काठमाडौं- आईएमई ग्रुपद्वारा सञ्चालित आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आईएमई पे’ र नियोटेरिक नेपालबीच सम्झौता भएको छ। सम्झौतापत्रमा आईएमई डिजिटल सोलुसन लिमिटेडका व्यापार तथा सहकार्य व्यवस्थापन प्रमुख गुण श्रेष्ठ र नियोटेरिक नेपालका प्रोजेक्ट म्यानेजर मेघराज भण्डारीले हस्ताक्षर गरेका छन्।
सम्झौता गरिएसँगै हिन्दूहरुको महान चाड दसैं र तिहारलाई लक्षित गरी 'दसैं क्याम्पियन' पनि सुरु भएको कम्पनीले जनाएको छ। दसैं क्याम्पियन ११ असोजदेखि २० कात्तिकसम्म लागू हुने जनाइएको छ। क्याम्पियनअन्तर्गत नियोटेरिक नेपालको कुनै पनि ग्याजेट आईएमई पेमार्फत् भुक्तानी गर्दा आकर्षक छुटका साथै फ्रि डेलिभरीको पनि व्यवस्था मिलाइएको छ।
उक्त अवसरमा बोल्दै आईएमई डिजिटल सोलुसन लिमिटेडका व्यापार तथा सहकार्य व्यवस्थापक प्रमुख गुण श्रेष्ठले नियोटेरिक नेपाल, नेपालको नम्बर १ ग्याजेट डिस्ट्रिब्युटरको कुनै पनि ग्याजेट आईएमई पेबाट भुक्तानी गरी सेवाग्राहीहरुले अधिकतम फाइदा लिनेमा आफू विश्वस्त रहेको बताए। नियोटेरिक नेपालका तर्फबाट प्रोजेक्ट म्यानेजर मेघराज भण्डारीले दसैँ लक्षित यो स्किमले आम सेवाग्राहीहरूलाई लाभ प्राप्त हुने विश्वास व्यक्त गरे।
एक महिनाको स्किममा नियोटेरिक नेपालबाट कुनै पनि ग्याजेट आईएमई पेमार्फत् खरिद गर्दा भाग्यशाली एक विजेताले आईआईएफई जेड एयर एचएस१४ ल्यापटप जित्नसक्ने कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।