काठमाडौं- कोकाकोलाले यस वर्षको दसैंलाई केन्द्रित गरी कोकका बोतलहरुमा ‘धन्यवाद’ शब्द लेबल गरी उपभोक्तामाझ पठाउने भएको छ।
कोकाकोलाले बुधबार पत्रकार सम्मेलन गरी यस वर्षको दसैंलाई लक्षित गरी धन्यवाद लेखिएको कोकाकोला बजारमा ल्याइएको जानकारी दिएको हो।
यसको मुख्य आशय कोभिड-१९ को महामारीको कठिन समयमा व्यक्तिसँग सहयात्रीका रुपमा रहेका साथीहरु, परिवार र फ्रन्टलाइनरहरुलाई कोकको बोतलमार्फत् धन्यवाद व्यक्त गर्नु रहेको बताइएको छ।
कोकाकोलाले सहयात्री बनेका व्यक्तिहरुलाई धन्यवाद व्यक्त गर्न आमा, बुबा, दाइ, भाइ, दिदी, बहिनी, साथी र सेवाकर्मीहरुका लागि भनी आठ वटा नयाँ लेबल प्रस्तुत गरेको कोकाकोला नेपालका कन्ट्री निर्देशक आदर्श अवस्थीले बताए। उनले यसपालिको दसैं महामारीका समयमा प्रोत्साहित र प्रेरित गरेका परिवारका सदस्य र साथीहरुप्रति अभार व्यक्त गर्दै मनाउन कोकाकोलाले प्रेरित गरेको उल्लेख गरे।
कोकाकोलाले आफ्नो नयाँ ब्राण्ड एम्बेसडरको रुपमा नायिका स्वस्तिमा खड्कालाई घोषणा गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।