काठमाडौं– दशैं, तिहार र छठ लगायतका पर्वलाई लक्षित गर्दै टिभिएसले ल्याएको 'टिभिएस ६ प्राइजको सर्प्राइज' योजनाअन्तर्गत सप्तरीका राज कुमार साहले १० लाख रुपैयाँ हात पारेका छन्।
उनले टिभिएस अपाचे आरटीआर १६० ४भी किन्नु अगाडि नै ७ हजार रुपैयाँ पहिले नै हात पारिसकेका थिए। बाइक खरिद गर्ने क्रममा उनले १० लाख रुपैयाँ धनराशी हासिल गरेका हुन्।
१० लाख जितेपछि साहले भने, 'मलाई त पत्यारै लागेको थिएन १० लाख जित्दा, यो धनराशीले मेरो चाडपर्वलाई अझ बढी खुसीमय बनाएको छ।'
६ पटकसम्म उपहार जित्न मिल्ने यो उपहार योजनाअन्तर्गत ग्राहकहरूले विभिन्न टिभिएसका मोटरसाइकल तथा स्कुटरको खरिदमा हात खाली नहुनेगरी बिभिन्न आकर्षक तथा भव्य उपहारहरु प्राप्त गर्नेछन्। यो योजना यही भदौ १० गतेबाट प्रारम्भ भइ सम्पूर्ण चाडपर्वहरुको समापनपछि समाप्त हुनेछ। यो योजना मुलुकभरिका सम्पूर्ण टिभिएस सोरुमहरुमा उपलब्ध हुनेछ।
चाडपर्वको हर्षको समयमा ग्राहकको जीवनमा थप उत्साह भर्न यो योजनाले एक पटक, दुई पटक मात्र नभएर पुरै ६ पटकसम्म प्राइजको को सर्प्राइज प्रदान गर्ने कम्पनीको दाबी छ।
यस योजना अन्तर्गत ग्राहकले कुनै पनि बाइक तथा स्कुटर किन्दै नकिनी कम्पनीको बेवसाइटमा गएर १ लाख रुपैयाँसम्म जित्न सक्नेछन् भने सवारी खरिद गर्दा १० लाखसम्म नगद हात पार्न सक्छन्। यस्तै, दैनिक एक थान रियलमी सी–२० स्मार्ट फोन पनि यो योजनाअन्तर्गत ग्राहकले प्राप्त गर्न सक्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।