• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एमाले विधान महाधिवेशन : ५ हजारभन्दा बढी सहभागी, काठमाडौंका प्रमुख स्थानबाट लाइभ

64x64
बीपी अनमोल बुधबार, असोज १३, २०७८  ०७:५६
1140x725

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले पार्टी जीवनमै पहिलोपटक विधान महाधिवेशन गर्दै छ। असोज १५ देखि १७ गतेसम्मका लागि तोकिएको यो महाधिवेशन ललितपुरको गोदावरीस्थित नवनिर्मित सनराइज सम्मेलन केन्द्रमा सम्पन्न हुँदै छ। महाधिवेशन आयोजनाका लागि रोजिएको यो सम्मेलन केन्द्रको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेकै बेला गत वैशाखमा गरेका थिए।

एमालेले यस महाधिवेशन धेरै अर्थमा महत्त्वपूर्ण हुने दाबी गरेको छ। त्यसलाई भव्य र सभ्य बनाउन उसले पार्टीपंक्तिलाई पूर्णरुपमा परिचालन गरेको छ। विधान महाधिवेशन आयोजक कमिटी सदस्य एवं मिडिया संयोजक खिमलाल भट्टराई महाधिवेशनको तयारीलाई तीव्र पारिएको बताउँछन्।

एमालेले स्थायी कमिटी सदस्य रामबहादुर थापाको संयोजकत्वमा महाधिवेशनमा व्यवस्थापन कमिटी गठन गरेको छ। जसमा कृष्णगोपाल श्रेष्ठ, सुशीला नेपाल, पासाङ शेर्पा, खिमलाल भट्टराई, विनोद श्रेष्ठ, सुजिता शाक्य सदस्य रहेका छन्। कमिटीको सचिवमा शेरबहादुर तामाङ छन्।

विधान महाधिवेशनमा केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्य, केन्द्रीय निकाय, विभाग, प्रदेश कमिटी, जिल्ला कमिटी, निर्वाचन क्षेत्रको प्रतिनिधि, संघीय र प्रदेशका सांसद, स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरू र केन्द्रले मनोनीत गर्ने १० प्रतिशतसमेत गरी पाँच हजारभन्दा बढी संख्यामा प्रतिनिधिहरुको सहभागिता रहनेछ।

एमाले छाडेर माधवकुमार नेपालसहितका केही नेताहरुले छुट्टै पार्टी दर्ता गरेको परिस्थितिमा हुन लागेको विधान महाधिवेशनले अबको एमाले कस्तो हुन्छ भन्ने पनि प्रस्ट हुने नेताहरुको भनाइ छ।

पाँच हजारभन्दा बढी प्रतिनिधिको व्यवस्थापन
विधान महाधिवेशनमा पाँच हजारभन्दा बढी संख्यामा प्रतिनिधिहरु सहभागी हुने जनाइएको छ। सोही संख्याको व्यवस्थापनका लागि सम्मेलन केन्द्रमा आवश्यक तयारी गरिएको छ।

‘भुगोल, जनसंगठन, पेसागत संगठन, प्रवास संगठनबाट सहभागी हुने प्रतिनिधि छनोट भइरहेको छ। समावेशीका आधारमा महिला, दलित, जनजातिको पनि उल्लेख्य सहभागिता हुने गरेर योजना बनाइएको छ,’ भट्टराईले भने, ‘त्यसैले पाँच हजारभन्दा बढी नै सहभागी हुन्छन्।’

Ncell 2
Ncell 2
nimb
nimb

सो संख्याका प्रतिनिधिहरुका लागि सम्मेलन केन्द्रको हलभित्र तीन हजार कुर्सी राखिएका छन् भने त्यस बाहिर दायाँबायाँ एक-एक हजारका हिसाबले कुर्सी राखेर व्यवस्थापन गरिएको छ। त्यस्तै अरु प्रतिनिधिहरुको लागि पछाडितिरको बाल्कोनी जस्तो भागमा आवश्यक व्यवस्थापन गर्ने तयारी गरिएको छ।

बिहान ९ देखि ११ बजे खाना समय
विधान महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुलाई समयमा नै कार्यक्रम स्थलमा पुग्नुपर्ने निर्देशन दिइएको छ। मिडिया संयोजक भट्टराईका अनुसार सम्मेलन केन्द्रमा बिहानको खाना र दिउँसोको खाजाको व्यवस्था गरिएको छ।

विधान महाधिवेशनमा एमाले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रस्ताव र उपमहासचिव एवं संगठन विभाग प्रमुख विष्णु पौडेलको विधान संशोधन प्रस्तावमाथि छलफल हुनेछ। यी तीनवटै प्रस्तावमा समूहगत छलफल गराउने एमालेले जनाएको छ।

‘बिहानको खाना र दिउँसोको खाजा हामीले सम्मेलन केन्द्रमा नै खुवाउने छौं,’ उनले भने, ‘साँझको खानाचाहिँ प्रतिनिधिहरुले बसेको ठाउँमा खानुहुन्छ।’

Xtrem

Xtrem

खाना र खाजा खुवाउनका लागि क्याटरिङ व्यवसायीहरुसँग टेन्डर मागिएको छ। सम्मेलन केन्द्रमा सहभागीहरुलाई बिहान ९ बजेदेखि ११ बजेसम्मको समय खानाका लागि निर्धारण गरिएको छ। ११ बजेदेखि दिनभर छलफल भएर साँझ ५ बजे सम्पन्न गर्ने कार्यतालिका बनाइएको छ। दिउँसो एक घण्टा भने प्रतिनिधिहरुलाई खाजा खानका लागि समय तोकिएको छ। 

आवासको व्यवस्थापन प्रदेश कमिटीले गर्ने
महाधिवेशनमा उपस्थितहरुको आवासको व्यवस्थापन प्रदेश कमिटीले नै गर्ने प्रबन्ध मिलाइएको छ।

‘काठमाडौंमा सम्पर्क मञ्चको सहयोग लिएर प्रदेश कमिटीले व्यवस्थापनको काम गर्नुहुन्छ। केन्द्रको तर्फबाट गर्नैपर्ने थोरै केही संख्यामा नगरी नहुने आवासको व्यवस्थापन मात्रै गर्छौं,’ उनले भने, ‘गोदावरी क्षेत्रमा धेरै सहभागी बस्दैनन्। ५०० बेड क्षमता मात्रै रहेको देखिन्छ। काठमाडौंमा बस्ने व्यवस्था नभएकाहरुको हकमा मात्रै त्यहाँ राखिन्छ।'

सहभागीहरुमध्ये धेरैजसो आ-आफ्नो नाता सम्बन्ध र साथीभाइहरुसँग नै बस्छन् भन्ने आफूहरुको आकलन रहेको भट्टराईले बताए।

स्यानिटाइजर र मास्क अनिवार्य
महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुलाई स्वास्थ्यका दृष्टिकोणले स्यानिटाइजर र मास्क भने अनिवार्य गरिएको छ। सम्मेलन केन्द्रमा सहभागी हुनेहरुको अनिवार्य रुपमा स्वास्थ्य जाँच गर्ने व्यवस्था पनि मिलाइएको छ। कार्यक्रमस्थलमा प्रवेश गर्नुपूर्व नै सबैको ज्वरो नापिनेछ।

‘खोप लगाइसकेका नै धेरै प्रतिनिधि सहभागी हुन्छन् भन्ने हाम्रो बुझाइ हो,’ भट्टराई भन्छन्, ‘त्यसबाहेक पनि कार्यक्रम स्थलमा भौतिक दूरी कायम गर्ने गरेर व्यवस्थापन गरिरहेका छौं।’

सातदोबाटोदेखि कार्यक्रमस्थलसम्म बसको व्यवस्था
आयोजक एमालेले देशभरबाट विधान महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरुलाई कार्यक्रमस्थलसम्म जान र फर्किनका लागि बसको व्यवस्था गर्ने भएको छ। ललितपुरको सातदोबाटोदेखि बसको व्यवस्था गरिएको एमालेले जनाएको छ।

‘प्रतिनिधिहरु सातदोबाटोसम्म आफ्नो हिसाबले जानुहुन्छ। त्यहाँबाट हामीले गरेको व्यवस्थापनबाट कार्यक्रमस्थलतर्फ जानुहुन्छ,’ उनले भने, ‘निजी सवारीसाधनमा जानेहरु आफ्नो हिसाबले जानुहुन्छ। ट्राफिक व्यवस्थापन मिलाउने प्रयास गरेका छौं।’

प्रतिनिधिहरुलाई असोज १४ गतेसम्म काठमाडौं आइपुग्न भनिएको छ।

प्रमुख स्थानमा डिजिटल बोर्डमा लाइभ
पार्टी इतिहासमा नै पहिलोपटक आयोजना गर्न लागेको विधान महाधिवेशनलाई प्रविधिको सहायतामा थप भव्य बनाउने उद्देश्य लिएको छ। विभिन्न स्थानमा डिजिटल बोर्डबाट महाधिवेशनका गतिविधि प्रत्यक्ष प्रसारण गर्ने तयारी छ।

त्यसका लागि काठमाडौं उपत्यकाका विभिन्न स्थानमा राखिएका बोर्डमार्फत् लाइभ गर्ने आवश्यक तयारी गरिएको विधान महाधिवेशन आयोजक कमिटीका मिडिया संयोजक भट्टराईले जानकारी दिए।

‘प्रचारप्रसारका लागि वाल पेन्टिङलगायतको काम हामी गर्दैनौं। डिजिटल बोर्डको प्रयोग गरेर प्रचारप्रसार गर्छौं। सञ्चार क्षेत्रको सहयोग पनि हुन्छ,’ उनले भने, ‘भव्य र ऐतिहासिक विधान महाधिवेशन गर्ने हाम्रो लक्ष्य छ। यो ऐतिहासिक रुपमा सम्पन्न हुन्छ।’

तीन दस्तावेजमाथि छलफल
विधान महाधिवेशनमा एमाले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रस्ताव र उपमहासचिव एवं संगठन विभाग प्रमुख विष्णु पौडेलको विधान संशोधन प्रस्तावमाथि छलफल हुनेछ। यी तीनवटै प्रस्तावमा समूहगत छलफल गराउने एमालेले जनाएको छ।

‘हाम्रो पार्टी मात्रै होइन, कुनै पनि राजनीतिक दलले यसरी विधान महाधिवेशन गरेका छैनन्,’ भट्टराई भन्छन्, ‘राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनमा मात्रै केन्द्रित हुने भएकाले नीति र विधिमा बढी केन्द्रित हुनुपर्छ भनेर यो महाधिवेशन गर्न लागिएको हो।’

मंगलबार विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँगको छलफलमा पनि अध्यक्ष ओलीले विधान महाधिवेशनले पार्टीको नीति र विधिका बारेमा छलफल गर्ने र आसन्न दशौं राष्ट्रिय महाधिवेशनमा त्यसकै आधारमा नेतृत्व चयन हुने बताएका थिए।

प्रकाशित मिति: बुधबार, असोज १३, २०७८  ०७:५६
  • #एमाले_विधान_महाधिवेशन_२०७८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
बीपी अनमोल
लेखकबाट थप
कानुनविद्का तीन तर्क, कहिले सकिन्छ सांसदहरुको कार्यकाल?
शेरबहादुर कुँवरः अछामदेखि श्रम मन्त्रालयको नेतृत्वसम्म 
संसद्‌मा विचाराधीन नागरिकता विधेयक यसपटक पारित होला?
सम्बन्धित सामग्री
जिल्लापछि प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, २१ असोजमा एकैदिन प्रदेश अधिवेशन गर्ने मंसिर २६ देखि २८ गतेसम्म काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको राप्रपाले भदौ मसान्तभित्र ७२ जिल्लाको अधिवेशन सम्पन्न गरि... बुधबार, असोज ७, २०८३
प्रतिनिधि सभामा ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत बैठकमा उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावको विरोधमा कुनै पनि सूचना प्राप्त नभएपछि मन्त्री लम्सालले विधेयक पेश गरेका हु... बुधबार, असोज ७, २०८३
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ बुधवार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै मन्त्री श्रेष्ठले बेपत्ताहरूको खोजी कार्य जारी राख्दै प्रभावितहरूको जीवन साम... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
जिल्लापछि प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, २१ असोजमा एकैदिन प्रदेश अधिवेशन गर्ने बुधबार, असोज ७, २०८३
बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान बुधबार, असोज ७, २०८३
प्रतिनिधि सभामा ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत बुधबार, असोज ७, २०८३
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ बुधबार, असोज ७, २०८३
हितेन्द्रदेव शाक्यलाई पुनर्बहाली गर्न माग, सर्वोच्चले माग्यो सरकारको जवाफ बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्