चालन गर्ने तयारी छ। उक्त दिन गएको असार ११ मा रिलिज भएको हलिउड फिल्म 'फास्ट एन्ड फ्युरियस-९' प्रदर्शन हुनेछ। नेपाली फिल्म भने २५ गतेबाट मात्र प्रदर्शन गर्ने तयारी छ। 

करिब डेढ वर्षअघि सिनेमा हल बन्द भएपछि थुप्रै फिल्म प्रदर्शनका लागि तयार छन्। ‘म यस्तो गीत गाउँछु–२’, ‘प्रेमगीत’, ‘लक्का जवान’, ‘लप्पन छप्पन’ लगायत फिल्म तयार भएर प्रदर्शन हुन बाँकी भएको नेपाल चलचित्र संघले जनाएको छ। 

तर, सिनेमा हलमा दर्शक आउने निश्चित नहुँदा निर्माता/निर्देशक आफ्नो फिल्म प्रदर्शन गर्न तयार छैनन्। सामान्य अवस्थामा दशैँको बेला फिल्म प्रदर्शन गर्न तानातान हुन्थ्यो। अन्य बेला पनि फिल्मले ‘क्यु’मा बस्नुपर्थ्यो। तर, यसपटक चाडबाडकै समयमा पनि प्रदर्शन हुने फिल्मको टुंगो लाग्न सकेको छैन।

हालसम्म दशैंका लागि सोभित बस्नेतको निर्देशनमा बनेको फिल्म ‘डाँडाको बरपीपल’ र नरेन्द्र भट्टराईले निर्देशन गरेको 'धन्दागिरी'ले मात्रै प्रदर्शनमा जाने घोषणा गरेका छन्। चलचित्र संघका अध्यक्ष मधुसूदन प्रधानका अनुसार दशैंका लागि अन्य फिल्मले प्रदर्शनको ‘डेट’ लिएका छैनन्।

असोज २५ गते फुलपातीको अघिल्लो दिन अभिनेता सविन श्रेष्ठ र अभिनेत्री छुल्ठिम गुरुङ मुख्य भूमिकामा रहेको ‘धन्धागिरी’ प्रदर्शन हुँदै छ। फिल्ममा श्रेष्ठ र गुरुङसँगै दिनेश खड्का, दिनेश डिसी, सुशील पोखरेललगायतको अभिनय छ।

चलचित्र संघले दसैंमा प्रदर्शन गर्ने फिल्महरुलाई असोज २० सम्म घोषणा गर्न आग्रह गरेको छ। तर, अन्य फिल्म प्रदर्शन हुने संभावना कम भएको प्रधान बताउँछन्। प्रधान भन्छन्, ‘बल्ल व्यवसाय खुल्न थालेका छन्। बजारमा चहलपहल सुरु भएको छ। फिल्मले एकै पटक बजार ओगट्दैन। बिस्तारै यो क्षेत्रलाई पनि सक्रिय बनाउँदै लैजाने हो।’

Ncell 2
Ncell 2
nimb
nimb

संघले चलचित्र विकास बोर्डमा दर्ता गराएकामध्ये कतिपय फिल्मको अहिले पनि काम सकिएको छैन। छायांकन सकिए पनि 'पोस्ट प्रोडक्सन'को काम नसकिँदा प्रदर्शनको लागि तयार नभएको प्रधान बताउँछन्। उनी भन्छन्, ‘हामीले विकास बोर्डमा ४०/४२ वटा फिल्म दर्ता गरेका छौं। तर, तीमध्ये धेरैको ल्याब, स्टुडियो, डबिङको काम भइरहेको छ।’

अहिले फिल्म निर्माताहरुलाई हलमा भएको आम्दानीको केही बढी हिस्सा दिने निर्णय भएको छ। संघ अध्यक्ष प्रधान भन्छन्, ‘अबको तीन महिनासम्म हामी यसरी काम गर्ने निर्णय गरेका छौं। तीन महिनापछि फेरि फ्रि मार्केटकै रुपमा काम गर्ने तयारी छ।’ 

कोभिडपछि खुलेको सिनेमा हलमा फिल्म तयार गरेका निर्माता निर्देशकले पनि प्रदर्शन गर्न आँट गरेका छैनन्। नेपालका हलमा भारतीय फिल्महरुको प्रदर्शनसमेत हुन सकेको छैन। यस्तो अवस्थामा पनि निर्देशक सोभित बस्नेतले पनि आफ्नो फिल्म प्रदर्शन गर्ने तयारी गरेका छन्। 

शिव श्रेष्ठ, गौरी मल्ल, भुवन केसी, सलोन बस्ने, रुबिना थापालगायतको अभिनय रहेको फिल्मलाई लिएर निर्देशक बस्नेत आशावादी छन्। फिल्म प्रदर्शनका लागि आफूले लिएको जोखिम सफल हुने उनको विश्वास छ। उनी भन्छन्, ‘कोभिड र दर्शक नआउने डर मात्रै मानेर बस्ने हो भने यो क्षेत्र यसै मर्छ। कोही न कोही अघि सर्नुपर्छ। त्यसैले म अघि सरेको हुँ।’

Xtrem

Xtrem

दर्शक आउँछन् भन्नेमा आफू विश्वस्त भएको बस्नेतको भनाइ छ। लामो समयसम्म दर्शकले हलमा फिल्म हेर्न नपाएका कारण पनि आफ्नो फिल्म चल्ने उनी बताउँछन्। 

यता संघका अध्यक्ष प्रधानले ‘डाँडाको बरपीपल’ देशैभरका हलहरुमा प्रदर्शन हुँदा शतप्रतिशत नै दर्शक राखिने बताए। संघले देशैभरका शतप्रतिशत दर्शक राख्न दिए मात्रै सिनेमा हल खोल्ने मागसमेत राखेको थियो। 

‘यातायात, होटल, बार सबैतिर भिड हुँदा सरकार र मान्छेको ध्यान चाहिँ सिनेमा हलमा मात्रै किन?’ प्रधान भन्छन्, ‘फिल्म हलमा एक त सबै दर्शक आउँछन् आउँदैनन थाहा छैन। तर, यदि आएमा हामी हाउसफुल नै राखेर देखाउँछौं। कोरोना सिनेमा हलमा लुकेर बसेको त छैन नि।’

छैनन् हिन्दी फिल्म 
दशैंतिहारको छेकोमा नेपाली फिल्मसँगै भारतीय फिल्म पनि हलमा प्रतिश्पर्धाका लागि आइपुग्थे। तर, यो वर्ष भने कुनै पनि भारतीय फिल्म नल्याएको प्रधानले बताए। 

यो हप्ता मात्रै आधा दर्जनभन्दा धेरै भारतीय फिल्म रिलिज हुँदै छन्। यो महिना करिब दुई दर्जन भारतीय फिल्म प्रदर्शनको घोषणा भएको छ। तर, नेपालमा भने यी कुनै पनि फिल्म प्रदर्शन नगरिने प्रधान बताउँछन्।

‘हिन्दी वा विदेशी फिल्म अहिले ल्याउँदैनौं,’ प्रधान भन्छन्, ‘दर्शकलाई हामी नेपाली फिल्मतर्फ नै तान्ने हो। हाम्रो पहिलो प्राथमिकतामा नेपाली फिल्मलाई नै राखेका छौं। बिस्तारै तिहारपछि हिन्दी फिल्महरुलाई पनि ल्याउने तयारी छ।’

सोभित बस्नेतको ‘डाँडाको बरपिपल’ बाहेक यो वर्ष कोरोना महामारी सुरु हुनुअघि प्रदर्शन हुँदाहुँदै रोकिएका केही पुराना फिल्म पनि प्रदर्शन हुनसक्ने सम्भावना छ। फिल्म हललाई सञ्चालनमा राख्नका लागि पुराना फिल्महरुलाई पनि रिलिज गर्न सकिने प्रधान बताउँछन्।  उनी भन्छन्, ‘नयाँ फिल्म एउटा मात्रै हो, बरु पुराना फिल्म पुनः प्रदर्शन हुनसक्ने सम्भावना छ। तर, अहिले पहिलो प्राथमिकता नेपाली फिल्मलाई दिएका छौं।’

कोरोनाले थलिएको सिनेमा क्षेत्र सामान्य अवस्थामा आउन कम्तीमा दुई वर्ष लाग्ने अनुमान संघले गरेको छ। फिल्म प्रदर्शन हुन थालेसँगै दर्शकलाई फेरि हलसम्म जाने वातावरण बन्ने प्रधान बनाउँछन्। हाल भने सिनेमा क्षेत्रलाई दुई वर्षअघिको अवस्थामा पुर्‍याउन यो क्षेत्र सक्रिय हुनुपर्ने उनको तर्क छ।

प्रकाशित मिति: आइतबार, असोज १७, २०७८  ०७:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान सुरेश श्यामलाल गुप्ताका अनुसार मुश्ताक खानलाई पाँच वर्षअघि फोक्सोको क्यान्सर भएको थियो। उपचारपछि उनी निको भएका थिए। तर करिब दुई साता... बिहीबार, असोज ८, २०८३
‘झिंगेदाउ २’ लाई तेस्रो दिन पनि दर्शकको उत्साहजनक साथ शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘झिंगेदाउ २’ले प्रदर्शनको तेस्रो दिन आइतबार पनि दर्शकको उत्साहजनक साथ पाएको छ। सोमबार, असोज ५, २०८३
पात्रसँगै परिपक्व हुँदै गएको आँचलको अभिनय यात्रा नेपाली चलचित्र ‘झिङ्गेदाउ २’ प्रदर्शनको तयारीमा छ। पहिलो श्रृंखलाले दर्शकको राम्रो साथ पाएपछि दोस्रो भागलाई लिएर कलाकार र वििनर्माण... आइतबार, भदौ २८, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्