काठमाडौं- आईएमएस लिटिल स्माइलस्ले दसैं पर्वको अवसरमा ‘बिग डिस्काउन्टस् बिग स्माइलस्’ अफर ल्याएको छ। यो दसैंमा आईएमएस लिटिल स्माइलस्ले 'बेस्ड डिल' र छुटको अफर ल्याएको हो।
साथै, कम्पनीले प्रिमियम बेबी ब्राण्ड र अन्य अन्तर्राष्ट्रिय ब्राण्डमा छुटको अफर सार्वजनिक गरेको छ।
आईएमएस लिटिल स्माइलस्ले ग्राहकलाई डा. ब्राउन, बीबीलुभ र ड्रिम बेबीजस्ता प्रडक्टहरुमा २५ प्रतिशतसम्मको छुटको अफर रहेको जनाएको छ। 'ग्राहकले पाँच हजार रुपैयाँभन्दा माथिको सामान खरिद गर्दा १० प्रतिशतसम्मको छुट पाउने छन्, साथै २० जना भाग्यशाली ग्राहकले एक हजार रुपैयाँ बराबरको स्मार्टडोको गिफ्ट कार्ड वा इनर्जाइजर पावर बैंक पाउने छन्,' कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
आईएमएस लिटिल स्माइलस्ले इनर्जाइजर पावर बैंक र लाइनरफ्लुक्स एयरफोनमा २५ प्रतिशतको छुटका साथै फिमी, डीजे आई ड्रोन, क्रने ह्यूमिडिफायर र एयर प्युरिफायरको खरिदमा पाँच प्रतिशतको छुट पाउने जनाएको छ। साथै, फिमी ड्रोनको खरिदमा दुई हजार रुपैयाँ बराबरको पावर बैंक निःशुल्क पाउने छन्।
'नेपालको पहिलो बेबिज र किड्स प्रिमियम मल्टी ब्राण्ड आउटलेट, आईएमएस लिटिल स्माइलस् दरबारमार्गस्थित दरबार मल र कमलपोखरीस्थित सिटी सेन्टरमा अवस्थित छ। मल्टी ब्राण्ड आउटलेटमा अन्तर्राष्ट्रिय ब्राण्डहरु डा. ब्राउन, बीबीलुभ, ड्रिमबेबी, हिमालयन बेबी केयर, क्रेन, फिमी, डीजे आई, इनर्जाइजर, लाइनरफ्ल्युक्स र अन्य ब्राण्डहरु उपलब्ध छन्,' कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।