काठमाडौं- वृज सिमेन्ट ई. प्रालिले नेपाल पत्रकार महासंघ चितवन शाखाको भवन निर्माणका लागि सहयोग गर्ने भएको छ। कम्पनीले महासंघको भवन निर्माणका लागि आवश्यक सिमेण्ट उपलब्ध गराउने भएको हो।
सिमेन्ट पुष्पतारा केडिया सेवा फाउण्डेसन तथा वृज सिमेन्ट ई. प्रालिले उपलब्ध गराउने कम्पनीले जनाएको छ।
आज आयोजित एक कार्यक्रमबीच वृज सिमेन्ट इण्डस्ट्रिज प्रालिका चितवन एरियाका सेल्स म्यानेजर लक्ष्मीप्रसाद गुप्ता, वृज सिमेन्ट चितवनका आधिकारिक बिक्रेता उत्सव इन्टरप्राइजेजका प्रोपाइटर सिरिस पन्त र पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष नारायण अधिकारी, महासंघ चितवन शाखाका उपाध्यक्ष तथा भवन निर्माण समितिका संयोजक प्रकाशमणि ज्ञवालीबीच सहमति भएको जानकारी दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।