काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले सम्पत्ति शुद्धीकरण र भ्रष्टाचार निवारण ऐनसँग बाझिने वा उक्त ऐनले तोकेको भन्दा बाहिर गएर विधेयक तथा कानुन नल्याउने बताएका छन्।
सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले बजेटको प्रतिस्थापन विधेयकमा करको दायरा विस्तारका लागि ल्याएकोले ढुक्क हुन आग्रह गरे।
प्रतिपक्ष एमालेले राष्ट्रिय सभा बैठक सुरु भएलगत्तै यो विधेयकमा भएको व्यवस्थाले कालो धनलाई भित्राउने मौका दिने भन्दै आपत्ति प्रकट गरेका थिए। उक्त प्रश्नमा जवाफ दिँदै अर्थमन्त्री शर्माले सम्पत्ति शुद्धीकरण र भ्रष्टाचार निवारण ऐनसँग बाझिने वा उक्त ऐनले तोकेको भन्दा बाहिर गएर विधेयक तथा कानुन नल्याउने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।