काठमाडौं- सामसङले हालै नेपाली बजारमा ए सिरिजअन्तर्गत नयाँ ग्यालेक्सी एओ३एस बिक्री सुरु गरेको छ।
ग्राहकहरुलाई अद्वितीय दृश्यावलोकनको सुविधा प्रदान गर्न ६.५ इन्च इन्फाइनिटी-भी डिस्प्ले, अझै स्पष्ट फोटो खिच्नका लागि तीनवटा क्यामरा, लामो समयसम्म मोबाइल चलाउनका लागि अझै धेरै टिकाउ हुने ५००० एमएएचको ब्याट्री, मल्टिटास्किङको लागि ओक्टा-कोर प्रोसेसरका साथै फोनको साइडमा भएको फिंगर प्रिन्ट सेन्सर जस्ता थुप्रै विशेषताहरुले थप सुरक्षा एवं सहजता प्रदान गर्ने कम्पनीले जनाएको छ।
'२०:९ को एस्पेक्ट रेसियोका साथ ६.५ इन्च इन्फाइनिटी-भी डिस्प्लेले आश्चर्यजनक दृश्यावालोकनको मनोरञ्जन प्रदान गर्दछ। यसमा भएको तीनवटा क्यामराहरुको संयोजनले वास्तवमै अझै गुणस्तरीय फोटो तथा भिडियोहरु निकाल्न सकिन्छ,' कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
यसमा भएको १३ मेगापिक्सलको मुख्य क्यामराले अविस्मरणीय पलहरुलाई सफा एवं स्पष्ट रुपमा कैद गर्ने स्वतन्त्रता प्रदान गर्ने कम्पनीको भनाइ छ। 'यसमा भएको दुई मेगा पिक्सलको माइक्रो लेन्सले अझै क्लोज अप फोटोहरुको विस्तृत विवरणहरु कैद गर्न सकिने बताइएको छ। त्यस्तै दुई मेगा पिक्सलको डेप्थ क्यामराले फोटोको सौन्दर्यतालाई अझै निखार्दछ,' कम्पनीले बताएको छ।
ग्यालेक्सी एओ३एसमा भएको ओक्टा-कोर प्रोसेसरले मल्टिटास्किङ गर्दा कम ब्याट्री खपत गर्ने कम्पनीले जनाएको छ।
ग्यालेक्सी एओ३एस को (३ जीबी प्लस ३२ जीबी) को मूल्य १५ हजार ४९९ रुपैयाँ र (४ जीबी प्लस ६४ जीबी) को १६ हजार ९९९ रुपैयाँ तोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।