काठमाडौं- नेपाली कांग्रेसको गाउँ/नगर अधिवेशन अन्तर्गत चितवनमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष बलियो देखिएको छ।
अहिलेसम्म अधिवेशन सम्पन्न भएका पाँच पालिकामध्ये चार पालिकामा पौडेल पक्षका उम्मेद्वार विजयी भएका छन्।
माडी नगरपालिकामा पौडेल पक्षका कोमलनाथ भुसाल, कालिका नगरपालिकामा दीपेश्वर केसी र इच्छाकामना गाउँपालिकामा कृतिकुमार श्रेष्ठ नगर सभापतिमा निर्वाचित भएका छन्।
यस्तै, खैरहनी नगरपालिकामा पनि पौडेल पक्षकै गुणराज श्रेष्ठ निर्वाचित भएका छन्।
राप्ती नगरपालिकामा शेरबहादुर देउवा पक्षका देवेन्द्र लामा नगर सभापतिमा निर्वाचित भएका छन्।
यसैगरी, चितवनको भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकामा आज अधिवेशन हुँदैछ। भरतपुर महानगरपालिकामा देउवा पक्षबाट दुई र पौडेल पक्षबाट तीन जनाले सभापतिमा उम्मेद्वारी दिएका छन्।
देउवा पक्षबाट वचन कार्की र हिरामणि अधिकारी तथा पौडेल पक्षबाट चित्रसेन अधिकारी, भरत अधिकारी र अर्जुन रिजालले उम्मेद्वारी दिएका छन्।
रत्ननगर नगरपालिकामा देउवा पक्षबाट पक्षप्रह्लाद सापकोटा र पौडेल पक्षबाट रुपनराज घिमिरे सभापतिमा भिड्दैछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।