काठमाडौं– धनुषामा सशस्त्र प्रहरी बलको टोलीले अवैध भारतीय रुपैयाँसहित १ जनालाई पक्राउ गरेको छ।
धनुषाको नगराइन नगरपालिका–८ अकौराबाट सशस्त्र प्रहरीको टोलीले ४ लाख भारतीय रुपैयाँसहित १ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत घर बताउने ५० वर्षीय रामबावु यादव रहेका सशस्त्र प्रहरीले जानकारी दिएको छ। सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट देवडियाबाट खटिएको सशस्त्र प्रहरीको टोलीले उनलाई नगदसहित पक्राउ गरेको हो।
साइकलमा सवार यादवलाई गस्तीमा खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा ४ लाख भारतीय रुपैयाँ फेला परेको हो।
पक्राउ परेका यादवलाई बरामद भारतीय रुपैयाँसहित आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको सशस्त्र प्रहरीले बलले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।