काठमाडौं– एमजी मोटर्स नेपालको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्रालिले हेक्टर २०२१ शाइन भेरियन्टको कारको औपचारिक रुपमा बूकिङ सुरु गरेको छ। भारतीय बजारमा लन्च भएपछि निकै सनसनी मच्चाएको यो कार अब नेपाली बजारमा भित्रिन तयार भएको छ।
हेक्टर १.५ लिटर टर्बो चार्ज्ड इन्टरकूल इन्जिनको साथ आउदँछ। यो कार एमटी र सीवीटी दुवै भेरियन्टमा उपलब्ध हुनेछ।
यो कार विकसित एसयूभी अल–न्यू बोल्ड फ्रन्ट क्रोम ग्रिल, एलईडी हेडल्याम्प, स्टाइलिश आर १७ सिल्वर एलोइ, इलेक्ट्रिक सनरूफ, पुश बटन स्टार्ट, इलेक्ट्रिक पार्किंग ब्रेक र अन्य थुप्रै सुविधाहरुका साथ उपलब्ध हुनेछ।
आराम र सुविधाका हिसाबले हेक्टर २०२१ सधैँ अग्र स्थानमा आउने कम्पनीको दाबी छ।
यो कारमा स्टनिंग २६.४ सेन्टिमिटरको एचडी टचस्क्रिन एभीएन प्रणाली उपलब्ध हुनेछ, जसले हरेक यात्राको पललाई आरामदायक बनाउने कम्पनीको दाबी छ।
यो गाडी २५+ सुरक्षाका सुविधाहरुका सांथ इलेक्ट्रोनिक स्टाबिलिटी प्रोग्राम, ट्याक्सन कन्ट्रोल, हिल होल्ड कन्ट्रोल, रियर वाइपर र वाशर, रियर डिफोगर, फ्रन्ट फग ल्याम्प र गति चेतावनी एलर्टसहित उपलब्ध रहेको छ।
यो गाडी हभाना ग्रे, क्यान्डी व्हाइट, स्टारी ब्ल्याक र अरोरा सिल्वर जस्ता विभिन्न सेड्सहरुमा उपलब्ध हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।