• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, पुस २७, २०८२ Sun, Jan 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

विश्वासको मत लिने तयारीमा तीन मुख्यमन्त्री

64x64
बीपी अनमोल बुधबार, असोज १३, २०७८  २०:५०
1140x725

काठमाडौं- प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका मुख्यमन्त्रीहरुले विश्वासको मत लिने तयारी गरेका छन्। प्रदेश सभामा प्रतिनिधित्व गर्ने आफ्नो दल विभाजन भएपछि ती प्रदेशका मुख्यमन्त्रीहरु भीम आचार्य, लालबाबु राउत र अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने तयारी थालेका हुन्।

मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा तीस दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेश सभासमक्ष प्रस्ताव राख्नुपर्ने संवैधानिक प्रावधान छ। ती प्रदेश सरकारको नेतृत्व गरेका एमाले र जनता समाजवादी पार्टी अघिल्लो महिना विभाजित भएका थिए।

प्रदेश नम्बर २ को मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको अधिवेशन असोज २० गतेका लागि आह्वान गर्न सिफारिस गरेको छ। मुख्यमन्त्री लालबाबु राउतले पहिलो बैठकमै विश्वासको मत लिने प्रस्ताव पेस गर्ने तयारी गरेका छन्। प्रदेशका २ कानुन मन्त्री भरत साहले असोज २० मा प्रदेश सभा बैठक बोलाइएको र पहिलो दिन नै मुख्यमन्त्रीले विश्वासको मत लिने जानकारी दिए।

‘सरकारले प्रदेश सभा बैठक बोलाउने निर्णय गरिसकेको छ। त्यसैदिन मुख्यमन्त्रीले पनि विश्वासको मत लिने प्रक्रिया अघि बढाउनु हुनेछ’, उनले भने।

विभाजन हुनुअघि प्रदेश २ मा जसपाको एकल सरकार थियो। जसपामा विवाद निम्तिएपछि मुख्यमन्त्री राउतले अध्यक्ष महन्थ ठाकुर पक्षका मन्त्रीहरुलाई पदमुक्त गरेका थिए। त्यसपछि केन्द्रमा गठबन्धन बनाएका अन्य दुई दल कांग्रेस र माओवादी केन्द्रका मन्त्रीहरुलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका थिए।

दल विभाजनअघि एकल बहुमतको आधारमा मुख्यमन्त्री बनेका बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य र प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पनि विश्वासको मत लिने गरी आन्तरिक तयारी अघि बढाएका छन्।

बागमतीमा आफ्नो नेतृत्वको सरकार जोगाउनका लागि नेकपा एमालेले प्रदेशमा सहभागी अन्य दलसँग छलफल गरेको थियो। तर, त्यो छलफलले ठोस निष्कर्ष नदिएपछि मुख्यमन्त्री शाक्यले विश्वासको मत लिन लागेकी हुन्।

भदौ २ गते एकल बहुमतको आधारमा शाक्य बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएकी थिइन्। एमाले विभाजन भएर १३ जना सांसदले एकीकृत समाजवादी रोजेपछि भदौ २५ गतेदेखि उनी नेतृत्वको सरकार अल्पमतमा परेको थियो। ‘अल्पमतमा परेको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने भएकाले असोज २५ गतेसम्म समय रहेको छ’, नेकपा एमाले निकट एक सांसद भन्छन्, ‘त्यसअघि नै विश्वासको मतका लागि प्रस्ताव पेस हुन्छ होला।’

Ncell 2
Ncell 2

बागमती प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार मन्त्री केशवराज पाण्डेले पनि मुख्यमन्त्रीले विश्वासको मत लिने बताए। ‘अहिले हामी पार्टीको विधान महाधिवेशनमै व्यस्त छौं। कुन दिन हुन्छ, मुख्यमन्त्रीले विश्वासको मत लिनुहुन्छ’, उनले भने, ‘सदन बोलाउने र त्यसपछि प्रस्ताव प्रस्तुत गर्ने भन्ने छ।’

बागमती प्रदेशमा सरकारले असोज २५ गते नै अधिवेशनको आह्वान गर्ने तयारी गरेको छ। ५६ सांसदसहित एकल बहुमतबाट मुख्यमन्त्री बनेकी शाक्यको साथमा अहिले ४३ सांसद मात्रै छन्। सरकार जोगाउनका लागि ५५ सांसद आवश्यक पर्छन्। मुख्यमन्त्रीले नै विश्वासको मत लिने भएपछि विपक्षी दलहरुले भने त्यहाँसम्म कुनै कदम नचाल्ने देखिएको छ।
  
उता एकल बहुमतकै आधारमा सरकार निर्माण गरेको एमाले नेतृत्वको प्रदेश १ सरकार पनि अल्पमतमा परेको छ। त्यहाँका मुख्यमन्त्री भीम आचार्य एकल बहुमतसहित मुख्यमन्त्री भएपनि एमालेका १० जना सांसदले नेकपा एकीकृत समाजवादी रोजेपछि अल्पमतमा परेका छन्।

आचार्यले पनि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएकाले त्यसका लागि आन्तरिक तयारी अघि बढाएका छन्। प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री तुलसी प्रसाद न्यौपानेले असोज २२ गते प्रदेश सभाको अधिवेशन बोलाइएको जानकारी दिए।

‘सरकारले २२ गते सदन बोलाएको छ। विश्वासको मत लिने भन्ने विषयको कार्यसूची बन्छ होला’, उनले भने, ‘हामी संविधानको बर्खिलाप जाने कुरा हुँदैन। कानुन अनुसार विश्वास मत लिन्छौं नै। तर, कहिले लिने भन्ने टुंगो लागेको छैन।’

संविधानको धारा १८८ मा विश्वासको मत र अविश्वासको प्रस्ताव सम्बन्धी व्यवस्था गरिएको छ। जस अन्तर्गत उपधारा २ मा मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेश सभासमक्ष प्रस्ताव राख्नुपर्ने भनिएको छ। संविधानमा उल्लेख भएको व्यवस्था अनुसार नै दल विभाजन भएपछि तीनवटै प्रदेश सरकारका मुख्यमन्त्रीले विश्वासको मत लिन लागेका हुन्।

प्रदेश २ मा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसमेत सरकारमा सहभागी भएकाले जसपा नेतृत्वको सरकारले विश्वासको मत पाउने निश्चित नै छ। तर, प्रदेश १ र बागमतीको हकमा भने गठबन्धन एकतर्फ भएकाले त्यहाँ एमाले नेतृत्वको सरकारले विश्वासको मत नपाउने देखिन्छ।

प्रदेश १ र बागमतीमा एमाले नेतृत्वको सरकारले विश्वासको मत नपाए सरकारबाट बाहिरिने छन्। तर, यी दुवै प्रदेशमा गठबन्धनमा रहेका दलमध्ये कसको नेतृत्वमा सरकार निर्माण गर्ने भन्ने अझै टुंगो लागिसकेको छैन। दुवै प्रदेशमा नेकपा एकीकृत समाजवादीले आफ्नो दाबी प्रस्तुत गर्दै आएको छ। यद्यपि, यसबारेमा अझै निर्णय भइसकेको छैन।

प्रकाशित मिति: बुधबार, असोज १३, २०७८  २०:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
बीपी अनमोल
लेखकबाट थप
कानुनविद्का तीन तर्क, कहिले सकिन्छ सांसदहरुको कार्यकाल?
शेरबहादुर कुँवरः अछामदेखि श्रम मन्त्रालयको नेतृत्वसम्म 
संसद्‌मा विचाराधीन नागरिकता विधेयक यसपटक पारित होला?
सम्बन्धित सामग्री
उज्यालो नेपाल पार्टीले गर्‍यो प्रत्यक्षतर्फको उम्मेदवारी आह्वान यही पुस ३० गतेभित्र इच्छुक उम्मेदवारलाई सम्पर्क गर्न सो पार्टीले आह्वान जारी गरेको प्रवक्ता डा राजु थापाले जानकारी दिए । शनिबार, पुस २६, २०८२
रास्वपामा साधारण सदस्य नै बन्छु भनेर ठूलो पद मागेको थिइनँ : कुलमान घिसिङ ‘म आफैं एउटा उपाध्यक्ष त्यो पनि वरीयतामा तल रहेर पनि सहेर गएको थिएँ । अन्तिम चरणमा मैले एउटा प्रस्ताव पनि गरेको थिएँ,’ घिसिङले भने,... शनिबार, पुस २६, २०८२
‘पहिले देश नबनेकोमा चिन्ता थियो, अहिले देश नरहने भन्ने चिन्ता छ’: ज्ञानेन्द्र शाह सन्देशमा उनले भनेका छन्, ‘हिजो देश नबनेकोमा चिन्ता थियो, आज देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको छ।’ पूर्वराजा शाहले सबै जात,... शनिबार, पुस २६, २०८२
ताजा समाचारसबै
उज्यालो नेपाल पार्टीले गर्‍यो प्रत्यक्षतर्फको उम्मेदवारी आह्वान शनिबार, पुस २६, २०८२
रास्वपामा साधारण सदस्य नै बन्छु भनेर ठूलो पद मागेको थिइनँ : कुलमान घिसिङ शनिबार, पुस २६, २०८२
पूर्वराज्यमन्त्री चौधरीको निधन शनिबार, पुस २६, २०८२
‘पहिले देश नबनेकोमा चिन्ता थियो, अहिले देश नरहने भन्ने चिन्ता छ’: ज्ञानेन्द्र शाह शनिबार, पुस २६, २०८२
रुकुम पूर्वबाट चुनाव लड्ने प्रचण्डको घोषणा शनिबार, पुस २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
कांग्रेस विशेष महाधिवेशन पक्षधरको पदयात्रा कार्यक्रम स्थगित शनिबार, पुस २६, २०८२
संगठनको विशेष महाधिवेशनको विपक्षमा कांग्रेसका १७ भ्रातृ वक्तव्य, चुनावमा केन्द्रित हुन आह्वान शुक्रबार, पुस २५, २०८२
कांग्रेसभित्रको विवाद उत्कर्षमा: संस्थापन पक्षले आज पत्रकार सम्मेलन गर्दै शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्