काठमाडौं– नेपाली कांग्रेसको नगर/गाउँपालिका अधिवेशनअन्तर्गत गोरखाका ११ पालिकामा पार्टीको नयाँ चयन गरिएको छ।
पार्टीको १४औं महाधिवेशनअन्तर्गत शनिबार सुरु भएको पालिका अधिवेशनअन्तर्गत गोरखा नगरमा चन्दनबाबु खत्री सभापतिमा निर्वाचित भएका छन्।
शनिबारै निर्वाचन सम्पन्न भएको पालुङटार नगर सभापतिमा विमल ढकाल विजयी भएका छन्। त्यसैगरी, चुमनुव्री गाउँपालिका सभापतिमा सूर्य गुरूङ, धार्चेमा सन्तोष गुरुङ, सुलिकोटमा जितबहादुर घले सभापति चयन भएका छन्।
त्यसैगरी, अजिरकोट गाउँपालिकाको सभापतिमा जगबहादुर गुरुङ, सिरानचोकमा भक्तबहादुर गुरुङ तथा भीमसेन थापा गाउँपालिका सभापतिमा नारायण भट्टराई, आरूघाटको सभापतिमा राजु गुरूङ तथा शहिद लखन थापा गाउँपालिकाको सभापतिमा काशीनाथ अम्गाई तथा त्यसैगरी, गण्डकी गाउँपालिकाको सभापतिमा होमबहादुर राना निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।