काठमाडौं- एसियन डेभलपमेन्ट बैंक (एडीबी)ले २०२१ को 'लिडिङ पार्टनर बैंक'को उपाधि लक्ष्मी बैंकलाई प्रदान गरेको छ।
उक्त उपाधि एडीबीको ट्रेड तथा सप्लाइ चेन फाइनान्स योजनाअन्तर्गत रहेको जानकारी दिइएको छ। जसमा एडीबीसँगको सहकार्यमा सबैभन्दा बढी कारोबार गर्ने बैंकलाई प्रदान गरिन्छ। लक्ष्मी बैंकले सो उपाधि लगातार दोस्रो वर्ष प्राप्त गरेको हो।
एडीबीले जुलाई १, २०२० देखि जुन ३०, २०२१ को अवधिभर गरिएको विभिन्न सहकार्यको आधारमा उक्त उपाधि प्रदान गर्ने गरेको छ। सोही अवधिमा लक्ष्मी बैंकले विभिन्न साना, मझौला तथा ठूला संस्थाहरुसँग कारोबार गरी सबैभन्दा सक्रिय साझेदार बैंकको रूपमा प्रस्तुत भएको जनाएको छ।
एडीबीको ‘लिडिङ पार्टनर बैंक’उपाधिले लक्ष्मी बैंकको व्यापार तथा वित्त, परिचलन क्षमता, वित्तीय स्वस्थता र जोखिम व्यवस्थापानको सुदृढिकरण गर्ने प्रयासहरुलाई अझ सार्थक बनाएको बैंकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।