काठमाडौं– नेपाली कांग्रेस भरतपुर महानगरको सभापतिमा चित्रशेन अधिकारी विजयी भएका छन्।
भरतपुर महानगर कार्यसमितिको सभापतिमा विजयी अधिकारी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन्।
कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आइतबार भएको स्थानीय तहको निर्वाचनमा उनी ६४९ मतसहित विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी भरत अधिकारीले ५४६ मत प्राप्त गरे। सभापतिका लागि पाँच जना चुनावी मैदानमा उत्रिएका थिए।
त्यसैगरी महानगरको उपसभापतिमा बुद्धिकान्त न्यौपाने विजयी बनेका छन्। उनले ६६१ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी विजय घलले ५५६ मत पाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।