काठमाडौं- डिस मिडिया नेटवर्क लिमिटेडले दसैंलगायत चाडपर्वको अवसरमा ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजना सञ्चालनमा ल्याएको छ।
यही असोज ११ गतेदेखि लागू हुने यो योजनाअन्तर्गत डिसहोमको नयाँ कनेक्सन लिने चार जना भाग्यशाली ग्राहकले स्पेन घुम्न जान पाउने कम्पनीले जनाएको छ। साथै हरेक नयाँ कनेक्सनमा ग्राहकहरूले दुई हजार रुपैयाँको लालिगा सिजन टिकट पनि निःशुल्क प्राप्त गर्ने कम्पनीको भनाइ छ।
‘स्पेन जाने चार भाग्यशाली विजेताको छनोट लक्की ड्रमार्फत् गरिने छ। लक्की ड्रको प्रत्यक्ष प्रसारण रामाइलो टिभी, सरोकार टिभी, रियालिटी टिभी र डिसहोमको अन्य च्यानलहरूमा हुनेछ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
यो योजना प्रभु टीभी, सिम टीभी र डिसहोम फाइबरनेटको जडानमा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ। यो योजना नेपालभर सीमित अवधिको लागि लागू हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।