काठमाडौं– नेपाली कांग्रेस महाधिवेशनअन्तर्गत शनिबारदेखि पालिका तहको अधिवेशन सुरु भएको छ। वडा तहको अधिवेशन भइसकेको ६४ जिल्लामध्ये ५४ मा पालिका अधिवेशन सम्पन्न भइसकेको जनाइको छ। स्याङ्जाका ११ पालिकामध्ये नौ पालिकामा निर्वाचन सम्पन्न भएको छ।
स्याङ्जाका भीरकोट, पुतलीबजार, चापाकोट, गल्याङ नगरपालिकासहित आँधीखोला, फेदीखोला, अर्जुनचौपारी, बिरुवा, हरिनास गाउँपालिकामा निर्वाचन सकिएको हो।
जिल्लाको भिरकोटमा यामप्रसाद अधिकारी, गल्याङमा श्यामप्रसाद बस्याल, पुतलीबजारमा सुरजकुमार अधिकारी र चापाकोट नगरपालिकामा विक्रम सारु नगर सभापतिमा निर्वाचित भएका छन्।
त्यसैगरी, बिरुवामा डोलराज पोख्रेल, हरिनासमा टोपबहादुर भुजेल, अर्जुनचौपारीमा विष्णु काफ्ले, फेदीखोलामा महेन्द्र थापा, आँधीखोला गाउँपालिकामा नरेन्द्र पौडेल सभापतिमा निर्वाचित भएका छन्।
जिल्लाको वालिङ नगरपालिका र कालीगण्डकी गाउँपालिकामा भने अधिवेशन भएको छैन। वालिङ नगरपालिकामा आज ९ बजेबाट मतदान प्रक्रिया सुरु हुने भएको छ। सभापति पदमा नेत्रप्रसाद पाण्डे र भूपराज बगाले चुनावी मैदानमा छन्। कालीगण्डकी गाउँपालिकामा पनि सहमतिको प्रयास सफल नभएपछि आज निर्वाचन हुने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।