काठमाडौं- निम्बसले भेस्टगार्डको जीरोफ्लाइ प्रविधियुक्त 'नो-किरा' बोराको उत्पादन सुरु गरेको छ।
अन्न, बीज र दाललाई सुरक्षित भण्डारण गर्ने जीरोफ्लाइ एक परिवर्तनकारी प्रविधि भएको कम्पनीको दाबी छ। साना तथा मझौला किसान र व्यापारीहरुलाई किरा प्रभावित स्थानमा पनि यस झोलामा भण्डारण गर्दा जोखिम नहुने कम्पनीले बताएको छ।
'नो-किरा बोराले किसान, व्यापारी र मिल सञ्चालकहरुलाई किरारहित भण्डारण गर्ने सुविधा दिन्छ। यस झोलाको हरेक रेसामा रहेको कीटनाशकले किरा लाग्नबाट जोगाउँछ र उत्पादनको प्रभावकारिता वृद्धि गर्छ,' कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
यस झोला बनाउन प्रयोग गरिएको कच्चा पदार्थ विश्व खाद्य संगठन र विश्व स्वास्थ्य संगठनको मान्यताप्राप्त भएको कम्पनीले जनाएको छ। यसलाई कोडेक्स, अमेरिका र यूरोपियन यूनियनले खाद्य सुरक्षाभित्र वर्गीकृत गरिएको उसको दाबी छ।
'थुप्रै विकसित राष्ट्रहरूमा आफ्नो प्रभावकारिता देखाइसकेको यो उच्च प्रविधि १० वर्षको अनुसन्धान र विकासको प्रतिफल हो,' कम्पनीको भनाइ छ, 'नो-किरा झोलाले बीउ र अन्नमा हुने घाटालाई कम गर्छ। कम्पनीलाई विश्वास छ यस उत्पादनले नेपाली बजारमा छिट्टै स्थापित गर्नेछ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।