• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

विश्वासको मत लिने तयारीमा तीन मुख्यमन्त्री

64x64
बीपी अनमोल बुधबार, असोज १३, २०७८  २०:५०
1140x725

काठमाडौं- प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका मुख्यमन्त्रीहरुले विश्वासको मत लिने तयारी गरेका छन्। प्रदेश सभामा प्रतिनिधित्व गर्ने आफ्नो दल विभाजन भएपछि ती प्रदेशका मुख्यमन्त्रीहरु भीम आचार्य, लालबाबु राउत र अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने तयारी थालेका हुन्।

मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा तीस दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेश सभासमक्ष प्रस्ताव राख्नुपर्ने संवैधानिक प्रावधान छ। ती प्रदेश सरकारको नेतृत्व गरेका एमाले र जनता समाजवादी पार्टी अघिल्लो महिना विभाजित भएका थिए।

प्रदेश नम्बर २ को मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको अधिवेशन असोज २० गतेका लागि आह्वान गर्न सिफारिस गरेको छ। मुख्यमन्त्री लालबाबु राउतले पहिलो बैठकमै विश्वासको मत लिने प्रस्ताव पेस गर्ने तयारी गरेका छन्। प्रदेशका २ कानुन मन्त्री भरत साहले असोज २० मा प्रदेश सभा बैठक बोलाइएको र पहिलो दिन नै मुख्यमन्त्रीले विश्वासको मत लिने जानकारी दिए।

‘सरकारले प्रदेश सभा बैठक बोलाउने निर्णय गरिसकेको छ। त्यसैदिन मुख्यमन्त्रीले पनि विश्वासको मत लिने प्रक्रिया अघि बढाउनु हुनेछ’, उनले भने।

विभाजन हुनुअघि प्रदेश २ मा जसपाको एकल सरकार थियो। जसपामा विवाद निम्तिएपछि मुख्यमन्त्री राउतले अध्यक्ष महन्थ ठाकुर पक्षका मन्त्रीहरुलाई पदमुक्त गरेका थिए। त्यसपछि केन्द्रमा गठबन्धन बनाएका अन्य दुई दल कांग्रेस र माओवादी केन्द्रका मन्त्रीहरुलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका थिए।

दल विभाजनअघि एकल बहुमतको आधारमा मुख्यमन्त्री बनेका बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य र प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पनि विश्वासको मत लिने गरी आन्तरिक तयारी अघि बढाएका छन्।

बागमतीमा आफ्नो नेतृत्वको सरकार जोगाउनका लागि नेकपा एमालेले प्रदेशमा सहभागी अन्य दलसँग छलफल गरेको थियो। तर, त्यो छलफलले ठोस निष्कर्ष नदिएपछि मुख्यमन्त्री शाक्यले विश्वासको मत लिन लागेकी हुन्।

भदौ २ गते एकल बहुमतको आधारमा शाक्य बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएकी थिइन्। एमाले विभाजन भएर १३ जना सांसदले एकीकृत समाजवादी रोजेपछि भदौ २५ गतेदेखि उनी नेतृत्वको सरकार अल्पमतमा परेको थियो। ‘अल्पमतमा परेको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने भएकाले असोज २५ गतेसम्म समय रहेको छ’, नेकपा एमाले निकट एक सांसद भन्छन्, ‘त्यसअघि नै विश्वासको मतका लागि प्रस्ताव पेस हुन्छ होला।’

Ncell 2
Ncell 2
nimb
nimb

बागमती प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार मन्त्री केशवराज पाण्डेले पनि मुख्यमन्त्रीले विश्वासको मत लिने बताए। ‘अहिले हामी पार्टीको विधान महाधिवेशनमै व्यस्त छौं। कुन दिन हुन्छ, मुख्यमन्त्रीले विश्वासको मत लिनुहुन्छ’, उनले भने, ‘सदन बोलाउने र त्यसपछि प्रस्ताव प्रस्तुत गर्ने भन्ने छ।’

बागमती प्रदेशमा सरकारले असोज २५ गते नै अधिवेशनको आह्वान गर्ने तयारी गरेको छ। ५६ सांसदसहित एकल बहुमतबाट मुख्यमन्त्री बनेकी शाक्यको साथमा अहिले ४३ सांसद मात्रै छन्। सरकार जोगाउनका लागि ५५ सांसद आवश्यक पर्छन्। मुख्यमन्त्रीले नै विश्वासको मत लिने भएपछि विपक्षी दलहरुले भने त्यहाँसम्म कुनै कदम नचाल्ने देखिएको छ।
  
उता एकल बहुमतकै आधारमा सरकार निर्माण गरेको एमाले नेतृत्वको प्रदेश १ सरकार पनि अल्पमतमा परेको छ। त्यहाँका मुख्यमन्त्री भीम आचार्य एकल बहुमतसहित मुख्यमन्त्री भएपनि एमालेका १० जना सांसदले नेकपा एकीकृत समाजवादी रोजेपछि अल्पमतमा परेका छन्।

आचार्यले पनि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएकाले त्यसका लागि आन्तरिक तयारी अघि बढाएका छन्। प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री तुलसी प्रसाद न्यौपानेले असोज २२ गते प्रदेश सभाको अधिवेशन बोलाइएको जानकारी दिए।

‘सरकारले २२ गते सदन बोलाएको छ। विश्वासको मत लिने भन्ने विषयको कार्यसूची बन्छ होला’, उनले भने, ‘हामी संविधानको बर्खिलाप जाने कुरा हुँदैन। कानुन अनुसार विश्वास मत लिन्छौं नै। तर, कहिले लिने भन्ने टुंगो लागेको छैन।’

Xtrem

Xtrem

संविधानको धारा १८८ मा विश्वासको मत र अविश्वासको प्रस्ताव सम्बन्धी व्यवस्था गरिएको छ। जस अन्तर्गत उपधारा २ मा मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेश सभासमक्ष प्रस्ताव राख्नुपर्ने भनिएको छ। संविधानमा उल्लेख भएको व्यवस्था अनुसार नै दल विभाजन भएपछि तीनवटै प्रदेश सरकारका मुख्यमन्त्रीले विश्वासको मत लिन लागेका हुन्।

प्रदेश २ मा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसमेत सरकारमा सहभागी भएकाले जसपा नेतृत्वको सरकारले विश्वासको मत पाउने निश्चित नै छ। तर, प्रदेश १ र बागमतीको हकमा भने गठबन्धन एकतर्फ भएकाले त्यहाँ एमाले नेतृत्वको सरकारले विश्वासको मत नपाउने देखिन्छ।

प्रदेश १ र बागमतीमा एमाले नेतृत्वको सरकारले विश्वासको मत नपाए सरकारबाट बाहिरिने छन्। तर, यी दुवै प्रदेशमा गठबन्धनमा रहेका दलमध्ये कसको नेतृत्वमा सरकार निर्माण गर्ने भन्ने अझै टुंगो लागिसकेको छैन। दुवै प्रदेशमा नेकपा एकीकृत समाजवादीले आफ्नो दाबी प्रस्तुत गर्दै आएको छ। यद्यपि, यसबारेमा अझै निर्णय भइसकेको छैन।

प्रकाशित मिति: बुधबार, असोज १३, २०७८  २०:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
बीपी अनमोल
लेखकबाट थप
कानुनविद्का तीन तर्क, कहिले सकिन्छ सांसदहरुको कार्यकाल?
शेरबहादुर कुँवरः अछामदेखि श्रम मन्त्रालयको नेतृत्वसम्म 
संसद्‌मा विचाराधीन नागरिकता विधेयक यसपटक पारित होला?
सम्बन्धित सामग्री
जिल्लापछि प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, २१ असोजमा एकैदिन प्रदेश अधिवेशन गर्ने मंसिर २६ देखि २८ गतेसम्म काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको राप्रपाले भदौ मसान्तभित्र ७२ जिल्लाको अधिवेशन सम्पन्न गरि... बुधबार, असोज ७, २०८३
प्रतिनिधि सभामा ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत बैठकमा उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावको विरोधमा कुनै पनि सूचना प्राप्त नभएपछि मन्त्री लम्सालले विधेयक पेश गरेका हु... बुधबार, असोज ७, २०८३
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ बुधवार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै मन्त्री श्रेष्ठले बेपत्ताहरूको खोजी कार्य जारी राख्दै प्रभावितहरूको जीवन साम... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
जिल्लापछि प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, २१ असोजमा एकैदिन प्रदेश अधिवेशन गर्ने बुधबार, असोज ७, २०८३
बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान बुधबार, असोज ७, २०८३
प्रतिनिधि सभामा ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत बुधबार, असोज ७, २०८३
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ बुधबार, असोज ७, २०८३
हितेन्द्रदेव शाक्यलाई पुनर्बहाली गर्न माग, सर्वोच्चले माग्यो सरकारको जवाफ बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्