• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

अध्यादेश फिर्ता हुँदा एकीकृत समाजवादीको वैधता र अदालतको मुद्दामा असर पर्छ?

64x64
बीपी अनमोल सोमबार, असोज ११, २०७८  १५:३६
1140x725
सत्तारूढ गठबन्धनको बैठक। फाइल तस्बिर।

काठमाडौं- आइतबार सत्ता गठबन्धन दलहरूको बैठकमा राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता लिने सहमति भयो। संसद्को अधिवेशन चलिरहेको समयमा सरकारवादी मोर्चाका बीचमा यस्तो सहमति भएको थियो।

संसद्‌मा राजनीतिक दल सम्बन्धी ऐनको प्रतिस्थापन विधेयक दर्ता गरेर अघि बढाउने भन्दा सत्तारुढ गठबन्धनले त्यसलाई फिर्ता लिन सहज हुने महसुस गरेर यस्तो सहमति गरेको देखिन्छ। सोमबार मात्र प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्यो। राष्ट्रिय सभाले बजेटका दुई बाँकी अध्यादेश पारित गर्‍यो भने प्रतिनिधि सभाले त्यसलाई स्वीकार गर्ने निर्णय गर्‍यो।

यही पेरिफेरि चलिरहँदा सरकारले  दल विभाजन सम्बन्धी अध्यादेश फिर्ता लिएर मन्त्रिपरिषद् विस्तार गर्ने सहमति गरेको कुरा आइरहेको छ। यसका लागि सरकारले संसद्को चलिरहेको अधिवेशन अन्त्य गर्नुपर्ने छ। आजै ४ बजेका लागि मन्त्रिपरिषद् बैठक पनि बोलाइएको छ। मन्त्रिपरिषद् बैठकले संसद्को अधिवेशन अन्त्य गर्दै भदौ १ गते ल्याइएको राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश फिर्ता लिने चर्चा सुरु भएको छ। यो अध्यादेश कायम रहँदा मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन। खासगरी सत्तागठबन्धनका दुई पार्टी नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको दुईथरी अडानका कारण मन्त्रिपरिषद् विस्तार हुन नसकेको हो।  

७७ दिनअघि प्रधानमन्त्रीमा नियुक्त भएका शेरबहादुर देउवा नेतृत्वको सरकार पाँच सदस्यीय मन्त्रीमण्डलको भरमा सरकार सञ्चालन गरिरहेको छ। एकीकृत समाजवादीले अध्यादेश फिर्ता लिन नहुने भन्दै आएको छ भने जसपाले भने फिर्ता लिएर मात्र मन्त्रिपरिषद् विस्तार गर्नुपर्ने भन्दै आएको छ। सोमबार बिहान बसेको सत्ता गठबन्धनको प्रमुख दल माओवादी केन्द्रको स्थायी समिति बैठकले पनि अध्यादेशको प्रक्रिया समाप्त गरेर मन्त्रिपरिषद् विस्तार गर्नुपर्ने भनि आवाज उठेको थियो। 

मुद्दा विचारधीन रहेकै अवस्थामा फिर्ता लिँदा त्यसले पार्टीको वैधानिकतामा समस्या ल्याउने भन्दै नेकपा एकीकृत समाजवादीले असहमति राखेको थियो। उता जसपाले अध्यादेश कायम रहेमा आफ्नो पार्टी फेरि पनि विभाजन हुनसक्ने त्रासका कारण रोक्दै आएको छ। एकीकृत समाजवादीले अध्यादेश तत्काल फिर्ता लिन नहुने र जसपाको फिर्ता लिनुपर्ने अडानकै चेपुवामा मन्त्रिपरिषद् विस्तार पनि परेको थियो।

अध्यादेश फिर्ता हुँदा एकीकृत समाजवादीलाई समस्या हुन्छ? 
अध्यादेश सम्बन्धी दुई मुद्दा सर्वोच्चमा विचाराधीन रहेका छन्। एउटा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको र अर्को सार्वजनिक सरोकार अन्तर्गत संवैधानिक इजलासमा विचाराधीन रहेको मुद्दाको अन्तिम फैसला हुन बाँकी छ। एमाले अध्यक्ष ओलीले एकीकृत समाजवादी दर्ता प्रक्रियालाई चुनौती दिएको छ भने अध्यादेशलाई पनि कानुनी व्याख्याको  प्रश्न बनाएको छ।

संवैधानिक इजलासमा रहेको मुद्दामा गत शुक्रबार अन्तरिम आदेश जारी नहुने भनेकाले तत्काल यसले ठूलो असर पार्ने भने देखिदैन। तर, एमाले अध्यक्ष ओलीको मुद्दा भने छिटै पेसीमा आउने भएकाले समस्या हुनसक्ने भन्दै एकीकृत समाजवादीले गठबन्धनमा यसलाई रोक्न माग गरेको थियो। यही कारण मन्त्रिपरिषद् विस्तार पनि रोकिएको थियो। 

तर, अब भने दलहरूबीच अध्योदश फिर्ता लिने सहमति भइसकेकाले त्यसले केही सहज हुने देखिएको छ। एकीकृत नेकपा समाजवादीका महासचिव वेदुराम भुसाल सहमतिकै आधारमा अध्यादेश फिर्ता लिन लागिएको बताए।

Ncell 2
Ncell 2
nimb
nimb

‘भइसके पछि जे हुन्छ हुन्छ। फिर्ता गर्नुहुन्न भन्ने होइन तर, अदालतमा मुद्दा भएकाले हामीले प्रभावित हुन्छ कि भनेका थियौं’, उनले भने, ‘मिलाएर गरौं भन्ने थियो। सल्लाह भएर नै फिर्ता लिने भन्ने कुरा भएको छ।’  

एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधर पनि अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि परिस्थिति बद्लिएको बताउँछन्। ‘फिर्ता लिने आफ्नै प्रक्रिया हुन्छ। संसद्‌मा दर्ता भएर गइसकेपछि कसैले फिर्ता लिएर पनि हुँदैन। हाम्रो तर्फबाट फिर्ता लिने विषयमा कुनै समस्या छैन,’ उनले भने।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी सरकारले अध्यादेश फिर्ता लिएपनि क्रियाशील हुँदा भएका काम कारबाही आफैं निष्प्रभावी नहुने बताउँछन्। उनले सरकारले जहिले पनि अध्यादेश फिर्ता लिन सक्ने बताए।

‘संवैधानिक परिषद् सम्बन्धी जुन अध्यादेश ल्याएर नियुक्त गरिएको थियो। सरकार परिवर्तन भएपछि अध्योदश त फिर्ता भइसक्यो’, उनले भने, ‘फिर्ता लिए पनि नियुक्त भएका पदाधिकारी स्वतः बदर भएनन्। सक्रिय र बहाल रहेका बेला भएका काममा असर पर्दैन।’

Xtrem

Xtrem

संविधानविद चन्द्रकान्त ज्ञवाली अध्यादेश फिर्ता लिने वा निष्कृय पार्नु भन्दा प्रतिस्थापन विधेयक संशोधनसहित ल्याएको खण्डमा त्यसको वैधता बढी हुने बताउँछन्।

‘प्रतिस्थापन विधेयक संशोधनसहित आयो भने त्यसको वैधता बढी हुन्छ असर गर्दैन। पार्टी फुट्नबाट पनि जोगिन्छ र फुटेको पनि वैधता प्राप्त गर्छ’, उनले भने, ‘अध्यादेश आएर त्यो काम सम्पन्न भएपछि वैधता भइहाल्छ। बाँकी काम छ भने त वैधता हुँदैन।’ 

अध्यादेश फिर्ता भइसकेपछि त्यसकै आधारमा पार्टी विभाजन हुन भने नपाउने उनको भनाइ छ। उनले अदालतमा विचाराधीन रहेको मुद्दाका विषयमा भने अदालतले नै व्याख्या गर्ने बताए। ‘अध्यादेश नै फिर्ता भइसकेपछि के हुने भन्ने त अदालतले व्याख्या गर्ने कुरा भयो,’ उनले भने।  

फिर्तासँगै जगाउने अध्यादेश आउनुपर्ने 
सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेशमा २० प्रतिशत सांसद वा केन्द्रीय सदस्य भएमा दल विभाजन हुन सक्ने व्यवस्था बनाएकाले त्यसलाई फिर्ता लिन मन्त्रिपरिषद्‌बाट सिफारिस गरि राष्ट्रपतिले जारी गरेमा यो अध्यादेश स्वत: निस्क्रिय हुने छ।

तर, पुरानै व्यवस्थामा फर्काउनका लागि सँगै जगाउने अध्यादेश पनि जारी हुनुपर्ने छ। उक्त अध्यादेश फेरि संघीय संसद्‌मा पेस हुने छ। जगाउने अध्यादेश जारी नभएमा कानुन रिक्तता हुने भएकाले सरकारले फिर्तासँगै यो अध्यादेश पनि सिफारिस गर्नुपर्ने छ।

राष्ट्रपति कार्यालयबाट फिर्ताको निर्णय नभएसम्म संशोधन अध्यादेश नै लागू नहुने भएकाले गठबन्धनले त्यसलाई राजपत्रमा प्रकाशित गरेपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको छ।

प्रकाशित मिति: सोमबार, असोज ११, २०७८  १५:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
बीपी अनमोल
लेखकबाट थप
कानुनविद्का तीन तर्क, कहिले सकिन्छ सांसदहरुको कार्यकाल?
शेरबहादुर कुँवरः अछामदेखि श्रम मन्त्रालयको नेतृत्वसम्म 
संसद्‌मा विचाराधीन नागरिकता विधेयक यसपटक पारित होला?
सम्बन्धित सामग्री
जिल्लापछि प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, २१ असोजमा एकैदिन प्रदेश अधिवेशन गर्ने मंसिर २६ देखि २८ गतेसम्म काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको राप्रपाले भदौ मसान्तभित्र ७२ जिल्लाको अधिवेशन सम्पन्न गरि... बुधबार, असोज ७, २०८३
प्रतिनिधि सभामा ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत बैठकमा उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावको विरोधमा कुनै पनि सूचना प्राप्त नभएपछि मन्त्री लम्सालले विधेयक पेश गरेका हु... बुधबार, असोज ७, २०८३
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ बुधवार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै मन्त्री श्रेष्ठले बेपत्ताहरूको खोजी कार्य जारी राख्दै प्रभावितहरूको जीवन साम... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
जिल्लापछि प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, २१ असोजमा एकैदिन प्रदेश अधिवेशन गर्ने बुधबार, असोज ७, २०८३
बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान बुधबार, असोज ७, २०८३
प्रतिनिधि सभामा ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत बुधबार, असोज ७, २०८३
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ बुधबार, असोज ७, २०८३
हितेन्द्रदेव शाक्यलाई पुनर्बहाली गर्न माग, सर्वोच्चले माग्यो सरकारको जवाफ बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्