काठमाडौं- आईएमईले पर्व लक्षित दसैंमा 'डबलको डबलको डबल अफर' अन्तर्गत पहिलो हप्ताको विजेता सार्वजनिक गरेको छ। सिस्टममा आधारित ‘लक्की ड्र’मार्फत् नतिजा सार्वजनिक गर्दा सेवाग्राहीद्वय क्रमशः केशव दमाई र विशाल अधिकारी विजेता घोषित भएका छन्।
कम्पनीले पानीपोखरी काठमाडौंमा अवस्थित आईएमई केन्द्रीय कार्यालयमा गत शुक्रबार आयोजित फेसबुक लाइभमार्फत् उक्त नजिता सार्वजनिक गरिएको थियो।
'उहाँहरूले संयुक्त अरब इमिरेट्स (यूएई) र कतारबाट अफर अवधिमा क्रमशः ४१ हजार ५०७ रुपैयाँ र ४८ हजार २० रुपैयाँ नेपालमा रहेका आफन्तलाई पठाउनुभएको थियो। अफरअनुसार आईएमईले उहाँहरू वा निजको सिफारिसमा उहाँहरूका निकटका आफन्तलाई क्रमशः ८३ हजार १४ रुपैयाँ र ९६ हजार ४० रुपैयाँ उपहारस्वरूप प्रदान गर्नेछ,' कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
आईएमईले सार्वजनिक गरेको पर्व लक्षित डबल डबलको डबल अफर यही असोज १ देखि कात्तिक २६ गतेसम्म चल्नेछ। अफरअन्तर्गत विदेशबाट पठाइएको रकम आईएमईका ३५ हजारभन्दा बढी एजेन्टहरु वा आईएमई पे मोबाइल वालेटमा प्राप्त गर्दा वा बैंक ट्रान्सफर गर्दा हरेक हप्ता दुई जनालाई पठाएको रकमको डबल, हरेक महिना दुई जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबल तथा बम्परमा एक जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबल (आठ गुणा) सम्म रकम पुरस्कार स्वरूप प्रदान गरिने कम्पनीले जनाएको छ। साथै, आईएमई पेमा रकम प्राप्त गर्दा २०० रुपैयाँ थप बोनसको व्यवस्था मिलाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।