काठमाडौं– मध्य बानेश्वरस्थित केएफए बिजनेस स्कुलले, ‘बीसीएस आइटी’ नामक नयाँ कार्यक्रम घोषणा गरेको छ।
शिक्षा क्षेत्रमा विगत २१ वर्ष देखिको अनुभव रहेको केएफएले विश्वजगतमा आइटीको महत्व बढेसँगै आफ्नो नयाँ आयाम थपेको हो।
‘भिजन बियोंड द बक्स’ भन्ने नारालाई आत्मसाथ गर्दै शिक्षा, तालिम र परामर्शमा आफूलाई अब्बल साबित गरेको स्कुलले जनाएको छ।
स्कुलले शैक्षिक क्षेत्र अन्तर्गत एमबिए प्लस र बि एच एम कार्यक्रम संचालन गर्दै आइरहेको छ। यस संस्थाले लिंकन विश्वविद्यालय अन्तर्गत ९ स्तम्भसहितको नयाँ बीसीएस आइटी कार्यक्रम नेपालमै पहिलो पटक ल्याएको बताएको छ।
विभिन्न आइटी वा कोर्पोरेट कम्पनीहरुसँगको समन्वयमा तालिमको अवसर, कार्यक्रमलाई प्रभावकारी बनाउन भर्चुअल ल्याबको व्यवस्था, विषयगत र व्यावहारिक ज्ञानका लागि एकै पटक दुई प्राध्यापकको नीति, विद्यार्थीहरुलाई सर्टिफाइएड आइटी तालिम, व्यवस्थापन सम्बन्धी विभिन्न क्र्यास कोर्षहरु, विन्न व्यावसायिक सीप विकास सम्बन्धी तालिम, जागिरको अवसर वृद्धिका लागि व्यवस्थामा सक्षम बनाउने स्कुलले विश्वास लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।