• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

स्वस्थ मानिस प्रशन्न हुन्छ, के तपाईं खुसी देखिनुहुन्छ?

डा. कपिलदेव उपाध्याय बुधबार, असोज १३, २०७८  ०७:००
1140x725

ह्याप्पिनेस इज हेल्दी। अर्थात् प्रशन्नता नै स्वास्थ्य हो। यदि तपाईको मन प्रशन्न छ भने स्वास्थ्य पनि राम्रो छ। प्रशन्न मन वा चित्त हुनेहरुको शरीरको सबैभन्दा सानो कोष स्वस्थ हुन्छ, शरीरका अंगहरु स्वस्थ हुन्छन्।  विभिन्न शारीरिक रोगहरुबाट जोगाउने रोग प्रतिरोधी क्षमता बलियो हुन्छ।

प्रशन्न चित्त हुनेहरु आफ्नो काम जोश र जाँगरले चाख लिएर गर्छन्, गरेको काम राम्रो हुन्छ। ध्यान दिएर गर्ने हुँदा गल्ती कम हुन्छ, र तोकिएको समयमै काम सम्पन्न गर्छन्।

मानव विकासको क्रम हेर्ने हो भने जंगलमा वा गुफामा बस्थे। कन्दमूल र जनावरहरुको शिकार गरेर जीवन धान्थे। सधैँ वन्यजन्तुबाट आक्रमण हुन्छ कि वा कुनै अर्को समूहसँग लड्नु पर्छ कि भन्ने डर र त्रासमा बाँच्थे। त्यस बेलादेखि अहिलेसम्म पनि  मानिस कसरी बाँच्ने र कसरी सुरक्षित रहने भन्ने सोचमा छ। मानिसमा मात्र नभएर सबै प्राणीमा सुखसँग बाँच्ने र अरुको आक्रमणबाट जोगिने  चाहना हुन्छ।

डा. कपिलदेव उपाध्याय

विकासको क्रममा जे जस्तो अनुभव मानिसहरुले गरे त्यसै अनुरुप मष्तिस्कको विकास हुँदै गएको देखिन्छ। त्यसैले भन्ने गरिन्छ, ‘हाम्रो दिमाग बाँच्न र जोगिन निर्माण गरिएको हो, शान्ति र खुशीका लागि होइन।’ आन्तरिक द्वन्द्व, युद्ध, झगडा र कुटपिट तथा अरुभन्दा आफू अगाडि बढ्न प्रयास गर्ने बानी सायद मष्तिस्कको विकास र आफू राम्रोसँग बाँच्ने प्रयाससँग सम्बन्धित छ।

आजको युगमा जंगलमा बस्ने बेलाको जस्तो असुरक्षा छैन, तर मानिस पूर्ण रुपमा सुरक्षित छ भन्ने अवस्था पनि छैन। चोरी, डकैती, गुण्डागर्दी, दमन, घरेलु हिंसा, यौन हिंसा, बलात्कार, जस्ता घटना एकातिर छन् भने आतंकवादी गतिविधि र आफू आफू नै लड्ने, एउटा समुदाय, जात वा वर्गले अर्कोलाई खतम पार्न खोज्ने क्रम घटेको छैन। हातहतियार बनाउने र बेच्ने होडबाजी त छँदैछ। अर्थात्, मानवमा अहिले बाँच्ने र जोगिनेमा खासै फरक आएको छैन। सबभन्दा बढी डर पैदा गर्ने कारण पनि यी दुई  हुन्। नकारात्मक सोचहरु बढी आउने कारण यस्तै विभिन्न डर, त्रास र असुरक्षा नै हो।

Ncell 2
Ncell 2
nimb
nimb

मानिस चाहन्छ खुसी, आनन्द, प्रशन्नता, सुरक्षा आदि। मष्तिष्कको ‘प्रोग्रामिङ’मा बाँच्ने र जोगिने भएकाले यसलाई ‘रि–प्रोग्रामिङ’ गरे मात्र खुशी र आनन्द प्राप्त गर्न सकिन्छ। मेरो मन खुसी भइरहोस् भन्ने चाहना गर्दैमा प्राप्त हुने होइन।  यसको लागी नियमित अभ्यास र प्रयासको आवश्यकता छ।

जस्तो अनुभव मष्तिष्कले गर्छ त्यस्तै किसिमको परिवर्तन मष्तिष्कमा हुन्छ भन्ने विज्ञानले प्रमाणित गरिसकेको छ। त्यसो भए सकारात्मक सोचको लागि, खुसीको लागि, प्रशन्न चित्तको लागि के–कस्ता क्रियाकलापहरु गर्‍यो भने परिवर्तन ल्याउन सकिन्छ त?

  • आफ्नो असल मित्रहरुसँग मित्रता कायम राखिराख्ने।
  • नयाँ– नयाँ कुराहरु सिक्ने, सिर्जनशील कार्य गर्ने प्रयास गरिरहने।
  • दुःखमा परेको, अप्ठेरोमा परेको व्यक्तिलाई सहयोग गर्ने।
  • अरुहरुको सधैं राम्रो होस् भन्ने चाहना राख्ने।
  • जे र जस्तो छ त्यसमा चित्त बुझाउने, रमाउन सिक्ने र खुसी हुने। सकभर सरल तरिकाले जीवन जीउने।
  • आनन्दसँग रमाएका दिनहरुको बेला बेलामा सम्झना गर्ने, कल्पना गर्ने र खुसी भएको अनुभव गर्ने।
  • राति सुत्ने बेलामा आज मैले के–के राम्रो काम गरें भन्ने सम्झने। मन पर्छ भने नोटबुकमा लेख्ने गरे पनि हुन्छ।
  • बिहान उठेर आजको दिन राम्रोसँग बिताउँछु, आज रिसाउँदिन, रिस उठिहाले पनि नियन्त्रण गर्छु भन्ने प्रण गर्ने।

दलाइ लामा आफ्नो पुस्तक ‘एडभाइस अन डाइङ’मा दिमागले शान्त, आराम र खुशी महसुस गरेको छ भने मात्रै खाना मीठो लाग्छ र लगाएको मन पर्छ भनेका छन्। हुन पनि हो, हामीलाई डर छ, त्रास छ, मन दुखी छ, शंका छ भने हामीले खान, लाउन र खुसीसँग जीवन बिताउन पनि सकिरहेका हुदैनौं। मन खुसी छ भने, प्रशन्न छ भने हामी जीवन रमाएर बिताउन सक्छौं।

Xtrem
Xtrem

यहाँ सधै अरु प्रति राम्रो भाव राख्ने र अरुको सधै राम्रो होस् भन्ने भावना ल्याउन निकै कठिन छ। आफूलाई राम्रो गर्नेहरु, माया गर्नेहरुप्रति त यो भावना प्राय आउँछ नै। तर, आफूलाई नराम्रो गर्ने, कुभलो चिताउने सधैं कुरा काट्ने कसरी दुःख दिउँ भन्नेहरुप्रति पनि सदभाव राख्ने, उनीहरुको राम्रो चिताउने र बदलाको भावना मनमा आउन नदिने प्रयास निरन्तर गर्नुपर्छ।

रिस र घृणा गर्ने कारण नै चित्त प्रशन्न राख्नको लागि बाधक हुँदो रहेछ। रिस र घृणा गर्नेहरुको मस्तिष्क अझ बढी रिस र घृणा गर्न सक्ने हुँदो रहेछ भने अरुले जे जस्तो गरे पनि आफूले उनीहरुको राम्रो होस् भन्ने प्रयास गरी राख्यो भने मस्तिष्कमा पनि त्यस्तो गर्न सक्ने क्षमता बढ्दो रहेछ।

शाक्यमुनि वुद्धले भन्नु भएको र अति नै महत्वपूर्ण मानिएको एउटा भनाई छ, ‘घृणाले संसारमा घृणाको अन्त्य गर्न सकिँदैन। घृणाको अन्त्यका लागि प्रेम चाहिन्छ।’ यसलाई पालन गर्न सकियो भने मात्रै द्वेष र घृणाको चक्रबाट मुक्त हुन सकिन्छ। द्वेष र घृणा छैन भने त मन प्रशन्न र शान्त हुन्छ।

मन खुसी हुने भनेको जति बेला पनि हाँस्न मन लाग्ने र विनाकारण प्रशन्न भइरहने भन्न खोजेको होइन। मनमा चिन्ता, डर, दुःख जस्ता भावना हुँदैनन् र मन शान्त हुन्छ, आनन्दको अनुभव हुन्छ भनेको हो। मन तनावरहित र शान्त हुन्छ, आनन्दको अनुभव हुन्छ भने यसले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ।

प्रकाशित मिति: बुधबार, असोज १३, २०७८  ०७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्