काठमाडौं– आइएमई ग्रुपद्वारा सञ्चालित ‘आइएमई पे’को दसैका अवसरमा उपहार योजना सञ्चालन गरेको छ।
दसैंको झट्का नाममा सञ्चाचलन गरिएको योजनाअन्तर्गत आइएमई पे वालेटबाट हवाई टिकट खरिद गर्दा ५० प्रतिशतसम्म क्यासब्याक पाइने जनाइएको छ।
असोज ११ देखि १४ गतेसम्म हरेक दिन दिउँसो १ बजेदेखि १ घण्टाका लागि लागू गरिएको स्किम अन्तर्गत क्यासब्याकको सीमा २ हजार रुपैयाँसम्म राखिएको छ। यो अफर मात्र पहिलो १ सय खरिदकर्ताका लागि प्रत्येक दिन फ्लैश बिक्रीको समयमा उपलब्ध गराइनेछ।
आइएमई डिजिटल सोलुसन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बिकास नाहाटाले हवाई टिकट ‘आइएमई पे’को भुक्तानी सेवासँगै तीन दिनका लागि ५०% क्यासब्याकको योजना पनि सुुरु भएको हुँदा आइएमई पेबाट भुक्तानी गरी सेवाग्राहीहरुले अधिकतम फाइदा लिनेमा आफू विश्वस्त रहेको बताए।
यो स्किम आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा ल्याइएको हो र सदाझैंै यो स्किममा पनि नियम र सर्तहरु लागू हुनेछन्। सबै प्रयोगकर्ताहरु आइएमई पेको माध्यमबाट हवाई टिकट खरिदमा फ्लैश बिक्री क्यासब्याकका लागि योग्य छन्। आइएमई पे प्रयोगकर्ताले हवाई टिकट खरिद गरेको २४ घण्टाभित्र क्यासब्याक प्राप्त हुने कम्पनीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।